Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • यही आर्थिक वर्षबाट किसानले पेन्सन पाउने, प्रतिवेदन तयार Jan 10, 2017 Arthatantrafarmer nepal
    काठमाण्डौं । सरकारले चालू आर्थिक वर्ष ०७३÷७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ। पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ। कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरि प्रतिवेदन तयार गरिसकेको छ। अध्ययनको जिम्मा पाएको नेपाल वैकल्पिक अध्ययन समाजले प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ। जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ...
  • अब ५.४९ प्रतिशत ब्याजमै चढ्नुहोस् टाटाको टियागो गाडी Jan 9, 2017 Arthatantratata-tiago-official-image-white-colour
    काठमाण्डौं ।  टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे पाँच प्रतिशत ब्याजमा टाटाको ह्याचब्याक टियागो किन्ने सुविधा ल्याएको छ। कम्पनीले आइतबारदेखि कार्यान्वयनमा ल्याएको ब्याजदर र सहज किस्ताबन्दीमा टियागो किन्ने सुविधा ल्याएको हो।कम्पनीले ५ दशमलब ४९ प्रतिशत ब्याजमा टियागो किन्न सकिने जनाएको छ। कम्पनीले सहज फाइनान्सिङमा २५ हजार रुपैयाँ बराबरको फ्रि एक्सेसरिज समेत दिने जनाएको छ।कम्पनीका अनुसार ग्राहकले यो योजना अन्तर्गत गाडी ...
  • एक सातामै एक हजारले महंगियो सुन, के अब मूल्य बढ्दै जाला ? Jan 8, 2017 ArthatantraGold
    काठमाण्डौं । एक साताको अवधिमा सुनको मूल्य तोलामा १ हजारले महँगिएको छ। गएको आइतबार प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५३ हजार ७ सय रुपैयाँ पुगेको छ। शुक्रबारकै मूल्यमा आज सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी एक हप्ताको अवधिमा तोलामा २५ रुपैयाँ महँगो भएको छ। गएको आइतबार तोलाको ७५५ रुपैयाँमा कारोबार भएको चाँदी ...
  • वास्तवमा यो सुन कसको होला ? सुनको मालिक खोज्दै प्रहरी ! Jan 7, 2017 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60
    काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ३३ किलो सुनको ‘मालिक’ अझै पत्ता लाग्न सकेको छैन।  सुन बरामद भएको दुई दिन बित्दा पनि प्रहरी सुन मालिकको खोजीमा छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सुराकका आधारमा सुन बरामद गरे पनि सुन मालिक पत्ता लागी नसकेको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले स्वीकारेकी छन्। बरामद सुनसँगै पक्राउ परेका तीन व्यक्तिले आफूहरू ...
  • दुई बैंकलाई गाभेको टुरिजम डेभलमपेण्ट बैंकको कारोबार आज र भोलि बन्द हुन… Jan 6, 2017 ArthatantraTourism Development Bank
    काठमाण्डौं । टुरिजम् डेभलपमेन्ट बैंकले सिन्धुलीको मातृभूमि र दोलखाको कालिञ्चोक विकास बैंकलाई गाभेर यहि पुस २४ गते आईतबार देखि एकिकृत कारोबार थाल्ने भएको छ । गाभिने प्रयोजनका लागि बैंकको सेवा शुक्रबारदेखि दुई दिनका लागि अवरुद्ध गरिएको छ । एकीकृत कारोबार सुरु गराउन दुई दिनसम्म बैंकको ३६५ दिने बैंकिङ सेवा, एटिएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत सम्पुर्ण सेवा बन्द हुने बैंकले जनाएको ...
  • ललितपुर किन ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेन ? Jan 5, 2017 ArthatantraLalitpur patan
    ललितपुर। एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत निजी क्षेत्रको लामो अबधिको प्रयासको बाबजुत पनि ललितपुर ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेको छैन । तीन वर्षदेखि हस्तकलाको जिल्ला घोषणा गर्न माग गर्दै आएको ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रवीन्द्र ताम्राकारले बताए । “उद्योग मन्त्रालय यसमा सकारात्मक भए पनि बजेट निकासा गरेको छैन,” उनले भने । हस्तकलाको जिल्ला घोषणा हुँदा औद्योगिक क्षेत्र मात्रै नभएर ...
  • आज पनि रोकिएको सुनको भाउ बढ्ने क्रम, आजै तोलामा ३ सय बढ्यो ! Jan 5, 2017 Arthatantragold-
    काठमाण्डौं । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज पनि बढ्न पुगेकोछ । आज पनि सुन तोलामा ३ सय रुपैयाँले बढ्न पुगेकोछ । सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले बढेको छ। आज बिहीबार सुन तोलको ५३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लाग्दै गएपछि बुधबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
  • कुमारीको सेयर छ ? पाउँदै हुनुहुन्छ २१ प्रतिशत बोनस Jan 4, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले २१ प्रतिशत बोनस सेयर  दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बैंकले गत आर्थिक वर्षमा ७४ करोड रूपैँया खुद मुनाफा कमाएको जनाएको छ ।  बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ...
  • २०१७ मा घुम्नैपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल, हेर्नुहोस… Jan 3, 2017 ArthatantraNepal photo
    काठमाण्डौं ।  विश्वको प्रख्यात पर्यटन गाइड लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नुपर्ने उत्कृष्ट पाँच गन्तव्यमा नेपाललाई समावेश गर्दै नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्य सर्वाजनिक गरेको छ । यो लिष्टमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरेको छ । सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी ...
  • तपाई छुट्नु त भएन ? बुढीगण्डकी प्रभावितले मुआब्जाका लागि निवेदन दिने आ… Jan 3, 2017 ArthatantraBudhi Gandaki Hydro
    गोरखा । बुढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। तीन गाविसमा गरी एक हजार हाराहारीमा मुआब्जा पाउन योग्य प्रभावित छन् । ...