Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित ! Jan 31, 2017 Arthatantracricket
    काठमाडौ । नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ४४ रनको लक्ष्य अष्ट्रेलियाले १२ ओभर ४ बलमा पूरा गरेको हो । एक ओभरमा ११ दशमलव ४५ रनको औषतमा रन बनाएको अष्ट्रेलियासामु नेपाली बलर कमजोर देखिए । भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको ...
  • मनाङ, मुस्ताङ सहित उच्च हिमाली क्षेत्रको यात्रामा होस नपुर्याउँदा ज्या… Jan 31, 2017 Arthatantramanang-sadak
    काठमाडौ । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पु¥याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुनाहरु यातायतको सुबिधासँगै कम उचाईको क्षेत्रबाट मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा अर्थात् बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन् । समयमै ध्यान पुर्याउन सकिएन भने यसले मृत्यु सम्म निम्त्याउँछ । यसै सम्बन्धी हिमालय उद्धार सङ्घ (एचआरए)ले सन् २०१६ मा ...
  • अल्ट्रा म्याराथन धाविका मिरा राई भइन् एड्भन्चरर अफ दी इयर २०१७ Jan 27, 2017 ArthatantraMira-Rai
    काठमाण्डौं । विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चरर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिङ मार्फत पहिलो भएकी  नेशनल जोग्राफीले जनाएको छ । विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चरर ...
  • ताप्लेजुङमा हाल सम्मकै सर्वाधिक धन राशीको पाथीभरा राष्ट्रिय पुरुष भलिब… Jan 27, 2017 Arthatantrataplejung
    काठमाडौं । ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको छ । ताप्लेजुङ जिल्लाको पर्यटकिय नगरी धार्मीक स्थल पाथीभर माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । कुल पाँच दिनसम्म चल्ने प्रतियोगितामा तीन ...
  • चारपटक आहा रारा गोल्डकपको उपाधी जितेको मनाङ फाईनलमा Jan 26, 2017 Arthatantrafootball
    पोखरा । गत संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ्ग मर्स्याङ्दी फाइनलमा पुगेको हो । चारपटक आहा रारा गोल्डकपको उपाधी जितेको मनाङलाई फाइनलमा पुर्‍याउन खेलको एक मात्र गोल ओलाओलाले ८५ औं मिनेटमा गरे । मनाङले उपाधिका लागि आगामी शनिबार ...
  • आहा रारा गोल्डकपको सेमिफाइनलमा पुग्यो नेपाल आर्मी Jan 23, 2017 Arthatantrafootball1
    पोखरा । झापालाई हराउँदै नेपाल आर्मी आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले झापालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। झापालाई हराउन आर्मीका भरत खवास र नवयुग श्रेष्ठले एक एक गोल गरे। १० माघ २०७३, ३।४०
  • म्यानचेस्टर युनाइटेड विश्वमा सबैभन्दा बढी कमाइ गर्ने क्लब, हेर्नुस् कु… Jan 19, 2017 Arthatantramanchuster club
    काठमाडौ । इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेड विश्वमा सबैभन्दा बढी कमाइ गर्ने क्लब बनेको छ । म्यानचेस्टर युनाइटेडले गएको ११ वर्षदेखि विश्वको धनी क्लबका रुपमा रहेको स्पेनिस क्लब रियल मड्रिडलाईपछि पार्दै गएको सिजन बढी कमाइ गर्ने क्लब बनेको हो । म्यानचेस्टर युनाइटेडले गएको सिजन सन् २०१५–१६ मा ६ सय ८९ मिलियन युरो कमाइ गरेको डेलोइट्टेले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ...
  • क्रिकेट मैदानमा तरकारी फल्न थालेपछि … Jan 17, 2017 Arthatantracricket
    काठमाण्डौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेलकुद विकासको ठेक्का लिएका पदाधिकारीको चरम लापरवाहीका कारण तरकारी खेतीमा परिवर्तन हुन थालेको छ। सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा निमार्ण गर्न नेपाल क्रिकेट संघ (क्यान) को तत्कालिन नेतृत्वले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेको थियो। यही मैदानले विगतमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको भार ...
  • फिफा वरियतामा नेपालको सुधार, १७५औं स्थानमा उक्लियो Jan 12, 2017 Arthatantrafootball1
    काठमाण्डौं । फिफा वरियतामा नेपालले ६ स्थान सुधार गर्दै १७५ औं स्थानमा उक्लेको छ। फिफाले जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान फड्को मार्न सफल भएको हो। यससँगै नेपालले दक्षिण एसियाको भुटानलाई एक स्थानले पछि पारेको छ भने दक्षिण एसियामा भारत र माल्दिभ्स पछि तेस्रो स्थानमा छ। एक स्थान सुधार गरेको भुटान १७६ औं स्थानमा छ। दक्षिण एसियामा भारत सबैभन्दा ...
  • अर्जेन्टिनाको राजधानीमा रहेको मेस्सीको प्रतिमा तोडफोड Jan 11, 2017 ArthatantraMessi-Statue
    बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको अर्जेन्टिनी राजधानी ब्यूनर्स आयर्समा अवस्थित प्रतिमा तोडफोड भएको छ । गत जुन महिनामा अनावरण गरिएको तामाको प्रतिमामा कम्मरमाथिको भाग काटिएको छ । तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण प्रक्रिया भइरहेको जानकारी दिएका छन् । मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका ...