Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • बोका किन्न आएको बजेट फ्रिज ! Jul 18, 2017 Arthatantragoat
    दार्चुला । जिल्ला पशुसेवा कार्यालय दार्चुलामा बोयर जातको बोका किन्नका लागी आएको कुल बजेट २८ लाख ५० हजार रुपैयाँ मध्ये ८ लाख १० हजार रुपैया फ्रिज गएको छ। दार्चुलामा गत आर्थिक बर्षमा ९५ वटा कृषक समूहलाई उन्नत जातको बोका वितरण गर्नु पर्ने लक्ष्य रहेको भए पनि उन्नत जातको बोकाको उत्पादन अभावमा रकम फ्रिज गएको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका पशु ...
  • मन्त्रीबाट हटेको ४० दिन पुगेपनि क्वार्टर नछाड्ने यी हुन् पूर्व पर्यटनम… Jul 17, 2017 ArthatantraJitendra_Dev
    काठमाडौ। गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा ...
  • आजबाट १० लाखभन्दा बढि नगद कारोबार गरे रकम नै जफतसँगै जरिवाना ! Jul 16, 2017 Arthatantramoney-clipart
    काठमाडौ। आजबाट १० लाख भन्दा बढि रकम नगद कारोबार गरेमा जफत हुने भएको छ । नेपाल राष्ट्र बैंकले १० लाख भन्दा बढि रकम नगदमा कारोबार गरे सम्पति सुद्धिकरण विभाग मार्फत जफत गराउने भएको हो । रकम जफत मात्रै नभएर सोही बराबर जरिवाना पनि तिर्नुपर्नेछ । अब बैंक तथा वित्तिय संस्थामा १० लाख भन्दा बढि रकम जम्मा गराउँदा पनि आम्दानीको श्रोत खुलाउनुपर्नेछ ...
  • विदेशमा मृत्यु हुने कामदारका परिवारलाई ७ लाख क्षतिपुर्ति Jul 14, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाडौ। विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई राज्यले ७ लाख क्षतिपुर्ति दिने भएको छ । सो सम्बन्धी निर्णय केहि दिन अघि मात्रै मन्त्रिपरिषदले गरेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ७ लाख रुपैंयाँ दिने घोषणा गरेका थिए । त्यसको एक बर्षपछि मात्रै सो घोषणालाई मन्त्रिपरिषदले पास गरेको हो । केहि दिन भित्रै राजपत्रमा प्रकाशन गरेर ...
  • नियमित विद्युत् आपूर्ति भएपछि प्राधिकरणको घाटा ६ अर्बले घट्यो Jul 13, 2017 Arthatantraelectricity
    काठमाडौ। खिम्ती र भोटेकोसीको बिजुली अमेरिकी डलरमा खरिद गर्ने सम्झौता र चरम राजनीतिकरणले थला परेको विद्युत् प्राधिकरणले यो वर्ष उल्लेखनीय रूपमा ६ अर्ब रुपैयाँ नोक्सानी कम गर्न सफल भएको छ । गत तिहारदेखि देशका प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति भएको र चुहावटमा केही नियन्त्रण गरेकाले चालु आर्थिक वर्षमा विद्युत् प्राधिकरणको नोक्सानीमा ६ अर्ब रुपैयाँ घटेको प्रारम्भिक आँकडाले देखाएको हो । विद्युत् ...
  • बैंकको १०० रुपैंया अंकित १ करोड ५७ लाखको सेयरमा आजै आवेदन दिनुहोस् Jul 12, 2017 Arthatantrashare
    काठमाडौ । सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर आज (बुधबार) देखि बिक्री बन्द हुँदैछ । लगानीकर्ताले आज कार्यालय समयमा मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले जेठ २५ गतेदेखि १०ः३ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा जेठ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन ...
  • दुई बैंकको कारोबार बन्द,कारण यस्तो छ ! Jul 11, 2017 ArthatantraBank Investment share
    काठमाडौ। २८ र २९ गते राष्ट्रिय स्तरका दुई विकास बैंकको बैकिङ कारोबार बन्द हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन लागेको एस डेभलपमेन्ट बैंकले २८ गते कारोबार बन्द हुने जनाएको छ । यो बैंक २९ गतेदेखि इन्भेष्टमेन्ट बैंकमा गाभिएर एकिकृत कारोबार हुँदैछ । त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकले २९ गते कारोबार बन्द गर्ने जनाएको छ । यो बैंक जनता बैंकसँग ...
  • नागार्जुन नगरपालिकाद्धारा ६४ करोडको बजेट पारित,योजना तथा कार्यक्रम आज … Jul 10, 2017 ArthatantraNagarjun-Municipality-Kathmandu
    काठमाडौ । उपत्यकाको नागार्जुन नगरपालिकाको नगरसभाले असार २५ गते आईतबार ६४ करोडको बजेट पारित गरेको छ । नगरपालिकाले ६४ करोड रुपैंया बराबरको बजेट प्रस्तुत गरी पारित गरेको हो । नेपाल सरकारको ३३ करोड,आन्तरिक ऋणबाट १५ करोड, आन्तरिक स्रोत एवं राजश्वबाट १३ करोड र उपभोक्ताको सहभागीताबाट ३ करोड सहित ६४ करोड रुपैंया बराबरको आय व्याय प्रस्तुत गरिएको हो । नगरपालिकाले प्रत्येक वडाका ...
  • धादिङ र जनकपुरमा ग्याँस भण्डारण स्थल बनाइंदै Jul 5, 2017 Arthatantragas
    काठमाडौ । नेपाल आयल निगमले जनकपुर र धादिङमा ९० दिनलाई पुग्ने ग्यास भन्डारण स्थल निर्माण गर्ने तयारी गरेको छ । बजारमा एलपी ग्यासको आपूर्ति नियमित राख्न ९० दिनलाई पुग्ने गरी दुई स्थानमा भन्डारण स्थल निर्माण गर्न लागिएको हो । निगमले जनकपुरमा रहेको आफ्नै जग्गामा भन्डारणस्थल निर्माण गर्ने तयारी गरिरहेको छ । निगम प्रवक्ता सीताराम पोखरेलले ९० दिनलाई पुग्ने गरी एक लाख ...
  • मनसुन सक्रिय भएसँगै देशैभर वर्षा,कृषि कर्ममा फाईदा Jul 4, 2017 ArthatantraRain
    काठमाडौ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ । मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै ...