Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • नेपाली सोर्स कोडले जित्यो दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड Aug 9, 2017 ArthatantraM Billionth-Award
    काठमाडौं । नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोडप्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड (उपाधि) दिइएको हो । डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस ...
  • १३ औँ सागका लागि पोखरा उच्च प्राथमिकतामा Aug 8, 2017 Arthatantrapokhara
    पोखरा । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन् । पोखरा रंगशालाको निरीक्षण गर्दै उनले पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए। मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए। सो अवसरमा ...
  • थापालाई कारबाही गर्ने फाईल खोल्न अख्तियार अनिच्छुक किन ? Aug 7, 2017 Arthatantraganesh-thapa
    काठमाडौ । नेपाल फुटबल एसोसिएसन (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको दुई वर्षभन्दा बढी समय बिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यससम्बन्धी फाइल खोल्न अनिच्छुक देखिएको छ। फिफाले थापालाई प्रतिबन्ध लगाउनुअघि नै अख्तियारले उनको मुद्दा तामेलीमा राखेको थियो। फिफाको इन्डिपेन्डेन्ट एथिक्स कमिटीको एड्जुडिक्टरी च्याम्बरले थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रेंक जरिबाना ...
  • ०.०३ सेकेण्डले मात्रै पछि पर्दा पनि जीन्दगीको मोडमा यस्तो घाटा हुन्छ ? Aug 6, 2017 ArthatantraScreen-Shot
    आठ पटकका ओलम्पिक च्याम्पियन तथा १०० मिटर दौडका बादशाह उसैन बोल्ट आफ्नो खेल जीवनको अन्तिम प्रतिस्पर्धामा भने पराजित भएका छन् । बेलायतको लण्डनमा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत शनिबार राति भएको १०० मिटर दौडमा कीर्तिमानधारी जमैकाका बोल्टलाई पछि पार्दै अमेरिकाका जस्टिन गाट्लिनले स्वर्ण पदक जितेका छन् । बोल्टले रजत पदक पनि जित्न सकेनन् । उनी तेस्रो हुँदै काश्यक पदकमा चित्त बुझाउन ...
  • एक सातामै नेयमारले ८ लाख ६५ हजार युरो कमाउने Aug 3, 2017 Arthatantraneimar
    काठमाडौ। बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनमा जाने तयारीमा रहेका ब्राजिलियन फरवार्ड नेयमारले साताको ८ लाख ६५ हजार युरो कमाउने भएका छन् । २५ वर्षीय नेयमारले कर तिर्नु अघि बार्षिक ४५ मिलियन युरो पारिश्रमिक पाउने बीबीसीले जनाएको छ । बार्सिलोनाले फ्रन्सेली क्लब पीएसजीलाई भनेको छ कि २२२ मिलियन युरो एकै पटक तिर्नुपर्छ ।नेयमार बुधबार बार्सिलोनाको ट्रेनिङमा पुगेका थिए र उनले क्लब ...
  • जापानमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली खेलाडीमा को–को परे ? Aug 2, 2017 ArthatantraFootball training
    काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ। साउन २७ गते जापान जाने नेपालले जापानमा ५ मैत्रीपूर्ण खेल खेल्नेछ। मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेल्दाको टोलीमा ४ खेलाडी परिवर्तन गरिएको छ । गोलकिपर किरणकुमार लिम्बु, रक्षक आदित्य चौधरी र मिडफिल्डर रोहित चन्द जापान भ्रमणमा हुने छैनन् । किरणको स्थान ...
  • २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने Aug 1, 2017 Arthatantraolampic las anjalus
    अमेरिकाको लस एन्जलस (एलए) शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने भएको छ । यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनु पर्ने ...
  • इपिएल क्रिकेटको दोस्रो संस्करण,विजेताले २१ लाख पाउने Jul 31, 2017 ArthatantraEPL cricket logo jpg
    काठमाडौ। एभरेष्ट प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ । साथै प्रतियोगिता नेपालकै सर्बाधिक पुरस्कार राशीको समेत हुनेछ । काठमाडौमा पत्रकार सम्मेलन गरी जोहरा स्पोर्टस म्यानेजमेन्टले प्रतियोगिताको लोगो सार्वजनिकका साथै उपाधि बिजेतालाई २१ लाख पुरस्कार दिने घोषणा गरेको छ । मुलुकका ६ शहरको प्रतिनिधित्व गर्ने गरी टिम बनाइएको छ भने खेलाडीहरु अक्सनको आधारमा अनुबन्धित हुनेछन् । काठमाडौ, ललितपुर, ...
  • रंगशालमा भागदौड, दुईको मृत्यु Jul 30, 2017 Arthatantrafootball
    दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको गेटमा धकेलाधकेल हुँदा दुईजनाको ज्यान गएको हो । प्रि–सिजन ...
  • बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय टोली जापान जाने Jul 28, 2017 ArthatantraNepali-football-team
    काठमाडौ। १० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाने भएको छ ।१० दिने जापान भ्रमणका लागि नेपाली टोली साउन २६ गते त्यसतर्फ लाग्नेछ । आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा हुने क्याम्पमा नेपाली टोली जापान जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुष्टि गरे । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकी कोजी र ...