Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • ३०% बोनस र १२% नगद लाभाँश दिन लागेको कम्पनीबारे थाहा पाउनुभयो,पढ्नुहोस… Aug 9, 2017 ArthatantraBonus-share
    काठमाडौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२ दशमलव १०२ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको वार्षिक ...
  • सरकारले भेटेन नमुना बनाउन लायक सामुदायिक विद्यालय Aug 9, 2017 ArthatantraSchool-
    काठमाडौं । सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा संख्या थप गरी ०७४–७५ का लागि एक सय ९८ विद्यालय छनोट भएका छन् । सरकारले सात वर्षमा एक हजार नमुना विद्यालय बनाउने कार्यक्रम बनाएको छ, तर यो आर्थिक ...
  • सदाचार नीति कुल्चँदै प्रधानमन्त्री, बुझाएनन् सम्पत्ति विवरण Aug 9, 2017 Arthatantraser bahadur
    काठमाडौं । प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सदाचार नीति ल्याउने पहिलो निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले ६२ दिनसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएर प्रधानमन्त्रीले भ्रष्टाचार निवारण ऐन २०५९ को उल्लंघन गरेका छन् । प्रधानमन्त्री देउवाले गत २४ असारमा सदाचार नीतिका मस्यौदामा हस्ताक्षर गर्दै सदाचार नीति ल्याउने पहिलो निर्णय गरेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उपप्रधान ...
  • बुढीगण्डकी चिनियाँ कम्पनीलाई जिम्मा दिँदा स्थानीयलाई सेयर दिने विषय के… Aug 8, 2017 ArthatantraBudhi Gandaki Hydro
    बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको कार्य सम्पन्न गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग माग गरेका छन् । आर्थिक वर्ष २०७४/७५ भित्र डुबान क्षेत्रमा पर्ने सबै बासिन्दालाई मुआब्जा वितरण गर्न र स्थानीयको माग तथा भावनाबमोजिम काम गर्न पनि उनीहरुले सरकारसंग आग्रह गरेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै आव २०७३/७४ मा साविकका छ गाविसमा ...
  • सुनौलीमा नाकाबन्दीजस्तै अवरोध Aug 8, 2017 ArthatantraSUNUALLY NAKA
    काठमाडौं । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायात साधनको आवत–जावतमा अवरोध गरिरहेको छ । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगन्ज पूर्ण रूपमा ठप्प हुँदासमेत ...
  • नक्कली भ्याट बिलमा सरकारको अनुसन्धान हुँदै Aug 7, 2017 ArthatantraVAT
     काठमाडौं । सरकारले फेरि नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको हो । विभाग स्रोतका अनुसार, करोडौंको कारोबार गर्ने दर्जनौं व्यापारिक फर्म तथा संस्थाले नक्कली भ्याटबिलको प्रयोग गर्ने गरेको पाइएको छ । विभागमा परेको उजुरीका आधारमा ...
  • पञ्चेश्वरमा फेरि पानी विवाद, डीपीआर हुनेमा आशंका Aug 7, 2017 Arthatantramahakali (1)
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धिको महत्त्वपूर्ण अवयव पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन हुनेमा आश्वस्त पारिरहेका बेला नेपाल र भारतबीच महाकालीको पानीलाई लिएर पुनः विवाद चर्केको छ । यो विवादले पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार हुनेमा आशंका बढेको छ । आगामी भदौ ५ गतेदेखि दुई दिन काठमाडौंमा हुने विज्ञहरुको टोली (टिम अफ एक्सपर्ट)को पहिलो बैठकमा नेपालले भारतले दाबी गर्दै आएका प्रस्तावलाई ...
  • १ः१ स्वाप रेसियोमा मर्ज भएका बैंकको हकप्रद निष्काशनबारे पढ्नुहोस् Aug 6, 2017 ArthatantraRight Share
    काठमाडौ । कामना सेवा विकास बैंकले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले कामना र सेवा विकास बैंक एकआपसमा मर्जपछि कायम भएको चुक्ता पुँजीबाट १० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको हो । दुई बैंक मर्ज भएर कामना सेवा विकास बैंकका नामबाट शुक्रबारदेखि एकीकृत कारोबारसमेत सुरु भइसकेको छ । सञ्चालक समितिको यस प्रस्तावलाई आगामी ...
  • कक्षा १२ को नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा ! Aug 4, 2017 Arthatantraresult
    काठमाडौ । आज राष्ट्रिय परीक्षा बोर्डले विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ को नतिजा प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष ७३.४४ प्रतिशत उत्तीर्ण भएका थिए । बैशाखमा सञ्चालित परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएकोमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी ...
  • ९ प्रतिशले पर्यटकको संख्या बढ्दा अमेरिकी पर्यटकको हिस्सा सबैभन्दा धेरै Aug 3, 2017 Arthatantratourists
    मोरोक्को। मोरोक्कोमा सन् २०१७ को मध्यसम्ममा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्यामा नौ प्रतिशतले वृद्धि भएको छ । अर्थसम्बन्धी एक पत्रिका ‘एल इकोनोमिस्ट’ बुधबार सार्वजनिक गरेको विवरणअनुसार परम्परागत युरोपेली बजारबाटै यो संख्यामा वृद्धि भएको हो । मोरोक्कोको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै लेखिएको समाचारमा सबैभन्दा धेरै अमेरिकाबाट २७ प्रतिशत पर्यटक मोरोक्को आएका छन् । त्यसैगरी अमेरिकापछि धेरै पर्यटक आउनेमा जर्मनीका १२ प्रतिशत रहेका ...