Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • अब बिना सूचना बत्ती काटिए पाँच लाखसम्म क्षतिपूर्ति पाइने Mar 29, 2017 ArthatantraLoad-shedding
    काठमाण्डौं ।  पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गरेमा विद्युत उत्पादक, प्रसारक, वितरण तथा व्यापार गर्ने संस्थालाई समेत कारवाही गर्नेगरी सरकारले विद्युत नियमन आयोग गठनको प्रस्ताव गरेको छ। आयोग गठनसम्वन्धी विधेयक संसदमा पेस भएको छ। जलविद्युत व्यापारको नियमनका लागि छुट्टै निकाय गठन गर्न सरकारले आयोग गठन विधेयक संसदमा पेस गरेको हो। आयोगले विद्युत महसुल निर्धारणदेखि विद्युत व्यापार नियमनसम्मको अधिकार पाउनेछ। ‘आयोगले दफा ...
  • २०७४ सालमा नागपञ्चमीकै दिन जनै लगाउनुपर्ने, जनैपूर्णिमामा लगाए अशुभ हु… Mar 28, 2017 ArthatantraNaga-Panchami
    काठमाण्डौं । जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सुत्र बाँध्ने प्रचलन छ तर, २०७४ सालमा भने तपाईंलाई नागपञ्चमीकै दिन यी सब काम गर्नुपर्ने हुन्छ । २०७४ सालको पात्रोमा साउन १३ गते नागपञ्चमी र २३ गते जनैपूर्णिमा उल्लेख छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २४ गते गाईजात्रा छ । तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ ...
  • च्याउखेतीबाटै मासिक रुपमा लाखौं आम्दानी Mar 27, 2017 Arthatantramushroom farming in Nepal
    धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन्। त्रिपन्न वर्षीय उनले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन्। अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ उत्पादनको उद्योग नै खोलेको एक वर्ष जति भयो । सोही च्याउ उद्योगबाट उनले दैनिक २ सय देखि २ सय ...
  • एनसेलको कर असुल्न अर्थ मन्लालयको कडा निर्देशन ! Mar 26, 2017 ArthatantraNcell-logo1
    काठमाडौ । एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ। अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुली गर्नू’ भन्दै पत्राचार गरेका हुन्। यसअघि अर्थ मन्त्रालयले करबारे मातहतको निकाय विभागलाई असुल गर्नु भनी पत्राचार गरेको थिएन। एनसेलको बिक्री लाभकर छली प्रकरणको चौतर्फी विरोध र व्यवस्थापिका संसद्को लेखा समितिको ...
  • अमेरिकी डलर डेढ वर्षयताकै सस्तो, एक डलरको भाउ १०४ रुपैयाँ Mar 25, 2017 ArthatantraDollar
    काठमाडौ। भोलि आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर)तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो। त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय ५ स्पैयाँ तोकेको छ। पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा ...
  • सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्टयाईएको नयाँ जलबिद्युत् आयोजनाबा… Mar 24, 2017 Arthatantrahydropower-
    लमजुङ । बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु ...
  • अब वैदेशिक रोजगारीमा रहेका नेपालीले पाउनेछन् हाइड्रोको ६ अर्बको सेयर Mar 23, 2017 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले लगानी गर्न पाउने गरी बन्ने बहुप्रतिक्षित दुईवटा ‘रेमिट हाइड्रो’को निर्माण आगामी आर्थिक वर्षबाट अघि बढाउने भएको छ । यी दुई आयोजनामा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ६ अर्बको सेयर प्रस्ताव गरिएको छ । ताप्लेजुङमा बन्ने घुन्साखोला र सिम्बुवाखोला जलविद्युत आयोजनालाई अघि बढाउन तयारी थालिएको प्रवर्द्धक जलविद्युत विकास तथा लगानी कम्पनीले जनाएको छ । यसका ...
  • अब दुई लाख ९२ हजार रुपैयाँ लागतमै बनाउन सकिनेछ घर Mar 22, 2017 ArthatantraHouse Map
    काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रतिरोधी घरको ६ वटा नयाँ डिजाइन तयार गरेको छ। भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले न्यून लागतमा निर्माण गर्न सकिने घरको ६ वटा डिजाइन तयार गरेको हो। सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन । प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको ...
  • खुशीको खबर : अव सेवा दिने कम्पनी मन नपरे उही नम्बर राखेर मोवाइल परिवर्… Mar 21, 2017 Arthatantramobile changed news
    काठमाडौं । आफूले प्रयोग गरिरहेको टेलिकम कम्पनी मन परेन भने उही नम्बर राखेर कम्पनी परिवर्तन गर्न पाइने भएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेको नागरिक न्युजले खबर लेखेको छ । जस अनुसार कुनै ग्राहकले नेपाल टेलिकमका सेवा मन परेन भने एनसेल वा एनसेलको सेवा मन परेन भने नेपाल टेलिकमको सेवा प्रयोग ...
  • फेसबुक चलाउँदा ध्यान दिनुस्, नत्र १ लाख जरिवाना तिर्नुपर्ला Mar 21, 2017 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि आचार संहिता कार्यान्वयनमा आइसकेको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र ट्विटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्न सक्छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्न सक्छ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन ...