Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • अब यसरी लोप हुँदैछ खाना पकाउने एलपी ग्याँस,सिलण्डर के काम ? May 28, 2017 Arthatantragas
    काठमाडौ। आगामी तीन बर्षभित्रै नेपालबाट खाना पकाउने एलपी ग्यास विस्थापित हुने भएको छ । उर्जा मन्त्रालयले सबै नेपालीको घरमा विद्युतको पहुँच विस्तार गरेर आगामी तीन बर्षभित्रै एलपी ग्यास मुक्त मुलुक बनाउने योजना अघि सारेको हो । उर्जा मन्त्रालयले नेपाली जनताका भान्छामा तीन बर्षपछि एलपी ग्यासँ नभएर विद्युतिय उपकरण मात्रै हुने बताएको हो । त्यसका लागि चालु आवको बजेट मार्फत तीन बर्षभित्रै ...
  • संकटको सहारा सेयरः हाईडोको सेयरले गर्ने फाइदा पढ्नुहोस ! May 26, 2017 Arthatantrahydropower-
    रसुवाको भार्खु–६ की देकीछोमो घले अहिले सदरमुकाम धुन्चेमा होटेल चलाउँछिन् । सानो होटेलसँगै उनीसँग केरुङ–काठमाडौं चल्ने एउटा कन्टेनर (स्थानीयले त्यसलाई डिब्बा भन्छन्) छ । यो कन्टेनर घलेले चिया बेचेर मात्रै किनेकी होइनन् । यसमा चिलिमे हाइड्रोपावर कम्पनीको सेयर उनका लागि बलियो आधार भयो । ‘पहिले सेयर धितो राखेर बस किनेकी थिएँ,’ उनले भनिन्, ‘अहिले बस बेचेँ । डिब्बा किन्न पैसा ...
  • एकाएक ६ अर्ब विद्युत् महसुल मिनाह गर्दै सरकार May 25, 2017 Arthatantraelectricity
    काठमाडौ । अर्थ मन्त्रालयले नगरपालिका, गाविस तथा सडक बत्तीको उठ्न बाँकी करिब ६ अर्ब रुपैयाँ बराबरको विद्युत महशुल मिनाहा गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक पुनर्संरचनाका लागि मन्त्रालयमा पठाएको प्रस्ताव स्वीकृत गर्दै उक्त रकम मिनाह दिने निर्णय गरेको हो । यो प्रस्ताव मंगलबारको मन्त्रिपरिषदले समेत पारित गरेको छ । बक्यौताबापतको रकम मन्त्रालयले प्राधिकरणलाई शोधभर्नाको रूपमा दिनेछ । नगरपालिका, गाविस ...
  • सगरमाथामा दलाई लामाको झण्डा फहराउने को ? May 24, 2017 ArthatantraMount everest
    काठमाडौ। एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ । भारतमा निर्वासित तिब्बतीयन धर्म गुरु दलाई लामाका समर्थकले सगरमाथाको चुचुरोमा पुगेर झण्डा फर्फराएको रिर्पोट नेपाल सरकारको सम्वन्धित निकायहरुमा पुगेको छ । तर, दलाई लामाको झण्डा फरफराउने व्यक्ति ...
  • अब भक्तपुरमा साझाबसको सेवा,हेर्नुहोस् रुट कहाँ–कहाँ ? May 23, 2017 Arthatantrasajha_bus
    काठमाडौं । साझा यातायातले भोलिबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गर्ने भएको छ । साझाका २० वटा बसलाई भोलिबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरिने भएको हो । अब स्वयम्भुबाट सीतापाइला–कलंकी– रवीभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–रत्नपार्क–सहीदगेट –थापाथली–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने साझा यातायातका प्रमुख कार्याकारी अधिकृत महेन्द्रराज पाण्डले जानकारी दिए । कोटेश्वरबाट जडिबुटी लोकन्थली–कैशलटार–गठ्ठाघर–ठिमी–सल्लाघारी हुँदै सुर्यविनायकसम्म बस सेवा विस्तार हुनेछ ...
  • शुरु भयो स्थानीय सरकार गठनको प्रक्रिया, यसरी बन्दै छ गाउँ/नगर कार्यपाल… May 23, 2017 Arthatantragovernment of nepal
    काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण चुनावको परिणाम आइसकेका गाउँपालिका र नगरपालिकाको कार्यपालिकालाई पूर्णता दिने प्रक्रिया सुरु गरेको छ । संविधानले स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई तोकेको छ । गाउँ/नगर कार्यपालिकामा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडाध्यक्ष रहनेछन् । संविधानले त्यसबाहेक महिला र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ/नगरको कार्यपालिकामा प्रतिनिधित्वको बाध्यकारी व्यवस्था गरेको छ । पहिलो चरणमा निर्वाचन भएको ...
  • सगरमाथा आरोहणको सिजन,एकैपटक सयभन्दा बढि आरोही सगरमाथाको चुचुरोमा ! May 22, 2017 Arthatantramount everest summit
    काठमाडौ । वसन्तकालीन आरोहण अभियान अन्तर्गत यस वर्ष सगरमाथातर्फ गएकामध्ये हालसम्म १ सय २० बढी आरोहीले चुचुरोमा पाइला टेक्न सफल भएका छन् । पर्यटक विभागबाट सगरमाथा आरोहणका लागि यसपटक नेपालीसहित ३ सय ७४ जनाले अनुमति लिएका थिए । यी मध्ये हालसम्म तीन जनाको आरोहणका क्रममा मृत्यु भइसकेको छ भने एक भारतीय हराइरहेका छन् । पर्यटन मन्त्रालयबाट सगरमाथा आधार शिविरका लागि खटाइएका ...
  • बोनसपछिको मूल्य समायोजन May 21, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले लाइफ इन्सुरेन्स कर्पोरेसनको २४.८५ बोनसमा मूल्य समायोजन गरेर २२ सय ८४ रुपैयाँ भाउ तोकेको छ । यस आधारमा बोनस समायोजनपछि आइतबार लाइफ इन्सुरेन्सको सेयर कारोबार प्रतिकित्ता २२ सय ८४ रुपैयाँमा खुलेको छ । कम्पनीको औसत आधार मूल्य भने २५ सय २९ रुपैयाँ छ । इन्सुरेन्सले जेठ १९ गते बोलाएको वार्षिक साधारण सभामा २४.८ प्रतिशत बोनस सेयर ...
  • औषधिमा २२ सय प्रतिशतसम्म नाफा गरेर उपभोक्तामा लुट मच्चाइयो May 19, 2017 Arthatantramedicines-l
    काठमाडौ। बजारमा पाईने उपभोक्ताले २२ सय प्रतिशतसम्म महंगो तिर्नुपरेको खुलासा भएको छ ।उद्योग, उत्पादक वितरकसँग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मृल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको हो । केहि औषधि भने ५ हजार प्रतिशत सम्म बढी रकम असुल गरेको पनि भेटिएको छ । बजार मुल्यबारे स्वदेशी तथा विदेशी उधोग, आर्यतकर्ता उत्पादक र ...
  • नेपाली बैंकहरुमा साइबर आक्रमण हुनसक्ने खतरा ! May 18, 2017 Arthatantrabank_bank
    काठमाडौ। कम्प्युटरका फाइलाई लक (इन्क्रिप्ट) गरेर फिरौती माग्ने समूहले नेपाली इन्टरनेट सेवाप्रदायक र कमर्सियल बैंकमासमेत आक्रमण गरेका छन् । एक प्रकारको कम्प्युटर भाइरस (र्यान्सम वेयर) मार्फत साइबर अपराधीको अन्तर्राष्ट्रिय गिरोहले गत शुक्रबारदेखि विश्वका विभिन्न मुलुकमा यस्तो आक्रमण गरिरहेको छ । युरोपबाट सुरु भएको भाइरस आक्रमणले छिमेकी मुलुक भारत र चीनमा समेत ठूलो क्षति पुर्याइसकेको छ । हामीले नेपालका इन्टरनेट सेवाप्रदायक र ...