Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • पावर कम्पनीले स्थानीयलाई १०, सर्वसाधारणलाई २० प्रतिशत सेयर दिने ! Nov 16, 2016 ArthatantraHydro Power
    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीले २०७६ पुुुस १ गते आयोजना सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको छ । आयोजनाले जग्गा खरिद र पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको जनाएको छ । आयोजना बनाउन रु एक अर्ब ३४ करोड लाग्नेछ । कुल लगानीको  ...
  • बैंकर्स एसोसियनको अध्यक्षमा अनिल केशरी शाह निर्विरोध निर्वाचित ! Nov 15, 2016 ArthatantraAnil Keshari shah
    काठमाण्डौं । नेपाल बैंकर्स एसोसिएसन (एनबिए)को अध्यक्षमा अनिल शाह निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि एक जनाको मात्र उमेद्वारी परेकाले मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शाह निर्विरोध चुनिएका हुन्। भोलि बुधबार हुने साधारणसभाले अध्यक्षको औपचारिक घोषणा गर्ने छ। शाह अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी ...
  • बैंक अफ काठमाण्डू लुम्बिनीले पहिलो त्रैमासमै कमायो २७ करोडभन्दा बढी ! Nov 14, 2016 Arthatantraprofits
    काठमाण्डौं । बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी भएको हो । चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २० करोड ६३ लाख रूपैैंयाँ छ । हालसम्म बैंकले ६९ ...
  • अबदेखि कक्षा १२ मा मात्र एसएलसी,१० कक्षामा भने माध्यमिक परीक्षा Nov 13, 2016 ArthatantraSLC EXAM
    काठमाडौ। शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो । शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको ...
  • बिनोद चौधरीले फेरि पाए अन्तर्राष्ट्रिय अवार्ड ! Nov 11, 2016 Arthatantrabinod chaudhary wai wai
    काठमाण्डौं । नेपालका एक मात्र डलर अर्बपतिका रुपमा परिचित चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड फोस्र्ट एण्ड सलिभनले ग्रोथ, इनोभेसन एण्ड लिडरसिप अवार्ड २०१६ द्वारा सम्मानित गरेको छ । फोस्र्ट एण्ड सलिभनले चौधरीको दृढता, लगनशीलता र नेतृत्वको कदर गर्दै नेपालको निजी क्षेत्र, स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण, र रोजगारीको क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मान गरिएको बताएको छ । २६ कार्तिक  २०७३, ११।००
  • माघबाट सेयरमा लागु हुन लागेको आस्वा प्रणालीको बारेमा के तपाईलाई थाहा छ… Nov 10, 2016 Arthatantrashare IPO
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा (आइपिओ) आगामी माघबाट आस्बा प्रणाली लागु गर्ने भएको छ । यो प्रणाली लागु भएपछि सार्वजनिक निष्काशन प्रकृया थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो हुने र सार्वजनिक निष्काशन प्रकृयामा ठूलो फड्को मारी धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने बोर्डले विश्वास लिएको छ । विद्यमान प्रणाली अनुसार सार्वजनिक निष्कासनदेखि बाँडफाँडसम्म ७० दिनसम्म समय लाग्ने गरेकोमा ...
  • नेपालमा ३५ लाख एटीएम जोखिममा, कतै तपाईको पनि त परेन ? Nov 8, 2016 ArthatantraBank image1
    काठमाण्डौं । एटीएम हृयाक गर्ने अन्तराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिङ सुरक्षा चुनौतिपूर्ण बन्न थालेको छ । सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार नेपालका ३५ लाख एटीएम कार्डहरु जोखिममा छन् । पछिल्लो समय एटीएम बुथबाट पैसा चोरी गर्ने विदेशी नागरिकहरु समेतको संगठित गिरोह नै नेपालमा सक्रिय रहेको खुलेको छ । नेपालको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै संगठित गिरोह नै ...
  • थाहा पाइराख्नुहोस्, दर्जन कम्पनीले ल्याउँदैछन् प्राथमिक सेयर ! Nov 6, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौं । निकट भविष्यमै दर्जन कम्पनीको प्राथमिक सेयर बजारमा आउन लागेको छ । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोनं) मा अनुमति दिएका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीहरूको सेयर बजारमा आउनेछ । विद्यमान कानुनी व्यवस्थाअनुुसार बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ । सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीहरूमा ७ वटा जलविद्युत्, ३ वटा लघुवित्तीय ...
  • विकास बैंकमा गरिमाको फड्को, पहिलो तीन महिनामै ६२ प्रतिशतभन्दा बढी नाफा… Nov 6, 2016 ArthatantraGarima-Bikas-Bank
    काठमाण्डौं । गरिमा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ६२ प्रतिशतभन्दा बढी हो । भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंक बनेको हो । बैंकले गत असोज ४ गतेदेखि ...
  • एयरवेजको विशेष अफर : बिजनेश क्लासको एक टिकट खरिदमा अर्को फ्रि ! Nov 3, 2016 Arthatantraari fare ticket
    काठमाण्डौं । कतार एयरवेजले टुर प्याकेजको लागि विशेष अफर ल्याएको छ । कम्पनीले विजनेस क्लासामा एउटा टिकट किन्दा अर्को टिकट निशुल्क दिने भएको छ । सो अफर लागि नोभेम्वर १ देखि ७ तारिखसम्म लागू हुने छ । परिवारका सदस्य, विवाहित वा अविवाहित जोडी, साथिभाईले एउटा सिटको टिकट खरिद गरेमा अर्को टिकट निशुल्क पाउनेछन् । उक्त अफरमा कतार एयरवेजको ग्लोबल नेटवर्कमार्फत १५ नोभेम्वर ...