back
NMB ad

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक

Kumari bank ad

भक्तपुर । तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गालको डिभिडी आइतबार सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले रफत सञ्चार क्लबमा एक कार्यक्रमको आयोजना गरि उक्त डिभिडी सार्वजनिक गरेको हो ।

देशका १४ जिल्लाको ३५ ठाउँमा १० बर्षको बालकदेखि ७० बर्षको बुढाबुढीहरुलाई एकै ठाउँमा जम्मा गरेर प्रोजक्टर मार्फत करिब १ लाख दर्शक बराबरको जनसहभागीतामा उक्त चलचित्रकोे बिशेष शो गर्दै जहाँ तामाङ त्यहाँ तामाङ चलचित्र भन्ने अभियानका रुपमा सफल पादैं दर्शकहरुको अत्याधिक मागका कारण चलचित्र म्याङ प्वाँहार छिट्टै नै डिभिडमा ल्याउनु परेको चलचित्रका निर्माता बिकु थोकर बताउँछन् ।

यो चलचित्रलाई केही महिनाभित्रै यूटुव मार्फत देश बिदेशका नेपाली माझ लैजाने तयारी पनि भईरहेको निर्माता थोकरले जानकारी दिए । सो अभियानमा संकलन भएको करिब १५ लाख बढी रकम शिक्षा, गुम्बा मठमन्दिर र स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा लगाईएको छ ।

अहिलेसम्म निर्माण भएका तामाङ चलचित्र मध्ये उच्च प्रविधि र ठूलो लगानीमा निर्माण भएको यो पहिलो र उत्कृष्ट तामाङ चलचित्र २०७२ हुँदै आदबिासी जनजाति चलचित्र उत्कृष्ट टप ५ मा पर्न सफल भएको चलचित्र हो ।

२५ लाखको लागतमा चलचित्र निर्माण सम्पन्न भएको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज उठाएको सो चलचित्रमा वर्तमान राजनीतिक विकृतिमाथि ब्यङ्ग्य प्रहार गरिएको निर्माता थोकर बताउँछन् । कार्यक्रममा लामागुरु लाक्पा दोर्जे तामाङले ‘म्लाङ प्वाँहार’ चलचित्रको डिभिडी सार्वजनिक गर्दै आर्थिक अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताए ।

उक्त चलचित्रमा नायक जगे लोप्चन, नायिक सुनिता लुङ्बा, खलनायकमा बिकु थोकर, आइटम डान्समा सृजना तामाङ, सुस्मा मुक्तान, सफल दोङ लगायतका कलाकारहरुको भूमिका रहेको छ । चलचित्रको निर्माण थोकर फिल्म्स प्रालीको ब्यानरमा भएको छ भने यसको निर्देशक शंकर मर्हजनले गरेका छन् ।

चलचित्रमा संगित बिशाल कल्ताङ र बिशाल थीङको छ भने रचना कुमार श्याङबाको रहेको छ । यस चलचित्रको कथा रितुराज पार्खिनले लेखेका छन् । चलचित्रको नृत्य निर्देशन अजय श्याङ्तानले गरेका छन् । डिभिडी इन्द्रेणी क्यासेटबाट बजारमा जाँदै छ ।

प्रकाशित मितिः२०७४ कार्तिक २६

वि.सं.२०७४ कात्तिक २६ आइतवार १३:२८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...