Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • क्रिकेट प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोलीको आज मलेसियामातर्फ प्… Sep 8, 2017 Arthatantracricket
    काठमाडौँ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, ...
  • हङकङबिरुद्धको खेलका लागि क्रिकेट खेलाडीको घोषणाः शक्तिले नाम फिर्ता लि… Sep 7, 2017 Arthatantranepali cricket team
    काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध उसकै मैदानमा हुने आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैठौ चरणको प्रतिस्पर्धाका लागि नेपालले १८ सदस्सीय राष्ट्रिय क्रिकेट खेलाडीको घोषणा गरेको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १८ सदस्यीय प्राम्भिक टोलीको छनोट गरेका हुन् । नेपालका स्पिनर शक्ति गौचनले भने जन्डिसका कारण आफ्नो नाम फिर्ता लिएका छन् । घोषणा भएको ...
  • अन्तरविद्यालय फुटसल शनिबार Sep 6, 2017 Arthatantrafootball
    काठमाडौ । ग्रासरुट फुटबल एकेडेमी (जीएफए) को आयोजनामा तेश्रो अन्तरविद्यालय फुटसल प्रतियोगिता शनिबारदेखि मण्डिखाटारमा हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ यु–१० र यु–१३ उमेरसमूहमा प्रतिस्पर्धा हुने जीएफएका निर्देशक राजु श्रेष्ठले जनाएका छन् । यु–१० मा १० तथा यु–१३ मा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । यु–१० मा संस्कृति इन्टरनेसनल स्कुल र यु–१३ मा जेम्स साविक विजेता हुन् । प्रकाशित ...
  • घरेलु मैदानमै नेपालको पराजय,२–१ ले ताजकिस्तानले जित्यो Sep 5, 2017 Arthatantrafootball1
    काठमाडौ। २०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानसँग नेपालले घरेलु मैदानमै पराजय ब्यहोरेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा नेपालले खेलको नतिजा २–१ ले ताजिकिस्तानलाई सुम्पिदियो । एसियन कप छनौटको यसअघिका दुई खेलमा नेपाल जितबिहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो । ...
  • पल्सर स्पोर्ट्स अवार्डका लागि किरण र शरद मनोनयनमा Sep 4, 2017 Arthatantrasports journalist logo
    काठमाडौ। पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जोङ र शरद भेषवाकर परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटर शरद भेषवाकर, ब्याड्मिन्टनका रत्नजीत तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् । महिलातर्फ फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, ...
  • एशिया कप छनौटअन्तर्गत ताजकिस्तानसँग खेल्ने नेपाली टोलीमा को–को छन् ? Sep 3, 2017 ArthatantraNepali-football-team
    काठमाडौ । एशिया कप छनौटअन्तर्गत आगामी मंगलबार ताजकिस्तानसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले ताजकिस्तानसँगको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो । गोलकिपरमा किरण चेमजोङ, विशाल श्रेष्ठ र विकेश कुथु छन् । डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी र कमल श्रेष्ठ छनौट भएका ...
  • रोनाल्डोको ह्याट्रिक,पेलेको रेकर्ड पनि तोडियो Sep 1, 2017 ArthatantraRonaldo
    विश्व कप युरोपियन छनोट अन्तर्गत फरो आइसल्याण्डसँगको खेलमा ह्याट्रिक गरेसँगै पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डोले ब्राजिलका पेलेको रेकर्ड तोडेका छन् । रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरेका हुन् । पेलेले ब्राजिलबाट ७७ गोल गरेका थिए । रोनाल्डोको ह्याट्रिकको मद्धतमा पोर्चुगल ५–१ गोलले विजयी भएको हो । पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उनको रेकर्ड तोडेका रोनाल्डोले १ सय ४४ खेलमा ७८ ...
  • सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजित पर्यटन दौडको उपाधि रो… Aug 30, 2017 Arthatantrasarangkot marayathon
    आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको मिनी म्याराथुन सम्पन्न भएको छ । दश किलोमिटर मिनी म्याराथुन लमजुङका रोशन गुरुङले जितेका छन् । त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो स्थान भए । दश किलोमिटर पर्यटन दौड पहिलो हुने गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गरेका थिए । ...
  • आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट र… Aug 29, 2017 Arthatantraelephant child
    अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सोमबार बसेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयअन्तर्गत सर्वपक्षीय बैठकमा प्रतियोगिता सञ्चालनका लागि रु ३५ करोड र भौतिक पूर्वाधार पुनः निर्माणका लागि रु ७० करोड खर्च हुने राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए । राष्ट्रिय खेलकूद ...
  • इंग्लिस प्रिमियर लिगःलिभरपुलको शानदार जित Aug 28, 2017 Arthatantraliverpul
    इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई स्तब्ध पारेको हो । निकै कमजोर देखिएको आर्सनल लिभरपुलसँग ४–० ले पराजित भयो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरे । फिरमिनोले १७ तथा मानेले ...