Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • भत्किएका सडक नबन्दा स्याउ बोटमै कुहिए Aug 30, 2017 Arthatantraapple mustang
    मुगु । मुगुका किसानको आम्दानीको मुख्य स्रोत स्याउ हो । तर त्यही स्याउ रुख मै कुहिन थाले पछि किसानहरुको चिन्ता बढ्दै गएको छ । वर्षाले भत्किएका सडकको मर्मत नहुँदा निकासीमा समस्या भई स्याउ रुखमै कुहिन थालेको हो । लगातारको वर्षाले पहिरो गएपछि गमगढी–नाग्म सडक खण्ड अवरुद्ध छ । तर, अवरुद्ध सडक खुलाउने प्रयास भएका छैनन् । सडक नबन्दा किसान पाकेको स्याउ ...
  • १५ कृषि उद्यमीलाई अवार्ड Aug 29, 2017 Arthatantraaward
    काठमाडौ। नेपालको व्यावसायिक कृषिमा योगदान पुर्याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो अवार्ड प्रदान गरे । कृषि उद्यमी ढालुराम माझीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, उत्कृष्ट हुनेमा कृषि उद्यमी अम्बरबहादुर तारामी मगर, दीपेन्द्रकुमार ...
  • बाढीका कारण नवलपरासीमा ७७ करोड बराबरको कृषिबालीमा क्षति Aug 28, 2017 ArthatantraFlood
    नवलपरासी। नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पुर्याएको छ। बाढीले करिब ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको छ। अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो। सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ। खाद्यान्न बालीमा ६७ करोड ८७ लाख, तरकारीमा चार करोड २६ लाख र माछामा पाँच करोड १८ ...
  • साझेदारी वनलाई प्रदेश मातहत नराखिए आन्दोलन गर्ने महासंघको चेतावनी Aug 26, 2017 Arthatantradissagree to give forest to local level
    १५२ वटा स्थनीय तहहरुमा वन नभएका प्राकृतिक स्रोत उपभोग गर्नबाट वञ्चित हुने भएकोले साझेदारी वन उपभोक्तालाई प्रदेश मातहतमा नराखे कडा आन्दोलन गर्ने चेतावनी दिए । काठमाडौँ । साझेदारी वन उपभोक्ता महासंघले साझेदारी वनलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । महासंघका अध्यक्ष रामरुप कुर्मीले साझेदारी वन उपभोक्तालाई प्रदेश मातहतमा नराखिए ...
  • एक सातामै जुम्लामा २ करोड २५ लाखको स्याउ बिक्री Aug 25, 2017 ArthatantraRara Lake @ Arthatantra (12)
    जुम्ला । एक सातायता जिल्लामा २ करोड २५ लाख रूपैयाँ बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो ६० रूपैयाँका दरले खरिद गर्न थालेका छन् । चन्दननाथ नगरपालिका–१० का ...
  • यसपालीको दशैमा विगतको भन्दा कम परिणाममा खसिबोका काठमाडौ भित्र्यार्ईदै … Aug 24, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। यस वर्षको दसैंमा सरकारी र निजीक्षेत्रले ३९ हजार खसीबोका एवं च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेका छन्। निजीक्षेत्रले ३५ हजार खसीबोका र एक हजार पाँच सय च्याङ्ग्रा खरिद गर्न लागेको छ। नेपाल खाद्य संस्थानले भने एक हजार पाँच सय खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने योजना तयार पारेको छ। अन्य वर्षको तुलनामा यो वर्ष दसैंमा ६ हजार कम परिमाणमा खसीबोका ...
  • सुदूरपश्चिममा धान,गहुँ लगायत अन्नसँग स्याउ साटिन्छन् Aug 17, 2017 Arthatantraapple mustang
    भीमदत्तनगर। सुदूरपश्चिमका केही पहाडी जिल्लामा वर्षेनी स्याउ उत्पादन हुने गरेको भए पनि सरकारी तवरबाट त्यसको व्यवस्थापनमा खासै चासो दिएको पाइन्न । सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पुर्याएको भए पनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै वर्षौंदेखि थन्किएको छ । ग्रामिण भेग सडक सञ्जालसँग नजोडिएका कारण बाजुराको स्याउले ...
  • फ्लोरिकल्चरको ७ दिने कटफ्लावर पसल ब्यबस्थापन तालिम सुरु Aug 17, 2017 ArthatantraFloriculture tranning
    काठमाडौ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ । नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब ले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ । तालिमकै अवधीमा खुद्रा पसलको ...
  • नेपाली उत्पादनलाई चीनमा ‘ड्यूटी फ्री’ गर्न उद्योगी व्यवसायीको आग्रह Aug 16, 2017 Arthatantrafncci china deligates
    काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघले चीनसँग नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा ‘ड्यूटी फ्री’ सुविधा तथा भन्सार सहुलियत दिन आग्रह गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले नेपालको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री वाङ याङसँग यस्तो अनुरोध गरेकी हुन् । याङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चीनको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भएको औपचारिक भेटवार्तामा महासंघकी अध्यक्ष राणाले समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनियाँ सरकार ...
  • चिया नीति कार्यान्वयन नहुँदा किसान र व्यवसायी दुवै मर्कामा Aug 14, 2017 Arthatantrailam-antu-danda
    इलाम। राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । ‘वि।सं।२०५७ सालमा राष्ट्रिय चिया नीति आएको थियो जसमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउने लगायतका बुँदाहरू समेटिका छन् । नीतिमा किसान तथा उद्यमीलाई प्रोत्साहित ...