Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • झापा गोल्ड कपलाई कतारबाट तीन लाख सहयोग Apr 6, 2016 Arthatantrafootball
    काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा विगत १० वर्षदेखि कतारमा कार्यरत झापा विर्तामोडका राजन श्रेष्ठले मोफसलकै सर्वाधिक राशिको रमपम झापा गोल्ड कप–२०७२ लाई द्वितीय पुरस्कार तीन लाख रुपैंया सहयोग प्रदान गरेका छन्। नेपाली फुटबल टिम कतारका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ सानैदेखि खेलमा रुचि राख्ने र नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कतारमा समेत निरन्तर सक्रिय छन्। नेपाली फुटबल खेलको स्तरोन्नतिका लागि आफ्नो ठाउँबाट सबैले सकेको सहयोग ...
  • टी–२० को उपाधी वेस्ट इन्जिडलाई ! Apr 4, 2016 ArthatantraICC-World-Twenty20-India
    काठमाण्डौं । भारतको कोलकातास्थित इडन गार्डनमा भएको रोमाञ्चक खेलमा इंगल्यान्डलाई ४ विकेटले हराउँदै वेस्ट इन्डिजले टी २० विश्वकपको उपाधि जितेको छ। टस जितेर फिल्डिङ रोजेको वेस्ट इन्डिजले इंग्ल्यान्डलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रनमा रोकेको थियो। समूह चरणमा यी दुवै टोली ग्रुप ए मा थिए। पहिलो खेलमा वेष्टइन्डिजले इंग्लिस टोलीलाई हराएको थियो। समूह चरणमा दुवैले एक–एक खेल हारेका थिए। २२ चैत ...
  • अन्तर्राष्ट्रिय मनकामना केबुलकार पोखरा कप चैत ३० देखि Apr 1, 2016 Arthatantra
    पोखरा । मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही चैत ३० देखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन गरिने भएको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित हुने सो प्रतियोगितामा नेपालका ए डिभिजनका १० फुटबल टोली र दुई विदेशी गरी १२ टोलीको सहभागिता रहनेछ । यसअन्तर्गत थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, ...
  • भलिबल प्रतियोगिता : प्रथम पुरस्कार तीन लाख १५ हजार रूपैंया Mar 30, 2016 Arthatantravolleyball pic
    झापा । पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। दुवागढी–६ धाइजनमोडमा आगामी वैशाख २ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टिमले १५ खेल खेल्नेछन्। पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रतियोगिताका प्रथम हुनेलाई नगद तीन लाख १५ हजार रूपैंया, दोस्रो हुनेलाई नगद एक लाख ७५ हजार ...
  • नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय नाइट क्रिक्रेट हुँदै Mar 29, 2016 Arthatantracricket
    नवलपरासी । यहाँ चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताए। प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी हुने क्लबले बताएको छ। प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना तथा बस्नको व्यवस्था मिलाइएको ...
  • नेपाल आज बेलुकी सवा ६ बजे मलेसियासँग भिड्दै Mar 27, 2016 ArthatantraNepali_footbal_Team_U-22_
    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भारतमा सम्पन्न बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोली त्यसपछिको पहिलो ...
  • मलेसियाविरुद्धको खेलका लागि खेलाडीहरुको छनोट Mar 21, 2016 ArthatantraANFA
    काठमाडौं । आगामी चैत १४ गते मलेसिया यु–२२ टोली बिरुद्ध हुने मैत्रिपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर एन्फाले मैत्रीपूर्ण खेलका लागि भनेर २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। नेपाली टोलीको नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजीले युवा खेलाडीहरु टोलीमा प्राथमिकता दिएको बताए। यस्ता छन् नेपाली टोली भरत खवास विजय धिमाल विकेश कुथु विराम महर्जन (कप्तान) विशाल राई विशाल ...
  • नामिवियाबिरुद्धको क्रिकेट खेल नेपालले कीर्तिपुरमै खेल्ने पक्का Mar 20, 2016 ArthatantraKirtipur_Cricket_Stadium-
    काठमाडौं । विश्व क्रिकेट लिग लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा नामिवियाबिरुद्धको खेल नेपालले कीर्तिपुरस्थित घरेलु मैदानमै खेल्न पाउने भएको छ । आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्न दुई सर्त राखेको थियो साथै एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलदोकन गर्न नेपाल पठाएको थियो । बन्दुलाले आज मैदानको अवलोकन गरेका थिए । कर्तिपुरस्थित टियु क्रिकेट मैदान अवलोकन गरेपछि म्यानेजर बन्दुलाले खेल नेपालमै ...
  • पारस उपचारका लागि दिल्लीमा, अवस्था सामान्य Mar 16, 2016 ArthatantraParas_Khadka_
    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का उपचारका लागि मंगलबार भारतको नयाँ दिल्ली गएका छन् । दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालमा आकस्मिक कक्षमा भर्ना भएका थिए । ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । थप उपचारका लागि उनी भारत गएका हुन् । प्रशिक्षक जगत टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्किने जनाएका छन् । मेदान्तमा चेकअप गर्ने ...
  • नेपालले नामिबियासँग विश्व क्रिकेट लिग खेल्नको लागि तयारी गर्दै Mar 15, 2016 Arthatantracricket, nepal
    काठमाण्डौं ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेल सुरु हुन एक महिनामात्र बाँकी रहेको अवस्थामा नेपालले औपचारिक तयारी सुरु गरेको छ । वैशाख ४ र ६ गते नेपाल र नामिबियाबीचको खेल काठमाडौंमा हुने कार्यक्रम छ । नेपालको तयारी आइतबारदेखि सुरु भएको हो । छनोट गरिएका ३९ खेलाडीलाई ३ टिम बनाएर विभाजन गरिएको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको ...