Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • एउटै गाँउमा तीन करोडको गोलभेंडा उत्पादन,बजार नहुँदा किसान चिन्तित ! Jul 17, 2017 Arthatantratomato
    पाँचथर,फिदिम । हिलिहाङ गाँउपालिकाको एउटै गाँउबाट मात्रै झण्डै तीन करोड मूल्य बराबरको गोलभेंडा उत्पादन भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ १ अमरपुरमा आर्थिक बर्ष २०७३(०७४ मा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेंडा उत्पादन भएको हो। यहाँ उत्पादन भएको गोलभेंडाको प्रतिकिलो सरदर मूल्य १३ रुपैँया मान्दा झण्डै तीन ...
  • मोरङमा चियाको व्यावसायिकखेती फस्टाउँदै Jul 16, 2017 Arthatantratea
    मोरङ । चियाको व्यावसायिक खेती भन्ने बित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल ३०० रोपनीमा विस्तार गरेका छन् । गाउँमा व्यावसायिक कामको कुनै ...
  • ८० प्रतिशत धान रोपाइँ Jul 15, 2017 Arthatantraropai
    वीरगन्ज । समयमै पानी परेको र मलखाद पनि समयमै उपलब्ध भएकोले आलसम्म बारामा ८० प्रतिशत धान रोपार्इँ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा ६२ हजार ३ सय ५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् । ती मध्ये ३३ हजार ३ सय ५४ हेक्टर सिञ्चित र २९ हजार असञ्चित क्षेत्रफल रहेका छन् । जिल्लामा अहिलेसम्म ५० हजार ...
  • बजारमा तरकारीको भारी घट्यो Jul 14, 2017 Arthatantratarakari
    धादिङ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका ६ धार्के तरकारी बजारमा हिजो आज तरकारीको भारी घटेको छ। दैनिक १० हजार किलो भन्दा माथी तरकारी संकलन हुने बजारमा अहिले धेरै तरकारी घटेको हो। धादिङ जिल्लाको थाक्रे गाउँपालिका, धुनिबेशी नगरपालिका नुवाकोटको कुमरी लगाएतका ठाउँबाट दैनिक १० हजार किलो भन्दा धेरै तरकारी संकलन हुने गथ्र्यो । धार्केमा संकलन भएको तरकारी नेपालको राजधानी काठमाडौं मात्र नभई ...
  • हावाहुरीले मकैबालीमा क्षति;किसान भोकमरीको चिन्तामा Jul 13, 2017 Arthatantramaize
    बैतडी । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकै बालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पु¥याएको हो । जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको छ । किसानका अनुसार हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको छ । सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं ६ धुलिधार ...
  • सहकारीलाई १९ लाख अनुदान: हेर्नुहोस कु-कुनले कति- कति पाउँदै छन् ? Jul 12, 2017 Arthatantragrants
    बनेपा । कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा १ रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका २ सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम अनुदान प्रदान भएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार अनुदान उपलब्ध भएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको ...
  • बजार अनुगमनका क्रममा ३२ किलो कुखुराको मासु नष्ट Jul 12, 2017 Arthatantrachicken
    काठमाडौँ । नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको २ मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो । अनुगमनका क्रममा दुवैै पसलले व्यवसाय दर्ता ...
  • ७४४ स्थानीय तहमा पशुपन्छीको व्यवसायिक विकासका लागि तीन अर्ब Jul 5, 2017 Arthatantradomestic animals
    काठमाडौ। पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ । उक्त कार्यक्रमानुसार उन्नत नश्ल पशु वितरण, घाँस उत्पादन, पशु स्वास्थ्य परीक्षण तथा औषधि, खोपलगायत विषय समावेश गरिएको छ । देशका सातै प्रदेशमा पशुअन्तर्गत गाई, भैँसी, पाडापाडी, खसीबोका, भेँडाच्याङ्ग्रा तथा पन्छीमा कुखुरा, हाँस, अस्ट्रिचलगायत पालन गर्ने कृषकलाई बजारको अवस्था तथा उपभोक्ताको मनोविज्ञानका ...
  • मनसुन सक्रिय भएसँगै देशैभर वर्षा,कृषि कर्ममा फाईदा Jul 4, 2017 ArthatantraRain
    काठमाडौ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ । मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै ...
  • कृषकलाई लप्सी प्रशोधन गर्ने आधुनिक उपकरण Jul 3, 2017 ArthatantraLapsi-Fruit
    पर्वत । आधुनिक उपकरणकोे अभावमा जिल्लामा उत्पादित लप्सी खेर गइरहेका बेला पहिलोपटक पर्वतमा आधुनिक उपकरण भित्रिएको छ । नेपालमा मात्र पाइने र सबैभन्दा बढी पर्वत जिल्लामा उत्पादन हुने लप्सीको उचित रुपमा प्रशोधन हुन नसक्दा जिल्लाका अधिकांश स्थानमा उत्पादित लप्सी कुहिएर जाने गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको एक गाउँ एक उत्पादनमा समेत समेटिएको लप्सी पर्वतका ३५ वटा साबिकका गाविसमा सफल ...