Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • ओलम्पिकमा भाग लिन आज रियो जाँदैछन् नेपाली टोली Jul 31, 2016 Arthatantraolympik
     काठमाडौं । ३१ औं गृष्मकालीन ओलम्पिकमा भाग लिन नेपाली टोली आज ब्राजिलको रियो प्रस्थान गर्दैछ। नेपालबाट यस संस्करणको ओलम्पिकमा ५ खेलका ७ खेलाडीले सहभागिता जनाउँदैछन्। नेपाली खेलाडीहरु दुई चरणमा रियो प्रस्थान गर्नेछन्। जसअन्तर्गत आज जुडो, पौडी र आर्चरी टोली रियो जानेछ। जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन्। उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। त्यसैगरि आर्चरीका जितबहादुर मोक्तानले व्यक्तिगत ...
  • प्रधानमन्त्रीद्वारा खेलाडीहरुको सम्मानमा करिब ३ करोड वितरण ! Jul 28, 2016 Arthatantraplay-sports
    काठमाण्डौं । भारतको सिलोङ र गुवहाटीमा गत माघमा भएको १२औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारले आज बिहीबार नगदसहित सम्मान गरेको छ । सरकारको पूर्वघोषित निर्णय अनुसार सागका ब्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले ५, रजत जित्नेले ३ र काश्य जित्नेले २ लाख नगद पाएका छन् । त्यस्तै समूहिक खेलतर्फ स्वर्ण जित्ने टोलीले २ लाख, रजत जित्नेले १ लाख ...
  • भाग लिने हैन त ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ मा ? Jul 27, 2016 Arthatantracrossmandu NASA
    काठमाण्डौं । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने छ । तिनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने उक्त ...
  • क्यानको अवस्था बुझ्न आइसिसी आज नेपाल आउँदै ! Jul 25, 2016 Arthatantracricket
    काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपाली क्रिकेटको अवस्था बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टोली आज सोमबार नेपाल आउने भएको छ। आइसिसीले क्यानलाई निलम्बन गरेपछि टोली पहिलो पटक नेपाल आउन लागेको हो। आइसिसीका प्रतिनिधिहरु दुई समूहमा नेपाल आउन लागेका हुन्। आइसिसीका प्रतिनिधिले सुरुमा दुई वटा क्यानलाई छुट्टाछुट्टै भेट गर्ने र पछि संयुक्त रुपमा भेट गर्ने कार्यक्रम रहेको छ बताइएकोछ ...
  • फुटबलर अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित ! Jul 21, 2016 ArthatantraAnjan Biasta
    काठमाण्डौं । खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्तरगत युवा फुटबलर अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । हेटौंडाका १८ वर्षे अन्जनले नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा बहराइनविरुद्ध एक गोल गरेका थिए भने दुई गोलका लागि पास दिएका थिए । नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले दुई गोल ...
  • बेलायतको लर्ड्स क्रिकेट मैदानमा नेपालको शानदार जित ! Jul 20, 2016 ArthatantraCricket
    काठमाण्डौं । बेलायतको लर्ड्स क्रिकेट मैदान भएको खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई ४१ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो। जवाफमा ४७।२ ओभरमा एमसिसी १७६ रनमै समेटियो। क्रिकेटको घर र क्रिकेटको मक्का भनेर चिनिने लर्डस मैदानमा खेल्ने नेपालको राष्ट्रिय टिम पहिलो एसोसिएट टिमको रेकर्ड ...
  • लर्ड्स क्रिकेट मैदानमा खेल्दै नेपाली टोली, एनटीभी प्लसबाट लाइभ ! Jul 19, 2016 Arthatantracricket
    काठमाण्डौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली क्रिकेटको मक्का भनेर चिनिने लर्ड्स क्रिकेट मैदानमा उत्रिँदैछ। नेपाल–बेलायत दौत्यसम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको वर्षगाँठमा नेपालले मेरिलेबोन क्रिकेट क्लब ९एमसिसी०सँग एकदिवसिय खेल खेल्न लागेको हो । लडर्स क्रिकेट मैदान एमसिसीको घरेलु मैदान हो । नेपाली टोली पारस खड्काको नेतृत्वमा र एमसीसी केथ डचको नेतृत्वमा मैदानमा उत्रिनेछन्। यो खेललाई साउन २९ र ३१ मा ...
  • फिफा वरियतामा नेपाल ६ स्थान तल झर्यो ! Jul 15, 2016 Arthatantra
    काठमाण्डौं । फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झरेको छ। ६ स्थान झरेसँगै नेपाल १८८ औं स्थानमा पुगेको छ। नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा पाँचौ स्थानमा छ। ६ स्थान सुधार गर्दै अफगानिस्तान १५० औं स्थानमा उक्लेको छ भने भारत ११ स्थान सुधार गर्दै १५२ औं स्थानमा पुगेको छ। यस्तै माल्दिभ्स १७४ औं स्थानमा ...
  • पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि Jul 11, 2016 Arthatantraeuro cup
    काठमाडौ । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि हात पारेको छ । चोटका कारण २५ औं मिनेटमा सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगलले युरोकप २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको हो । सोमबार बिहान भएको खेलमा चोटका कारण खेलको सुरुवाती चरणमै रुदै स्ट्रेचरमा बसेर मैदान छाडेका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको ...
  • फ्रान्स या पोर्चुगल : कसले उठाउला युरोकप २०१६ को उपाधी ? Jul 10, 2016 Arthatantraeuro-cup_france
    काठमाण्डौं । युरोकप २०१६ को फाइनल खेल सोमबार बिहान नेपाली समयअनुसार पौने एक बजे हुँदैछ। उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल बीच प्रतिस्पर्धा हुनेछ। यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदा दुई पटक च्याम्पियन बनेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ। यता दोस्रो पटक फाइनल पुगेको पोर्चुगल पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ। फ्रान्स सन् ...