Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुनमा खत्री र स्याङ्बोले बाजी मारे May 30, 2016 ArthatantraTAAN Half marathon
    हरिशरण न्यौपाने, रसुवा । भूकम्पले तहसनहस पारेको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिबिधि सुचारु भइ पुरानै अबस्थामा फर्कीसकेको संदेश दिन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुन –२०१६ सम्पन्न भएको छ । नेपालकै उत्कृष्ट ट्रेकिङ गन्तव्य लाङटाङको प्रबद्र्धन गर्ने उदेश्यले आयोजित प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुन –२०१६ मा पुरुषतर्फ आर्मीका भरत खत्री (९८) र महिलातर्फ फुलमाया स्याङ्बो ...
  • बजेटमा खेलकुद May 28, 2016 Arthatantra
    काठमाण्डौं । खेलकुद २०१८ मा १३ औैं सागका लागि बजेट । सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड विनियोजन, झापाको लखनपुर र काठमाडौंमा आगामी वर्षमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण थालिनेछ । युवा स्वरोजगार कार्यक्रम विस्तार गरिनेछ । १० युवा एक युवा उद्यम कार्यक्रम , ७५ वटा जिल्लका सबै विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने।
  • टानले हाफ म्यारथन गर्दै, विजेता ३ जनालाई नगद पुरस्कार May 28, 2016 ArthatantraTAAN
    काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएशन नेपाल (टान) ले ३८ औं वाषिर्कोत्सवका अवसरमा आइतबार रसुवामा हाफ म्यारथन आयोजना गर्ने भएको छ । टानले गोसाइकुण्डदेखि धुन्चेसम्म २१ किलोमिटरको म्याराथन गर्न लागेको हो । टानले गर्न लागेको प्रथम टान गोइसाइकुण्ड हाफ म्याराथनमा ६ जना विदेशीसहित १ सय ३ जना धावकले सहभागि हुनेछन् । प्रतियोगितको आइतबार वनमन्त्री अग्नी सापकोटाले उद्घाटन गर्ने कार्यक्रम छ । भूकम्पपछि पनि ...
  • बहिनीको शंकास्पद मृत्युपछि बेल्जियमबाट फर्किए विमल May 27, 2016 ArthatantraBimal Ghartimagar
    काठमाण्डौं । बहिनीको शंकास्पद मृत्युपछि बेल्जियममा रहेका राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार काठमाडौं आइपुगेका छन्। शुक्रबार बिहान ११ बजे एयरपोर्टबाट सिधै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्। विमलले ‘अन्तिमपटक बहिनीको अनुहार हेर्ने’ बताएपछि पोस्टमार्टमको समय सारिएको छ। चिकित्सकहरुले १० बजेपछि नै पोस्टमार्टमको तयारी गरेका थिए। घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका विमल बहिनीको मृत्युको खबर ...
  • फुटबलर बिमल घर्ती मगरकी बहिनीको हत्या ! May 26, 2016 ArthatantraMurder
    कावासोती । फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् । आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत ...
  • नाराको त्रिशुली जलयात्रा महोत्सव, सहभागी हुन २ हजार तिनुपर्ने May 23, 2016 ArthatantraRafting
    काठमाण्डौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले आगामी शनिबार त्रिशुली नदीमा जलयात्रा महोत्सव गर्ने भएको छ। २८ औं वार्षिकोत्सवको अवसरमा जलयात्रा महोत्सव हुन लागेको नाराले जनाएको छ। धादिङको बेल्खुदेखि मलेखुसम्म त्रिशुली नदीमा जलयात्रा महोत्सव हुनेछ। सरकारले त्रिशुलीका अतिरिक्त कर्णाली, कालीगण्डकी, भोटेकोशी, सुनकोशी, अरुण, तमोर लगायतका विभिन्न १६ वटा नदीहरु जलयात्राका लागि खुला गरेको छ। नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले आन्तरिक पर्यटन प्रबद्र्धन ...
  • लाओसविरुद्धको मैत्रीपूर्ण खेलको लागि फुटबल टोली घोषणा May 22, 2016 Arthatantrafootball
    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ। नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्। लाओस फिफाको १७६ औं स्थानमा छ भने नेपाल १८० औं ...
  • नासा बुलेट क्लबको ‘काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड’ … May 20, 2016 ArthatantraNASA Bullet Club
    काठमाण्डौं । नासा बुलेट क्लबले काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड आयोजना गर्ने भएको छ । ११ दिनसम्म चल्ने उक्त राइड शनिबार काठमाडौंबाट उक्त यात्रा सुरु गर्दैछ । जेठ ८ गते अर्थात बुद्ध जयन्तीका दिन काठमाडौंबाट पिस राइड प्रारम्भ हुनेछ । उक्त पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुग्ने आयोजकले बताए । पिस राइडमा बुलेट अर्थात रोयल इन्फिल्डका बाइक राइडरहरु ...
  • बचत रकमबाट एन्फालाई खेलकुद सामग्री May 16, 2016 Arthatantraplay-sports
    टोकियो । बाह्र वर्ष उमेर समूहका बाल खेलाडीमार्फत नेपाललाई पहिलोपटक अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिता गराएको जापानको एक नेपाली खेल संस्थाले बचत रकमबाट नेपाल फुटबल सङ्घ एन्फालाई खेलकुद सामग्री उपलब्ध गराउने भएको छ । एक महिनाअघि जापानमा सम्पन्न अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिताका लागि उठाइएको आवास खर्चबाट बचत भएको दुई लाख १७ हजार ४३१ जापानी रुपैयाँको खेलकुद सामग्री सहयोग गरिने भएको ...
  • एन्फालाई दुई लाख १७ हजारको खेलकुद सामग्री सहयोग May 14, 2016 ArthatantraANFA
    काठमाण्डौं । जापानको एक नेपाली खेलसंस्थाले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०लाई खेलकुद सामग्री उपलब्ध गराउने भएको छ । एक महिनाअघि जापानमा सम्पन्न अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिताका लागि उठाइएको आवास खर्चबाट बचत भएको दुई लाख १७ हजार ४३१ जापानी येनको खेलकुद सामग्री सहयोग गरिने भएको हो । जापान बाल फुटबल सहयोग समितिका संयोजक सरदकुमार गौचनले बाल खेलाडीको आवासका लागि उठाएको बचत रकमबाट ...