Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, आश्विन ९ , २०७४  |  
Monday, September 25, 2017
खेलकुद
  • भारत एक दिवसीय क्रिकेट बरियतामा शीर्ष स्थानमा Sep 25, 2017 Arthatantracricket
    अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेटको श्रृङ्खला भारतले जितेको हो । तेश्रो एकदिवसीय खेल आइतबार राति ५ विकेटले जित्दै भारतले २ खेल अघि नै श्रृङ्खला जितेको हो । २ सय ९४ रनको लक्ष्य भारतले ४७ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतको जितमा हार्दिक पाण्डेयले ७८, रोहित शर्माले ७१ र अजिन्क्या रहानेले ७० रन बनाए । इन्दौरमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ...
  • डडेल्धुरामा फुटबल र क्रिकेट रंगशाला निर्माण गरिने Sep 21, 2017 Arthatantrarangasala
    डडेल्धुरा । डडेल्धुरा खेलकुद बिकास समितिले जिल्लामा फुटबल र क्रिकेटका दुई रंगशाला निर्माण गर्ने भएको छ । समितिले पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरका दुई रंगशाला निर्माणको बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ । डीपीआर अनुसार अमरगढी नगरपालिका वडा नं. ६ भजनेउटामा निर्माण हुने भजनेउटा क्रिकेट खेल मैदानको कुल बजेट आठ करोड बत्तीस लाख १० हजार ८८२ छ । ६० यार्डको ...
  • हङकङसँगको क्रिकेट खेलका लागि नेपाली टोलीमा को–को परे ? Sep 19, 2017 ArthatantraCricket
    काठमाडौ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले २५ सदस्यीय प्रारम्भिक टोलीबाट गएको भदौ २१ गते १८ सदस्य छनौट गरेको थियो । सोमबार १८ सदस्यबाट अन्तिम १४ सदस्यको नाम सार्वजनिक गरिएको हो । गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट ...
  • हङकङलाई हराउँदै नेपालले जित्यो क्रिकेट उपाधि, यू–१९ एसिया कपका लागि छन… Sep 17, 2017 Arthatantracricket
    काठमाडौं । यू–१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ । मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ...
  • नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा प्रवेश Sep 16, 2017 Arthatantracricket
    काठमाडौं । नेपाल मलेसियामा जारी यू–१९ इस्टर्न रिजन क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३।१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भएको थियो । मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी ...
  • फिफा बरियतामा नेपाल ६ स्थान तल झर्‍यो Sep 15, 2017 Arthatantrafifa
    काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको फिफा बरियतामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल ६ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ...
  • लगातार तेस्रो जीत,नेपालले सिंगापुरलाई ७ विकेटले हरायो Sep 14, 2017 Arthatantracricket
    काठमाडौ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत बिहीबार भएको खेलमा नेपालले सिंगापुरलाई सात विकेटले हराएको छ । सिंगापुरले पेश गरेको ६८ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा भेट्टायो । नेपालका लागि सन्दिप सुनारले ३५ बलमा २०, अनिल कुमार साहले १५ बलमा १८ तथा सुमित महर्जनले १२ बलमा नटआउट १० रन बनाए । यसअघि मलेसियाको क्लब अमानमा ...
  • एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा भुटानमाथि नेपालको सहज जित Sep 13, 2017 Arthatantracricket
    काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सहज जित हासिल गरेको छ । बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलार्इ ५० रनमै समेट्दै जित निकालेको हो । नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट ...
  • नेपालको शानदार जीत,सन्दिप एकैले लिए ७ विकेट Sep 11, 2017 Arthatantracricket
    काठमाडौ। एसीसी यू–१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । नेपालको घातक बलिङका सामू निरिह देखिएका उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालमा सन्दिपले ...
  • क्रिकेट प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोलीको आज मलेसियामातर्फ प्… Sep 8, 2017 Arthatantracricket
    काठमाडौँ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, ...