Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • पूर्वराजाले शान्ति फैलाउन उद्घाटित विराट हिन्दु सम्मेलनमा कुटाकुट Oct 22, 2016 Arthatantrabirat hindu sammelan
    काठमाडौ। हिन्दु धर्मका नाममा पूर्वराजा ज्ञानेन्द्रलाई पुनस्र्थापित गर्ने अभियान चलाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय विराट् हिन्दु सम्मेलनमा कुटाकुट र हुलदंगापछि भाँडभैलो मच्चिएको छ । सनातन हिन्दु मोर्चासहितको एउटा ठूलो समूहले अप्रजातान्त्रिक प्रक्रियाबाट पूर्वजनरल भरतकेशर सिंहलाई शुक्रबार जबर्जस्ती विश्व हिन्दु महासंघको अध्यक्ष घोषणा गरिएको भन्दै विरोध जनाएपछि सम्मेलनमा कुटाकुट र भाँडभैलो मच्चिएको हो । बिहीबार पशुपतिस्थित वनकालीमा उद्घाटनपछि प्रज्ञाभवन कमलादीमा धर्मसभा चलिरहँदा भाँडभैलो मच्चिएपछि ...
  • अब उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा, चैत २६देखि कार्यकाल स… Oct 21, 2016 ArthatantraBhawani Rana
    काठमाण्डौं ।  हिजो बिहिबार सम्पन्न विषेश साधारणसभाले महासंघको विधान २०४९ को संसोधन पारित गरेपछि निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा  भवानी राणा स्वतः पुग्ने बाटो खुलेको छ । विधानमा गरिएको संसोधन तत्काल कार्यान्वयनमा जाने भएको छ । संसोधित विधान प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यहाँबाट आएपछि लागु हुनेछ । संसोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष ...
  • अण्डामा आत्मनिर्भर बन्यो देश, १ अर्ब २० करोड अण्डा उत्पादन ! Oct 20, 2016 Arthatantraegg
    काठमाण्डौं । पछिल्लो समयमा देशका विभिन्न ६२ जिल्लामा एक अर्ब २० करोड अण्डा वार्षिक उत्पादनपछि पशुपन्छी विकास मन्त्रालयले मुलुक अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी गरेको छ । यो सङ्ख्या स्थानीय कुखुराबाट उत्पादन हुने अण्डा बाहेकको सङ्ख्या हो । राष्ट्रिय जनगणनाबाट प्राप्त भएको तथ्याङ्क तथा ती जिल्लामा गरिएको सर्भेक्षणको प्रतिवेदनको अध्ययन चाँडै गरिनेछ । त्यसको अध्ययनपछि घोषणा गरिने तयारी भएको मन्त्रालयका प्रवक्ता ...
  • ४० हजार अबैध बिदेशी कामदारले के गर्छन् नेपालमा ? Oct 20, 2016 Arthatantraforeign worker
    काठमाडौं । काम नपाएर नेपालीहरु बिदेशी भूमिमा भौतारिन बाध्य छन् । तर नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरे पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा उनीहरुलाई कारबाही हुन सकेको छैन। नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो । त्यसवेला सरकारले विदेशमा हुने अवैधानिक आप्रवासी कामदारलाई दिने ...
  • भूकम्प : १६ हजारभन्दा बढी घरले पाए १२ अर्ब ३ करोड २ लाख भुक्तानी ! Oct 19, 2016 ArthatantraEarthquake
    काठमाण्डौँ । गत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमा बापत अहिलेसम्म १२ अर्ब तीन करोड दुई लाख भुक्तानी गरिएको छ । बीमा समितिले अहिलेसम्म १६ हजार तीन सय ४३ घरको बिमा बापतको रकम कम्पनीहरुले उपलब्ध गराएको जनाएको छ । यो रकम गत भदौ मसान्तसम्म भुक्तानी भएको रकम हो । गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा ...
  • नेपाल–जापान ६०औं वषगाँठ : पर्यटनको क्षेत्रमा अनेकौं छुटको बहार ! Oct 18, 2016 Arthatantranepal-japan
    काठमाण्डौं । यसपटकको पर्यटकीय सिजनका लागि सरकारले जापानी पर्यटकलाई विषेश महत्व दिएको छ । नेपाल जापान सम्वन्धको ६० बर्ष पुगेको अवसरमा जापानी पर्यटकले बिभिन्न पर्यटकीय गन्तव्यमा एवं ट्रेकिङ रुटमा छुट देखि होटल सम्ममा सहुलियत पाउने भएकाछन्। नेपाल पर्यटन बोर्डका अनुसार निजी क्षेत्रसँगको समन्वयमा यो अफर ल्याइएको हो। जापानीले पर्यटकले सन् २०१७ को फेव्रुअरीसम्मका लागि यो अफर पाउने छन् । सेप्टेम्बरमा सुरु ...
  • संस्कृत पढ्नुृभा’छ या कम्प्यूटर आउँछ ? नेपाली सेनामा खुल्यो करिब २१ सय… Oct 17, 2016 ArthatantraNepal Army
    काठमाण्डौँ । नेपाली सेनाले बिभिन्न पदमा दुई हजार ५४ जनालाई जागिर खुला गरेको छ। सेनाले लेखाको जमदार देखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डित सम्मको लागि दरबन्दी आह्वान गरेको हो। जंगी अड्डा एवं राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ। जंगी अड्डामा सबैभन्दा धेरै चार सय जना जवान मागिएको छ। तालिम पश्चात उनीहरुले नेपाली सेनाको जवानको रुपमा काम ...
  • तयार रहनुहोस्, जारी हुँदैछ करिब १ करोड ४० लाख कित्ता सेयर ! Oct 16, 2016 Arthatantrashare broker
    काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि तीन बैंकले करिब १ करोड ४० लाख कित्ता सेयर जारी गर्ने भएका छन् । नेपाल एसबिआई बैैंक, एभरेष्ट बैंक र एनमएमबी बैंकले पुँजी बढाउनका लागि एफपिओ सेयर जारी गर्ने भएका हुन् । नेपाल एसबीआई बैंकले कुल ६७ हजार ७ सय ६८ कित्ता एफपिओ सेयर निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको ...
  • मनी ट्रान्सफरबाट पैसा पठाउँदा काठमाण्डौंमा घरेडी मिल्ने, एकजनाले जिते … Oct 7, 2016 Arthatantracity express money transfer
    काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वका लागि ल्याएको योजनाको पहिलो साप्ताहिक विजेता घोषणा गरेको छ। कम्पनीले दसैँ–तिहार–छठको अवसरमा ल्याएको“सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार योजना अन्तर्गत साप्ताहिक विजेता घोषणा गरेको हो। कम्पनीका अनुसार झपेन्द्र छन्त्यालले ३२ इन्च एलइडी टेलिभिजन पाएका छन्। छन्त्यालले जापानबाट बाग्लुङमा पैसा पठाएका थिए। यो योजनाबाट १ जना भाग्यशाली विजेताले काठमाडौँमा चार आना घडेरी जित्न सक्ने कम्पनीले जनाएको ...
  • ग्यास सिलिन्डरको मूल्य १ सय देखी ३ सयसम्मले घट्यो Oct 6, 2016 ArthatantraGas
    काठमाडौं । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् । ग्यास बिक्रेता संघ काठमाडौंका तथ्यांक अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् । बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, ...