Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • हजार मान्छे तालमा पसेर ५० लाखका माछा लगे Aug 10, 2017 Arthatantranati-tal-photo
    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन्। ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो। तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन्। (तालको माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो। तालमा पुग्दा करिब हजार स्थानीयले धमाधम माछा ...
  • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन Aug 9, 2017 ArthatantraAgro-University-Chitwan-1 krishi
    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरु केही दिनदेखि आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालयले आँशिक कलेजको स्थापना नगरी निजी क्षेत्रको कलेजलाई सम्वन्धन दिन लागेको बिरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुले पछिल्लो एक सातादेखि माग सम्बोधन नभएको भन्दै तालावन्दी गरी दैनिक रुपमा विश्वविद्यालयको मूल गेटमा धर्ना दिएर आन्दोलन गर्दै आएका छन् । विद्यार्थीहरुले नीजि क्षेत्रको कलेजलाई सम्बन्धन दिन लागेको ...
  • साउनमा ब्रतालुका कारण मासु खपतमा गिरावट Aug 8, 2017 Arthatantrameat
    काठमाडौ । साउन महिनायता कुखुराको मासुको खपतमा गिरावट आएको छ । साउनमा अधिकांश मानिसहरू व्रत बस्ने भएकाले मासुको खपतमा करिब २५ प्रतिशतले गिरावट आएको हो । सामान्य आवस्थामा काठमाडौ उपत्यकामा औसतमा दैनिक साढे २ लाख किलोग्रामदेखि साढे ३ लाख किलोग्रामसम्म खपत हुँदै आएकोमा पछिल्लो समय कुखुराको मासुको खपतमा २५ प्रतिशतले गिरावट आएको हो । साउन महिना लागेयता कुखुराको मासुको खपत औसतमा ...
  • धादिङमा अब रुखबाटै १५ हजार टिप्न पाईने,कसरी टिप्ने ? पढ्नुहोस् ! Aug 7, 2017 ArthatantraThakre lemon plant1
    रबिना पौडेल,धादिङ । १ मुख ३ रुख, के भनेको होला भन्ने लाग्नसक्छ ? यो एक नारा हो । यो एक घरमुली अर्थात् एक मुखलाई आधार मानेर प्रतिघर ३ वटा रुख दिने अभियान हो । यो नारा मात्रै होईन धादिङ जिल्लाको थाँक्रे गाउँपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रम अन्तर्गत एक मुख ३ रुख भन्ने अभियान संचालनमा ल्याएको छ । आईतबार एक कार्यक्रम ...
  • कार्कीको अध्यक्षतामा चिया व्यवसायी संघ Aug 6, 2017 Arthatantratea industries
    भद्रपुर । साना किसान झापाली चिया व्यवसायी संघको तेस्रो अधिवेशनले पूर्णकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा पृथ्वीनारायण कार्की, सचिवमा पुष्प निरौला, सहसचिवमा ज्योति पाठक र कोषाध्यक्षमा भरत विमलीलाई सर्वसम्मतरुपमा चयन गरेको हो । आगामी दुई वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा जयदेव राजवंशी, केदार भट्टराई, भीमप्रसाद राजवंशी, श्यामसुन्दर अग्रवाल चयन भएका छन् ...
  • टिम्बुर,दालचिनी लगायतका बिरुवा उत्पादनका लागि ग्रिन हाउस Aug 4, 2017 Arthatantragreenhouse
    दाङ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बताए । “बाँझो जमिनका रुपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडीबुटी उत्पादन गर्न ...
  • नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै Aug 2, 2017 Arthatantramilk and meat
    नवलपरासी । नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिए । आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने ...
  • केहीदिन भित्रै कृषि सम्बन्धी नयाँ रणनीतिहरु ल्याउँदैछु : मन्त्री यादव Jul 31, 2017 Arthatantrakrishi mantri ram krishna yadav
    काठमाडौं । कृषि मन्त्री रामकृष्ण यादवले आफूले केही दिन भित्रै कृषि सम्बन्धी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखी बनाउनको लागि आफूले केही दिन भित्रै नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘कृषि क्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, त्यसैले यो ...
  • दूधको लागत मूल्य बढाएर ५० रुपैयाँ पुर्‍याउने तयारी Jul 31, 2017 Arthatantramilk-
    काठमाडौ। सरकारले दूधको लागत मूल्य ५० रुपैयाँ पुर्‍याउने तयारी गरेको छ । सरकारले पछिल्लो तीन वर्षदेखि दूधको मूल्य वृद्धि नहुँदा किसानसँगै प्रशोधन गरी दूध बिक्री गर्ने उद्योग पनि समस्यामा परेको भन्दै मूल्य बढाउने तयारी गरेको हो । पशुपन्छी मन्त्रालयले किसानको लागत खर्च र उद्योगीको सञ्चालन खर्चका आधारमा दूधको मूल्य समायोजन गर्ने जनाएको छ । मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले पछिल्लो तीन ...
  • यसवर्ष धान उत्पादन घट्ने सम्भावना Jul 30, 2017 Arthatantradhan Paddy
    काठमाडौ । पर्याप्त वर्षा हुन नसकेका कारण अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन घट्न सक्ने सम्भावना देखिएको छ । धान रोप्नयोग्य जम्मा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर जमिनमध्ये असार ९ गतेसम्म मुलुकभर १० लाख ६० हजार १ सय ३२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । अझै वर्षा हुने हो भने ...