Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • महिला क्रिकेटमा मिथिला राजले बनाइन् सर्वाधिक रनको रेकर्ड ! Jul 13, 2017 Arthatantramithila raj
    काठमाडौ । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथिला राज अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन् । यसका साथै मिथिला महिला क्रिकेटमा ६ हजार रन कटाउने खेलाडी पनि बनेकी छिन् । आइसिसी महिला विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलियासँगको खेलमा मिथिलाले रेकर्ड बनाएकी हुन् । बुधबारको खेलमा अष्ट्रेलियाविरुद्ध ६९ रन बनाएकी उनले आफ्नो एकदिवसीय करिअरमा ६ हजार २८ रन बनाएकी छिन् ...
  • भारतीय क्रिकेट टिमका प्रशिक्षकमा रवि शास्त्री Jul 12, 2017 Arthatantrarabi sastri
    भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर रवि शास्त्री मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका मुख्य प्रशिक्षक रहने छन् । यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा रहने छन् । च्याम्पियन्स ट्रफिमा हारेपछि प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि नयाँ प्रशिक्षकबारे बहस सुरु भएको थियो । मंगलबार राति रवि शास्त्रीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो ...
  • यसरी श्रीलंकामाथि जिम्बावेको ऐतिहासिक जित Jul 10, 2017 ArthatantraZimbabwe
    काठमाडौ। अन्तिम एकदिवसीय क्रिकेटमा ३ विकेटको जित हात पार्दै जिम्बावेले श्रीलंका विरुद्धको एकदिवसीय सिरिज ३–२ ले जितेको छ । जिम्बावेका लागि यो जित ऐतिहासिक छ । उसले पहिलो पटक श्रीलंकाविरुद्धको सिरिज जितेको हो भने ८ वर्षपछि पहिलो अवे सिरिज जित हो । हम्बनटोटामा श्रीलंकाले प्रस्तुत गरेको २०४ रनको लक्ष्य जिम्बावेले ३८.१ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो । उसको सुरुवात राम्रो ...
  • पोखरालाई खेलकुदको राजधानी बनाउने Jul 4, 2017 Arthatantrapokhara
    पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिए । सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका ५ देखि ६ खेल पोखरामा गर्न लागेको र ...
  • स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक ! Jul 3, 2017 Arthatantrajarmany
    विश्व विजेता जर्मनीले फिफा कनफेडेरेशन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कनफेडेरेशन कपको उपाधि उचालेको हो । २० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । चिलीका मार्सेलोलो दिएजको गल्तीको फाइदा उठाउँदै स्टिन्डलले गोल गरेका हुन् । चिलीका अटुरो भिडाल ...
  • रुसी खेलाडीको अतिरिक्त डोपिङ परीक्षण Jul 2, 2017 Arthatantrarussi football
    विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०१४ को विश्वकप फुटबल खेल्ने रुसी खेलाडीको अतिरिक्त डोपिङ परीक्षण गरिएको फिफाका पूर्व अधिकारीले बताएका छन् । फिफाको चिकित्सा विभागका पूर्व प्रमुख जिरी डिभोराकले विश्वकप पूर्व रुसी खेलाडीले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरे नगरेको बारेमा अतिरिक्त परीक्षण गरिएको र त्यसमा रुसी खेलाडी दोषी नपाइएको डिभोराकको भनाई छ । परीक्षण सहि रहेको र रुसी खेलाडी ...
  • रोनाल्डो बने जुमल्याहा सन्तानका पिता ! Jun 30, 2017 Arthatantraronaldo with child
    क्रिष्टियानो रोनाल्डोले आफू जुम्ल्याहा सन्तानको पिता बनेको घोषणा गरेका छन् । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलमा चिलीसँग पराजित भएको केही घण्टापछि रोनाल्डोले आफू जुमल्याहा सन्ताको पिता बनेको बताएका हुन् । केही हप्तादेखि पोर्चुगिज सञ्चामाध्यमले रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा (एक छोरा र छोरी) को पिता बनेको बताउँदै आएका थिए । तर रोनाल्डोल झण्डै तीन हप्तापछि मात्रै ...
  • चिलीले हरायो पोर्चुगललाई Jun 29, 2017 Arthatantrachili
    पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रुसको कजानमा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पोर्चुगलका तीन पेनाल्टी प्रहारको सुन्दर बचाउ गरेको चिलीका गोलरक्षक क्लाउडियो ब्राभो चिलीको फाइनलमा यात्रामा हिरो साबित भए । चिलीले क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई टाइब्रेकरमा ३–० ...
  • रुसी फुटबल खेलाडीले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप Jun 26, 2017 Arthatantrarussi football
    विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । फुटबलसहित कम्तिमा ३० खेलका खेलाडीले रुसी सरकारको सहयोगमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक भएको छ । सन् २०११ देखि २०१५ सम्ममा संकलन गरिएको एक हजार खेलाडीको नमुनाको परीक्षणको क्रममा यस्तो देखिएको म्याकलरेन प्रतिवेदनमा उल्लेख ...
  • कर छलीको मुद्दा मिलाउन डी मारियाले २० लाख युरो जरिवाना तिर्ने Jun 22, 2017 Arthatantradimariago
    एजेन्सी–अर्जेन्टिनाका फुटवल खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा मारिया २० लाख युरो अर्थात २२ करोड ९६ लाख रुपैयाँ र्तिन तयार भएका हुन । आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोपमा दोषि ठहरिएपछि डी मारिया उक्त रकम तिर्न राजी भएका हुन । रियल मड्रिडमा रहेका ...