Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • नेप्सेमा निरन्तर गिरावट, तैपनि मंगलबार बढि कारोबार गर्नेमा को–को परे ? Apr 25, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ । सोमबार घटेको सेयर बजार परिसूचक नेप्से मंगलवार पनि  ३ दशमलव ४० अंकले ओरालो लागेर १६ सय ७२ दशमलव ३८ अंकमा आईपुगेको छ । यसदिन सबैभन्दा बढि बजार होल्ड गर्ने वाणिज्य बैंकसहित जलविद्युत र अन्य समुहको परिसुचक ओरालो लागेपछि बजारमा गिरावट आएको हो । बाँकी अरु परिस्ुचक भने उकालो लागेका छन् । मंगलबार बाणिज्य बैंक समूहको परिसूचक ८ दशमलव ४२ ...
  • सचेत बन्नुस् है, ५ सयको नक्कली नोटको बिगबिगी ! Apr 21, 2017 Arthatantranote 5oo final
    पोखरा । पोखरामा ५ सयका नक्कली नोट भेटिएका छन् । राष्ट्र बैंकले नै यो कुराको प्रमाणित गरिदिएको छ । राष्ट्र बैंकले त्यस्ता नक्कली नोट भेटिएको भन्दै सतर्क रहन र सूचना गर्न समेत अनुरोध गरेको छ । राष्ट्र बैंक कार्यालयले नै यस्ता नोट बजारमा भेटिएको जनाएको छ । दुई फरक–फरक नम्बर रहेका नोटहरू भेटिएपछि यसको पृष्टि भएको हो । एउटै नम्बर २ ...
  • संघीय संरचनामा मन्त्रालयको संख्या आधा घट्ने, जम्मा १६ वटा मात्रै मन्त्… Apr 20, 2017 ArthatantraSingha-Darbar
    काठमाडौ। संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै हुने भएको छ । आर्थिक र जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन अनावश्यक संख्या घटाउन लागिएको हो । संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाएको हो । सिफारिसमा अहिले भएका ३१ मन्त्रालय ...
  • दुग्ध विकास संस्थान (डीडीसी)मा अनियमितता, टेण्डरबिनै १८ करोडको सामान ख… Apr 19, 2017 ArthatantraDDC milk
    काठमाडौ । दुग्ध विकास संस्थान (डीडीसी) ले नियम विपरीत बजारबाट सोझै सामान खरिद गरेको पाइएको छ । संस्थानले आर्थिक प्रशासन विनियमावली, सिलबन्दी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया मिचेर अपारदर्शी रूपमा करोडौं रुपैयाँ बराबरको सामग्री खरिद गरेको हो । डीडीसीले प्रचलित व्यवस्था विपरीत काठमाडौं दुग्ध वितरण आयोजना, जनकपुर दुग्ध वितरण आयोजना, हेटौडा दुग्ध वितरण आयोजना र नेपालगन्ज दुग्ध वितरण आयोजनाका लागि १८ करोड ५० ...
  • उम्मेदवार हुनकै लागि रिकुदेवीले किन गरिन पतिसंग ‘डिभोर्स’ … Apr 18, 2017 ArthatantraIlustração - Divórcio
    काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् ।   उनलाई दलित महिला ...
  • फोटोमा हेर्नुहोस् पाँचथरको चौरी महोत्सव ! Apr 16, 2017 Arthatantrayak pachthar5
    पाँचथर । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव भएको छ । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको चारराते भन्ने स्थानमा नयाँ वर्ष २०७४ को अवसर पारेर ...
  • सुपथ दरको आवास कर्जा ? Apr 15, 2017 ArthatantraHouses Small
    काठमाडौ। भूकम्प पिडितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्तर्गत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम ...
  • आजदेखि उपत्यकामा हर्न बजाउँन प्रतिवन्ध, हर्न बजाए १५ सय रुपैयाँ जरिवान… Apr 14, 2017 Arthatantravehical free day no parking car
    काठमाडौ। उपत्यकामा आजदेखि हर्न निषेधित क्षेत्र नियम लागू भएको छ । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका डिआइजी मिङमार लामाले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिएको जानकारी दिए । त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । घुमाउरो बाटो र दुर्घटना ...
  • अन्तिम दिन सेयर बजारले लगानीकर्तालाई खुसी दिन सकेन ! Apr 13, 2017 Arthatantranepse_photo
    काठमाडौ । २०७३ सालको अन्तिम दिन बिहिबार लगानीकर्तालाई खुसी दिन सकेन । नेप्से परिसूचक १७ सय अंकबाट तल ओर्लिएको छ । बिहिबार परिसूचक ५ दशमलव ९४ अंकले झरेर १६९७ दशमलव १३ अंकमा झरेको छ । यस्तै क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४९ अंकले झरेको छ । बजारको अधिकाँश हिस्सा कायम गर्ने बाणिज्य बैंक समूहको परिसूचक १० ...
  • कुलमानले बिजुलीको खम्बा तेस्र्याएर सडक पिच गर्न रोके, प्रधिकरणको जग्गा… Apr 13, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौ । देशभर उल्लेखनीय रूपमा लोडसेडिङ कम गरेर ऊर्जा क्षेत्रमा सुधार थालेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण अभियान थालेका छन्। घिसिङले बुधबार प्राधिकरणका उच्चपदस्थ कर्मचारीलाई साथमा लिई सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको बालाजु सबस्टेसनस्थित ३६ रोपनी जग्गा संरक्षण सुरू गरेका हुन्। तत्कालीन पुनरावेदन अदालत पाटनले उक्त जग्गा प्राधिकरणकै अधीनस्थ रहेको ...