Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • विमल उपचारको लागि बेल्जियम गए May 12, 2016 ArthatantraBimal
    काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगर बुधबार उपचारका लागि बेल्जियम गएका  छन् । भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम गएका हुन् । बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँका क्रममा छलफल गर्ने उनले बताएका ...
  • विभिन्न संचारमाध्यमका ६ पत्रकार पुरस्कृत ! May 11, 2016 Arthatantrajournalism
    काठमाण्डौँ । नेपाल दक्षिण एसियाली खेलकुद् पत्रकार संघले ६ जना खेल पत्रकारलाई पुरस्कृत गरेको छ। संघले बुधबार काठमाडौमा एक समारोह गरी विभिन्न संचारमाध्यममा आवद्ध ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेमा नागरिकका अजय फुँयाल, राजधानीका रामसुदन तिमल्सिना, एभिन्युज टेलिभिजनकी पवित्रा श्रेष्ठ, राजधानीका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका रजेन्द्र क्षेत्री र सगरमाथा टेलिभिजनका राजेश थापामगर छन्। युवा तथा खेलकुद् मन्त्री सत्यनारायण मण्डल र ...
  • बन्ने भयो झापामा अन्तर्राष्ट्रिय रंगशाला May 9, 2016 Arthatantrafootball
    काठमाण्डौं ।  सरकारले आर्थिक वर्ष २०७३र७४ को नीति तथा कार्यक्रममा खेलकुदको भौतिक संरचना निर्माणलाई जोड दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा खेलकुदतर्फ भौतिक संरचना निर्माणका लागि जोड दिइएको हो । प्रस्तुत कार्यक्रममा स्वस्थ तथा अनुशासित नागरिक सिर्जनाका लागि खेलकुद विकासमा जोड दिइने उल्लेख छ । नीति तथा कार्यक्रममा खेलकुदको माध्यमबाट राष्ट्रिय एकता सुदृढ गर्न ...
  • युवराज सिंहले सचिनको गोडामा ढोगेपछि … May 9, 2016 Arthatantrasachin
    काठमाण्डौं । आइपीएल क्रिकेट अन्तर्गत सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलपछिको दौरानमा खेलाडी युवराज सिंहले सचिन लेन्दुलकरले गोडामा ढोगेपछि उनको यो तस्वीर सामाजिक संजालमा भाइरल बनेकोछ । गएराति मुम्बई इन्डियन्सलाई ९८ रनले पराजित गर्ने क्रममा भारतीय क्रिकेटर एवम् सनराइजर्स हैदरावादबाट आइपीए क्रिकेट खेलिरहेका युवराज सिंहले २३ बलमा ३९ रनको पारी खेलेपछि भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरको गोढामा ढोग गरेका थिए। युवराजले सचिनलाई ...
  • नरेन्द्र थापाले पाए लाइ्फटाइम अचिभमेण्ट अवार्ड ! May 4, 2016 ArthatantraNarendra-Thapa-receives-lifetime-achievement-award
    काठमाण्डौं । नेपाल बास्केटबल एसोसियसनका सिनियर भाइस प्रेसिडेन्ट नरेन्द्र थापालाई लाईफटाइम अचिभमेण्ट अवार्डले सम्मान गरिएकोछ । हिजो आयोजित एक कार्यक्रममा उनलाई सम्मान सहित नगद रु १ लाख ५० हजार दिइएको थियो । नेपाली बास्केटबल खेलको क्षेत्रमा योगदान पु¥याए वापत उनलाई सो सम्मान दिइएको हो । थापाले भर्खरै सम्पन्न भएको पहिलो महिला साबा बास्केटबल खेललाई प्रशंसनीय बनाउनमा उच्च भूमिका खेलेका थिए । सो ...
  • क्रिकेटमा बलिङ गरेकै कारण ३६ लाख जरिवाना May 4, 2016 Arthatantracricket
    नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीलाई आइपिएलले ३६ लाख रूपैयाँ जरिवाना गरेको छ। कोलकात्तामा भएको खेलमा ‍कोलकाता नाइट राइडर्सविरूद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले स्लो ओवर रेटमा बलिङ गरेका कारण कप्तान कोहलीलाई २४ लाख भारतीय रूपैयाँ जरिवाना गराएको हो। यसअघि पनि सोही आरोपमा उनलाई १२ लाख रूपैयाँ जरिवाना गरेको थियो। अहिलेसम्म आइपिएलमा ३६ लाख रूपैयाँ जरिवामा पाइसकेका कोहली अब फेरि ...
  • गौरिकाको ३० औं कीर्तिमान May 1, 2016 ArthatantraGaurika
    काठमाण्डौं । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजतसहित चार पदक जितेकी गौरिका सिंहले सनसनीपूर्ण प्रदर्शन कायमै राख्दै आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ सय मिटर ब्याकस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् । १३ बर्षीय उनले आयरल्यान्डको डब्लिनस्थित नेसनल अक्वाटिक्स सेन्टरमा २ मिनेट २५.९९ सेकेन्डमा २ सय मिटर पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । उनले अपmनै नाममा रहेको २ ...
  • खोटाङमा २ दिन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने Apr 27, 2016 Arthatantrakarate
    खोटाङ । जिल्लामा आगामी जेठ महिनाको अन्तिम हप्ता ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ हुने भएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितेरियो कराते सङ्घ खोटाङको आयोजनामा आगामी जेठ–२१ देखि २३ गतेसम्म सदरमुकाम दिक्तेलमा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका लागि प्रजिअ चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको ...
  • गणेश थापाको गालामा झापड ! कसले हान्यो ? किन हान्यो ? Apr 26, 2016 Arthatantraganesh-thapa
    काठमाडौँ । दशा लागेपछि मानिसलाई गाईको बाच्छाले समेत लखेट्न थाल्छ भन्ने उक्ति सभासद् एवम् पूर्वफुटबल खेलाडी गणेश थापाको जीवनमा पनि चरितार्थ भएको छ । गणेश थापाले सार्वजनिक स्थलमा एक व्यक्तिको थप्पड खाएपछि उक्त उक्ति चरितार्थ भएको ठानिएको हो ।  अहिले गणेश थापाले उनीसम्बद्ध राप्रपा नेपालकै कार्यकर्ताबाट पिटाइ खाएको जानकारी प्राप्त भएको छ । जानकारीअनुसार गणेश थापा आफ्नो एक नातेदारको मृत्यु भएपछि ...
  • क्रिकेटमा नेपालको सनसनिपूर्ण जित, नामिबियालाई ३ विकेटले हरायो Apr 18, 2016 Arthatantranepal cricket
    काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सोमबार भएको नामिबियासँगको दोस्रो खेलमा समेत नेपालले सानदार जित निकालेको छ । शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको खेलमा नामिबियामाथि तीन विकेटको प्रष्ट जित निकालेको हो । योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ। नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक ...