Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • नेपालले मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने Feb 24, 2016 Arthatantra
    काठमाण्डौं । आगामी चैत १६ गते मलेसियाको क्वालालम्पुरमा दुई देशबीच मैत्रिपूर्ण फुटबल हुने तय भएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ। एन्फाका अनुसार दुई वर्षसम्म नेपालले खेल्ने ठूला प्रतियोगिता नभएको हुँदा राष्ट्रिय टोलिलाई सकेसम्म धेरै मैत्रिपुर्ण फुटबल खेलाउने नीति अनुसार यो खेल तय गरिएको हो। क्वालालम्पुरमा हुने यो मैत्रीपूर्ण खेलका लागि चैत पहिलो साता राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट हुने एन्फाले ...
  • नेपाली क्रिकेट निलम्बनमा पर्ने संकेत Feb 21, 2016 Arthatantraicc-logo
    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग सम्लग्नलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आइसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ । आइसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राखेप सदस्य सचिव केशकुमार विष्ट, क्यानका अध्यक्ष रमेश सिलवाल र अशोकनाथ प्याकुरेलको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो । मंसिरको अन्तिममा चतुरबहादुर ...
  • स्वर्ण बिजेतालाई सरकारले ५ लाख दिने Feb 17, 2016 ArthatantraSag winner
    काठमाडौँ । सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।   साग विजेता खेलाडीलाई स्वागत/सम्मान गर्न बुधबार दशरथ रंगशालामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ५ लाख रुपैयाँ घोषणा गरे । ‘पहिले नै २ लाख दिने घोषणा गरेको थिएँ,’ सम्मानपछि पत्रकारसंग कुरा गर्दै मन्त्री मण्डलले भने, ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर ...
  • भारतलाई हराउँदै नेपाल (साग) फुटबल च्याम्पियन Feb 15, 2016 Arthatantranepal insea
    काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा भारतलाई पराजित गर्दै नेपाल २३ वर्षपछि च्याम्पियन भएको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरेका थिए । दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरेका हुन् ।पहिलो हाफको ३५ औं ...
  • साग महिला फुटबल फाइनल नेपाल पराजित Feb 15, 2016 Arthatantra
    काठमाडौं । बाह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागअन्तर्गत महिला फुटबलमा नेपाली टोली रजत पदकमै चित्त बुझाउन बाध्य भएको छ । भारतको गुवाहिटीमा सोमबार भएको फाइनलमा ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल रजत पदकमा सिमित भएको हो । समूह चरणमा भारतलाई १–१ को बराबरीमा रोकेका नेपाली महिला खेलाडी फाइनलमा भने भारतसँग स्तब्ध बने । पहिलो हाफमा १ गोल गरेको भारतले दोस्रो हाफमा ...
  • नेपाली फुटबल : के आज नेपालले इतिहास रच्ला ? Feb 15, 2016 Arthatantra
    काठमाण्डौं । बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला फुटबलमा स्वर्ण पदकका लागि आज सोमबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४।१५ बजे हुँदैछ भने नेपाल र भारतबीचकै पुरुष फुटबलको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७।१५ बजे हुनेछ । पुरुष फुटबलअन्तर्गत शनिबार ...
  • माल्दिभ्सलाई ४-३ ले हराउँदै नेपाल १७ वर्षपछि फाइनलमा Feb 13, 2016 Arthatantrasaag
    काठमाडौँ । माल्दिभ्सलाई ४-३ ले हराउँदै नेपाल १७ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा प्रवेश गरेको छ । शनिबार इन्दिरा गान्धी स्टेडियममा माल्दिभ्सको यू-२३ टिमललाई ४-३ ले हराउँदै दुई पटकको स्वर्ण पदक विजेता नेपाल यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ । नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको हो । नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि दोस्रो ...
  • साग महिला फुटबलमा नेपालको फराकिलो जीत, श्रीलंका ४-० ले पराजित Feb 13, 2016 Arthatantramahila foot ball
    काठमाडौँ । साग महिला फुटबलमा नेपालले श्रीलंकासँग फराकिलो जीत निकालेको छ । सिलोङमा शनिबार भएको खेलमा नेपाल ४–०ले विजयी भयो ।   श्रीलंकाले एक आत्मघाती गोल गरेको छ । नेपालका लागि सावित्रा भण्डारीले २ र सपना लामाले एक गोल गरे । ०१ फागुन २०७२ / २/३५
  • नेपालले भोलि माल्दिभ्ससँग सेमिफाइनल खेल्दै Feb 12, 2016 Arthatantra
    काठमाडौं। नेपाली यू–२३ टिमले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा भोलि माल्दिभ्सको यू–२३ टिमको सामना गर्दैछ । खेल गुवाहटीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७।१५ मा सुरु हुनेछ । शनिबार नै अर्को सेमिफाइनलमा भारतले बंगलादेशविरुद्ध खेल्नेछ । सेमिफाइनलको पूर्व सन्ध्यामा नेपाली टिमले अन्तिम तयारी गरेको छ । त्यस क्रममा नेपाली प्रशिक्षका राजु शाक्यले टिम ऐतिहासिक उपलब्धीको संघारमा रहेको बताए । उनले ...
  • नेपाल १५ रनले पराजित, विश्वकपमा सिधै प्रवेश पाउनबाट वञ्चित Feb 11, 2016 ArthatantraNepal U-19 team members celebrate after defeating Ireland in their Group D match of the ICC U-19 Cricket World Cup at the Khan Shaheb Osman Ali Stadium in Fatullah on Saturday, January 30, 2016. Photo: THT
    काठमाडौं । नामिबियासँग भएको प्ले अफ म्याचमा नेपाल १५ रनले पराजित भएको छ योसँगै दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनबाट बञ्चित भएकोछ । टस जितेर पहिले व्याटिङ रोजेको नामिबियाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै व्याटिङमा आएको नेपालले सुरुवाती पार्टनरसीप राम्रो रहेपनि मध्यक्रमदेखि खेल बिगार्दै आएको थियो । नेपाल ...