Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • बौद्धनाथ क्षेत्रलाई आठ करोड ६१ लाखको बजेट सार्वजनिक Jul 3, 2017 Arthatantraboudhanath
    काठमाडौ। बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४र७५ का लागि आठ करोड ६१ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ चार करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको मौज्दात दुई करोड रुपैयाँ रहेको र टिकट बिक्रीबाट मात्र छ करोड ५० लाख रुपैयाँ आम्दानी हुने ...
  • दुई कम्पनीको सेयर मूल्य समायोजन भयो,कसको मूल्य कति ? Jul 2, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन हिमालयन जनरल इन्स्योरेन्स र रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सकोे १६६.६७ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६९१ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८५१ रुपैयाँ ...
  • सामसुङ मोबाइल एक्स्पोको अवधि एक साता थपियो Jun 30, 2017 Arthatantrasamsung Mobile Expo
    राजधानीको गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आए पछि मलले एक्सपो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ । असार ७ गतेबाट संचालनमा आएको एक्सपोमा अवलोकनर्ताहरुको सहभागीता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइकलको ...
  • १६ सय मेगावाट जलबिधुत् उत्पादन कार्य अगाडि बढाइदै,कसको लगानी कति ? Jun 29, 2017 Arthatantrahydro power share
    काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले आगामी आर्थिक वर्षदेखि साढे १६ सय मेगावाटका जलविद्युत आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्ने योजना बनाएको छ । वित्तीय अवस्था दरिलो बनाउने लक्ष्यले योजना अघि बढाएको हो । कम्पनीले तयार गरिरहेको पाँच वर्षे योजनामा पनि यसलाई समेटिएको छ । निजी क्षेत्रका करिब साढे ६ सय र सरकारको लगानी हुने हजार मेगावाटका आयोजनामा इक्विटी लगानी गर्ने ...
  • २०% बोनसपछि वा १३०% हकप्रदपछिको मूल्य,कुनको मूल्य कति ? जान्नुहोस् Jun 28, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सप्तकोशी डेभलपमेन्ट बैक र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड को सेयरमूल्य समायोजन भएको छ । साल्ट ट्रेडिङको २० प्रतिशत हकप्रदलाई समायोजन गर्दा समायोजित सेयरमूल्य २३८ रुपैयाँ कायम भएको छ । साल्ट ट्रेडिङको औषत आधारमूल्य भने २२३ रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ । यस्तै नेपाल स्टक एक्सचेन्जले सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रदमा मूल्य ...
  • सेयर बजार उचालिन सकेन,तापनि कमाउनेमा को–को ? Jun 27, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाडौ । मंगलबार सेयर बजार परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । निरन्तर ओरालो लागेको बजारमा आइतबार सामान्य सुधार आएको भएपनि मंगलबार भने पुन ओरालो लागेको हो । मंगलबार नेप्से २.६३ अंकले घटेर १५६५.०९ विन्दुमा झरेको छ । कुल १५१ कम्पनीको कारोबार भएको बजारमा ६१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आइतबारको तुलनामा कारोबार रकम ...
  • भदौंबाट डिम्याट खाता दुई वटामा सिमित,नयाँ व्यवस्था यस्तो छ हेर्नुहोस् Jun 26, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ। दुईभन्दा बढि डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ । तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता भएका अन्यले यो क्रममा खातामा सेयर सार्दा भने शुल्क नलाग्ने व्यवस्था गर्न पनि बोर्डले निक्षेप संग्रहकर्ता (डीपी) लाई निर्देशन दिएको ...
  • रामदेवका औषधीमा झाडा पखाला गराउने सुक्ष्म जिवाणु,बिक्रीमा प्रतिबन्ध Jun 22, 2017 Arthatantrababa-ramdev in Nepal
    काठमाडौ । भारतीय योगगुरु रामेदवको पतन्जलीले उत्पादन गरेको औषधीहरु गुणस्तरहिन प्रमाणित भएका छन् । औषधी ब्यवस्था बिभागले ल्याव परीक्षण गर्दा पतन्जली आयुर्बेदिक केन्द्रद्धारा उत्पादित औषधीहरु गुणस्तर नभएको पाईएपछि बिक्री बितरणमा रोक लगाईएको छ । पतन्जलीद्धारा उत्पादित अम्ला चुर्ण, दिब्या गसार चूर्ण, बकुची चूर्ण त्रिफला चुर्०ा, अश्वगन्धा चूर्ण र अदिब्या पूर्ण औषधीमा प्रतिबन्ध लगाइृएको छ । बजारमा रहेका औषधीहरु फिर्ता गर्न बिभागले कम्पनी ...
  • समाचार सम्प्रेषण नगर्न राष्ट्र बैंक दियो यस्तो चेतावनी ! Jun 21, 2017 Arthatantranrb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले हालकै दिनहरुमा केही व्यक्तिहरुले बैकिङ्ग प्रणालीको अवमूल्यन हुने कार्य गरेको बताउदै सञ्चार माध्यमहरुमा बैकिङ्ग प्रणाली प्रति नकारात्मक सन्देश प्रवाह हुने गरी समाचार सम्प्रेषण भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दे हालकै दिनमा केही व्यक्तीहरुको समूहले बैंक तथा वित्तीय संस्थामा अभद्र व्यवहार देखाई नारावाजी तथा हुलहुज्जत गर्ने गरेको बताएको छ । समग्र ...
  • ब्लड बैंकबाट लिएकै रगतबाट १६ वर्षे युवालाई एचआईभी सर्‍यो ! Jun 20, 2017 Arthatantrablod
    काठमाडौ। हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी एड्स संक्रमण देखिएको छ। ‘चढाइएको रगतबाट ती युवालाई एचआईभी एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन। उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।’ रगतको माग बढ्दै गए पनि ब्लड ...