Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • अब हरेक बैंक/वित्तीय संस्थाले अनिवार्य ग्राहकलाई हरेक कारोबारको सूचना … Apr 5, 2017 Arthatantrabank-information
    काठमाडौ। बैक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना दिनुपर्ने भएको छ । राष्ट« बैंकको भुक्तानी प्रणाली विभागले करिब २ महिनाअगाडि दिएको उक्त निर्देशन बैशाख १६ देखि अनिवार्य रुपमा कार्यान्वयनमा आउनुपर्ने भएको छ । प्रत्येक ग्राहकले प्रत्येक कारोबारको सूचना अनिवार्य रुपमा एसएमएसमार्फत दिनुपर्ने छ । पछिल्लो समय एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको हो । प्रत्येक कारोबारपछि अनिवार्य ...
  • घरजग्गाका बारेमा जान्न चाहनुहुन्छ ? यो सुनौलो अवसर हुन सक्छ Apr 5, 2017 ArthatantraHouses Small
    काठमाण्डौं । घरजग्गाको व्यापार प्रवर्द्धनका लागि शुक्रबारदेखि भृकुटीमण्डपमा घरजग्गा तथा आवास मेला हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत सहभागी छन्। मेला अवधिमा नेपालमै पहिलो पटक चैत्र २८ गते ुहाउजिङ समिटु पनि हुनेछ। हाउजिङ समिटको ...
  • सेयरमा गीरावट ! Apr 4, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ। मंगलबार नेप्से परिसुचक समान्य ओरालो लागेको छ । बजार खुलेको केही सयम सामान्य बढेको नेप्से त्यसयता उतारचढाव हुँदै सामान्य घटेको हो । बैंक तथा जलविद्युत समुहको परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक ३ दशमलव ५० अंकले घट्न पुगेको छ । बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ३३ अंकले घटेको छ भने नेप्से परिसुचकमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ४ ...
  • अब विश्वका प्रमुख संचार माध्यमबाट नेपालको पर्यटकीय गन्तव्यको प्रचार प्… Apr 4, 2017 ArthatantraNepali festivals are Nepal's rich heritage. Among many festivals, this one is the annual Kartik Naach (Dance of the deity Kartik) being staged at Patan Durbar Square. Kartik Naach is a month long traditional dance and drama festival that takes place in the Hindu lunar calendar month of Kartik, which falls in October/November.
    काठमाण्डौं । विश्वव्यापी रुपमा नेपाली पर्यटन क्षेत्रको प्रचार गर्न नेपाल पर्यटन बोर्डले विश्वका लोकप्रिय संचारमाध्यमसँग सम्झौता गरेको छ। बोर्डले संस्था बीबीसी, रोयटर्स र ट्राभल सम्वन्धी विश्वकै ठूलो कम्पनी ट्रीप एडभाइजरसँग सम्झौंता गरेको हो। सहमतीपत्रमा नेपालका तर्फवाट पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले र बीबीसीकातर्फबाट दक्षिण एसिया निर्देशक विशाल भट्टनाकर, ट्रीप एडभाइजरका दक्षिण एसिया निर्देशक भरतनाथ पाल तथा रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन ...
  • जलविद्युत आयोजनमा २७ करोडभन्दा बढी भ्रष्टाचार, ७ जना बिरुद्ध मुद्दा दा… Apr 3, 2017 ArthatantraHydroelectric_Power_Plant_Filtration_Systems_VVUJ
    काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित छ जनाविरुद्ध २७ करोड २४ लाख ५४ हजार ३५१ भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटका क्रममा राज्यलाई नोक्सान पुयाउने गरी परामर्शदाता छनोट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। आयोजनाको परामर्शदाता छनोटका क्रममा स्मेक जेभीलाई ...
  • अब व्यवसायिक कृषिका लागि ५ प्रतिशत ब्याजमै कर्जा पाइने Apr 2, 2017 ArthatantraAgriculture Green movement
    काठमाण्डौं । सरकारले बढ्दो बेरोजगारी र युवा पलायन रोक्न व्यवसायिक कृषिमा लाग्ने युवाहरुलाई पाँच प्रतिशत ब्याजदरमै व्यावसायिक कृषि कर्जा दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था बमोजिम सरकारले यस्तो व्यवस्था गरेको हो । जसका लागि नेपाल राष्ट्र बैंकले कृषि कर्जा ब्याज अनुदान सम्बन्धी नयाँ कार्यविधि जारी गर्दै सो अनुरुपम कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको ...
  • जुत्ता पालिस गरेरै दिनको एक लाख कमाई ! Apr 1, 2017 Arthatantrashoes-polish
    एजेन्सी – पत्याउनुहुन्छ ? एक जना व्यक्तिले अरुका जुत्ता पालिस गरिदिएर दिनमा १ लाख रुपैयाँ कमाउँछन् । जुत्ता पालिस गरेर दिनकै एक लाख कमाउने भाग्यमानी व्यक्ति नेपालका चाहीँ होइनन् । अमेरिकाको म्यानहटन सहरका डन वार्ड नामक व्यक्तिले जुत्ता पालिस गरेरै दिनमा ९ सय डलर अर्थात् झण्डै एक लाख रुपैयाँ कमाइ गर्ने दाबी गरेका हुनु् । उनको कमाउने काइदा पनि गज्जबको छ । ...
  • बजारमा आयो हुण्डाईको ग्राण्ड आई– १० Mar 31, 2017 Arthatantrahyundai grand i10
    काठमाण्डौं । हुण्डार्इ गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ २०१७ ग्राण्ड आर्इ–१० सार्वजनिक गरेको छ। हिजो बिहीबार आयोजित एक कार्यक्रममा मिस नेपाल अश्मी श्रेष्ठले नयाँ फेस लिफ्ट ग्राण्ड आर्इ–१० सार्वजनिक गरेकी हुन् । ५ सिट क्षमताको यो कार गोल्डेन अरेन्ज, पियोर ह्वाइट, रेड प्यासन, ब्लु, सिल्क सिल्भर र स्टार डस्ट गरी ६ वटा रङ्गमा उपलब्ध छ । ब्याक गार्दा ठोक्किने ...
  • काठमाडौंको आकाशमा बादलभन्दा धुवाँधुलो धेरै Mar 30, 2017 ArthatantraCloude in ktm
    काठमाडौ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाशमा पानी पर्ने जलवाष्पभन्दा धुवाँधुलो धेरै देखिएको छ । धुवाँधुलो बढी भएकाले पानी कम परिरहेको हो । मेलम्चीको पाइप बिछ्याउने कामले पनि काठमाडौं धुलाम्य भएको छ । चक्रपथ विस्तारको पनि काम हुँदैछ । धुवाँधुलो धेरै हुँदा भिजिबिलिटी कम छ । गतहप्ता बंगालको खाडीबाट दक्षिण–पूर्वी वायु आएको हो । स्थानीय वायु सक्रिय भएकाले देशभर वर्ष ...
  • के साँच्चै सगरमाथाको उचाई घटेको हो ? Mar 30, 2017 ArthatantraThe Everest massif from Camp I on Pumori, 5900 meters, Khumu Himal.
    काठमाण्डौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ। २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफैं पहल अघि बढाएको हो । नापी विभागले सगरमाथाको उचाई नेपाल आफैंले नाप्न सक्ने जनाएको छ। त्यसका लागि नापीले चरणबद्ध रूपमा विभिन्न निकायसँग छलफल गरेको छ। सगरमाथाको उचाइ नाप्न कम्तिमा १० करोड ...