Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • काठमाण्डौंमा अब शुक्रबार ‘फ्रि भेकल डे’, शुक्रबार गाडी चलाउन प्रतिबन्ध Apr 13, 2017 Arthatantravehical free day no parking car
    काठमाण्डौं ।  स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् । उनले हरेक शुक्रबारलाई ‘फ्रि भेइकल डे’ अर्थात् शुक्रबारको दिन गाडी चलाउन बन्द गर्नेदेखि निश्चित समयपछि उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाउने नीति अपनाउने प्रस्ताव अघि सारेका छन् । वायु प्रदुषणका कारण काठमाडौंको अवस्था इँटा भट्टामा बसेको जस्तो भएको भन्दै ...
  • प्रतिबन्धित भारु साढे चार हजारका दरले साटिने Apr 12, 2017 ArthatantraIndian Currency counting
    काठमाडौ । साढे चार हजार भारुका दरले नेपालमा रहेका प्रतिबन्धित पाँच सय र एक हजार दरको भारु साटिने भएका छन् । अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्रचार गर्दै पाँच सय र एक हजार दरका भारु साट्न निर्देशन दिएको हो । केही दिनअघि नोट सटहीको व्यवस्था मिलाउन नेपाल आएको भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका कार्यकारी निर्देशक दीपाली पन्त जोशीसहितको टोलीले नेपाल राष्ट्र ...
  • ट्राभल नेपालले ल्यायो रेष्टुरेण्ट र शौचालयको सुविधा भएको बस Apr 12, 2017 Arthatantratourist bus in nepal
    काठमाण्डौं । ट्राभल नेपाल बस सर्भिसले नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै काठमाडौंदेखि पोखरा तथा लुम्बिनीसम्म अत्याधुनिक बस सेवा संचालनमा ल्याएको छ। ‘उमङ्गको अनुभुति’ भन्ने नाराका साथ आरामदायी र एयर कण्डिसनयुक्त नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ। यात्रुको ...
  • बैंकको ११ करोड ९४ लाखको हकप्रद आउँदै, तपाई नछुट्नुहोला Apr 11, 2017 ArthatantraRights-issues-
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १०ः३.५ अर्थात् ३५ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ११ लाख ९४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ११ करोड ९४ लाख रुपैयाँ बराबरको ...
  • अबदेखि म्याद नाघेका औषधि बेच्नेलाई जन्मकैद Apr 11, 2017 Arthatantramedicines-l
    काठमाण्डौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको । आजको नागरिक दैनिकका अनुसार, ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान ...
  • अब १० रुपैयाँमा १० लाखसम्मको जीवन बिमा गर्न सकिने Apr 10, 2017 ArthatantraLife-Insurance share company
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्मार्ट जीवन बीमा योजना ल्याएको छ। दैनिक दश रुपैयाँमा १० लाख रुपैयाँसम्मको जीवन बीमा गराउने योजना कम्पनीले ल्याएको हो।नयाँ योजनाको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इँले नयाँ योजना सार्वजनिक गरे। उनले नयाँ योजनाले बचत परिचालनमा सघाऊ पुर्याउने बताउँदै योजनाको आफूपनि सदस्य बन्ने घोषणा गरे।कम्पनीका संचालक कमलेशकुमार अग्रवालले बीमाको कभरेज बढाउन नयाँ योजना ल्याएको बताउँदै सबैले नयाँ योजनामा ...
  • अब नेपालमा कहिल्यै लोडसेडिङ हुँदैन, किन ? Apr 9, 2017 ArthatantraSuggestion share electricity
    ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युतभार कटौती गर्न नसक्ने स्पष्ट पारेका छन् । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतभार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा ...
  • मध्यरातमा किशोरीको बसभित्रै बलात्कार ! Apr 8, 2017 ArthatantraRape
    काठमाडौ । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीय किशोरी मध्यरात बसभित्र बलात्कृत भएको खुलासा भएको छ। ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ। गत चैत १८ गते साँझ दाईसँग झगडा गरी डेराबाट निस्कीएकी सप्तरीको कन्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राती बालकुमारी बसपार्कमा रोकि राखेको बसभित्र बलात्कार गरेका थिए। राती ...
  • कम विद्युत खपत गराउन प्राधिकरणले ल्यायो नयाँ योजना, साथ दिने हैन त ? Apr 7, 2017 ArthatantraLoad-shedding
    काठमाण्डौं । मुलुकलाई विद्युत्भार कटौती मुक्त गरेपछि सरकारले व्यवस्थित रुपमा विद्युत् उपलब्ध गराउन र कम ऊर्जा खपतको बानी बसाल्नेतर्फ नागरिकको ध्यान केन्द्रित गर्ने भएको छ । प्राधिकरणले सिएफएल चिमको सट्टा दुई करोड एलइडी बल्ब खरिद गर्ने तयारी गरेको छ । कम ऊर्जा खपत गर्ने बल्ब प्रयोगपछि साँझको समयमा विद्युत् उपभोगको मात्रा घट्ने प्राधिकरणले जनाएको छ । स्वच्छ ऊर्जा उपभोगका लागि प्राधिकरणले जनचेतनासँगै ...
  • सरकारी तथ्यांक भन्छ, देशभरमा जम्मा १० मात्रै बेरोजगार ! Apr 6, 2017 Arthatantrashare queue
    काठमाण्डौं । हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन्। तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ। श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन्। यो आँकडा आर्थिक वर्ष ०७३र७४ को फागुन मसान्तसम्मको मात्रै हो। विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत ...