Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा स्वर्णपदक Aug 21, 2016 Arthatantrabrazil
    काठमाडौ । ब्राजिलको फुटबल टिमले ओलम्पिकमा स्वर्ण पदक जितेको छ । ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलले पेनाल्टी सुट आउटमा जर्मनीलाई पाखा लगाउँदै ओलम्पिकमा इतिहाँस रचेको हो । आइतबार बिहान ब्राजिलको माराकाना रंगशालमा भएको खेलको २७ औं मिनेटमा ब्राजिलले नेयमारको गोलबाट अग्रता लिएतापनि ५९ औं मिनेटमा जर्मनीको तर्फबाट म्याक्स मेइअरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ९० मिनेटसम्म खेल १–१ को ...
  • कन्डक्टरकी छोरी यसरी बनिन् रातारात करोडपति ! Aug 19, 2016 ArthatantraShakshi Mallik wrestler
    काठमाण्डौं । रियो ओलम्पिकमा भारतलाई पहिलो पदक दिलाउने साक्षी मलिक रातारात करोडपति बन्न पुगेकी छिन्। साक्षीले बुधबार राती भारतलाई महिला कुस्तीमा कास्य दिलाएकी थिइन्। साक्षीका पिता सुखबीर नयाँ दिल्लीस्थित डिटिसीको बसमा कन्डक्टर छन्। उनले रियोमा भारतलाई पहिलो पदक दिलाएपछि हरियाणा सरकारले २ करोड ५० लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। २३ वर्षीया साक्षीले ५८ केजी मुनिको स्पर्धामा रेपचेजको आधारमा भएको ...
  • ओलम्पिक खेलाडीलाई पदकसँगै विवाह प्रस्ताव ! Aug 15, 2016 Arthatantrachina olympic game
    काठमाण्डौं । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत आइतबार राति पदक वितरण समारोहमा महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी चीनकी डाइभिङ खेलाडी हि जीले पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरेका छन्। काईको प्रस्ताव स्वीकार गर्दै हिले आफूहरु विगत ६ वर्षदेखि प्रेममा रहेको भए पनि अविश्वसनीय रूपमा किनले यसरी विवाहका ...
  • नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै, खेल नेपाली समय दिउँसो पौने चार बजेबा… Aug 13, 2016 Arthatantracricket
    काठमाण्डौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्स र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट सुरु हुनेछ। नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ। नेपालले तीन राष्ट्रसँग खेलेका ६ खेलमध्ये चार खेल गुमाएको थियो भने दुई खेलमा विजयी भएको थियो। नेपाल घरेलु मैदानमा भएको खेलमा ...
  • रियो ओलम्पिक: आजबाट एथ्लेटिक्सको प्रतिस्पर्धा, नेपालका दुई सहभागी ! Aug 12, 2016 Arthatantranepal in olympic
    काठमाण्डौं । ब्राजिलमा जारी रियो ओलम्पिककमा आजबाट एथ्लेटिक्सतर्फका प्रतिस्पर्धा सुरु हुँदैछन्। नेपालबाट पनि एथ्लेटिक्समा दुई खेलाडीले भाग लिँदै छन्। महिलातर्फ सरस्वती भट्टराईले १५ सय मिटर तथा पुरुषतर्फ हरिकुमार रिमालले ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन्। सरस्वतीले नेपाली समयअनुसार शनिबार बिहान ५.१५ बजे प्रतिस्पर्धा गर्नेछिन्। उनले हिट चरणमा एक नम्बरको हिटमा अन्य १३ खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछिन्। रियोमा सरस्वतीको लक्ष्य व्यक्तिगत समयमा सुधार गर्ने रहेको ...
  • शिरीष गुरुङले रियो ओलम्किपमा राष्ट्रिय र्कीतिमान राखे ! Aug 10, 2016 Arthatantranepali swimmir sirish gurung
    काठमाण्डौं । पौडी खेलाडी शिरीष गुरुङले रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्। उनले सय मिटर फ्रिस्टाइलको हिट्समा ५७ दशमलव ७६ सेकेन्डको समय निकाले। जुन गत वर्ष रुसको कजानमा भएको १६ औं विश्व पौडी प्रतियोगितामा उनले यही स्पर्धामा बनाएको राष्ट्रिय कीर्तिमानभन्दा शून्य दशमलव ४६ सेकेन्डले सुधारिएको प्रदर्शन हो। शिरिषले कजानमा ५८ दशमलव २२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। यही प्रदर्शनको आधारमा ...
  • नातिको जीतको उत्सव मनाउँदा हजुरआमाको निधन ! Aug 9, 2016 Arthatantrasinpet
    काठमाण्डौं । नातिको जीतको उत्सव मनाउने क्रममा थाइल्यान्डमा ८४ वर्षीय एक  हजुरआमाको निधन भएको छ। रियो ओलम्पिकमा थाइल्यान्डबाट ५६ केजीको तौल समूहमा भिडेका भारत्तोलक सिन्पेत क्रुइतथोङकी हजुरआमाको सोमबार नातिको खेल हेर्ने क्रममा निधन भएको हो। सिन्पेतले आफ्नौ तौल समूहमा कास्य जितेका थिए। उनकी हजुरआमा सुबिन खोङथापको निधन भएको पुष्टी स्थानीय पुलिस अधिकारीले गरे। ‘सुरुवातको रिपोर्ट अनुसार उनको निधन हद्यघातका कारण भयो ...
  • अस्कर श्रेष्ठले बाजिमारे ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ Aug 6, 2016 ArthatantraIMG_3590
    काठमाडौं । राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ भव्यताका साथ सम्पन्न भएको छ । दर्शकहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न च्याम्पियनसिपमा अस्कर श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा संचालित उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ४५ जना अफरोड डर्ट बाइक राइडरको सहभागिता रहेको थियो । राष्ट्रिय ...
  • ३१ औं रियो ओलम्पिक ब्राजिलमा सुरु ! Aug 6, 2016 Arthatantra-Olympics_
    काठमाण्डौं । ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलमा सुरु भएको छ । नेपाली समयअनुसार शनिवार बिहान ८ बजेर ४० मिनेटमा रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा उपस्थित ७८ हजार दर्शकमाझ ओलम्पिकको ज्योती प्रज्वलन गरेपछि गृस्मकालीन ओलम्पिकको ३१ औं संस्करण ब्राजिलमा सुरु भएको हो । आधुनिक ओलम्पिकको १ सय १२ बर्ष लामो इतिहासमा दक्षिण अमेरिकी राष्ट्रले पहिलो ओलम्पिकको आयोजना गर्न लागेको हो। विश्वका ...
  • नेपाल फुटबल संघले पाएन साढे १० करोड, दोष कसको ? Aug 3, 2016 Arthatantrafootball
    काठमाण्डौं । नेपाली फुटबलको आधिकारिक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) मा पछिल्लो समय चुलिँदै गएको विवादका कारण विदेशबाट आउने करिब १० करोड ५० लाख रुपैयाँको सहयोग रोक्का भएको छ। एन्फाका दुई पक्ष कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच विधानको विषयमा सहमति बन्न नसक्दा फुटबल विकासका लागि यस वर्ष आउने रकम रोक्का भएको हो। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले यस ...