Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • अब नेप्सेमा अक्सन मार्केट Sep 26, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्रको दोस्रो बजारको कारोबार समयपछि एक घण्टा अक्सन मार्केट सञ्चालन गर्ने भएको छ । दोस्रो बजारमा शेयरको माग बढेको अवस्थामा आपूर्ति गर्ने उदेश्यले अक्सन मार्केट सञ्चालनको तयारी गरेको हो । धितोपत्र बजारको आवश्यक पूर्वाधारको रुपमा रहेको अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले अक्सन कारोबार कार्यबिधि २०७३ को मस्यौदा स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको छ । बोर्डले ...
  • नगद डलर लिँदा ३ प्रतिशत महँगो Sep 25, 2016 Arthatantradollar
    नगद डलर लिँदा अबदेखि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ । नगद डलरको माग थेग्नै नसक्ने गरी बढेपछि राष्ट्र बैंकले अतिरिक्त शुल्क थपेर नगद डलर लिने प्रवृत्ति निरुत्साहित गर्न लागेको हो । नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न ‘क्यास ह्यान्डलिङ चार्ज’ लिन लागिएको छ । यस्तो चार्ज बढीमा ३ प्रतिशतसम्मको हुने नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी ...
  • कसले खाइदिन्छ बूढाबूढीको भत्ता ! Sep 24, 2016 Arthatantranepali-note
    काठमाण्डौं । हुम्ला सदरमुकाम सिमकोटनजिकैको डाँडाफया-२ की ६२ वर्षीया नानीकला शाहीले कपडा नकिनेको असारमा दुई वर्ष भयो। घरमा आफन्त नभएकी शाहीले विगतमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताले वर्षको एकसरो कपडा गाउँमै किन्थिन्। तर दुई वर्षयता भत्ता नपाएपछि च्यातिएको पुरानै कपडा गाँठो पारेर जसोतसो आङ ढाकेकी छन् उनले। भावुक मुद्रामा भेटिएकी शाहीलाई फाटेको कपडाले यो हिउँदको जाडो कसरी काट्ने भन्ने चिन्ताले निकै ...
  • ६१ लाख गरिबका लागि ५१ अर्ब खर्च गरिँदै, हेर्नुहोस् कुन जिल्लामा कति छन… Sep 23, 2016 ArthatantraPlease Banerghatta National Park
    काठमाण्डौं । गरिबी निवारण गर्न सरकारी तथा गैरसरकारी तहबाट वर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ । तर, कति गरिबको अवस्था सुधारियो भन्ने प्रगतिको तथ्यांक कतै छैन। चालू आर्थिक वर्षमा गरिबी निवारणका लागि करिब ५१ अर्ब रुपैयाँ खर्च हुँदै छ। प्रत्यक्ष ३६ अर्ब र अप्रत्यक्ष १५ अर्ब रुपैयाँ खर्च हुँदै छ । अघिल्ला वर्षमा पनि सरकारी तथा दाता एवं अन्तर्राष्ट्रिय गैरसरकारी ...
  • ‘लडाकु भ्रष्टाचार’मा माओवादीसंगै कांग्रेस-एमालेका नेता तानिंदै ! हेर्न… Sep 21, 2016 ArthatantraAkhtiyar building 111
    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकतालाई बयानमा डाक्न पत्राचार तयारी गरेसंगै कांग्रेस – एमालेका जिम्मेवार नेता पनि तानिने भएका छन् । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासि २०७४ भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो ...
  • २० हजार धरौटी नतिर्दा ६ वर्षीय बालक जेलमा Sep 19, 2016 Arthatantra
    काठमाण्डौं । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन्। नवलपरासी कावासोती घर र लमजुङको बिचौर माइती बताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेका हुन् लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानव बेचविखन तथा ओसारपसार ...
  • प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र नीतिविपरीत सहमति Sep 18, 2016 Arthatantraprachanda-modi
    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत देखिएको छ । परराष्ट्र मामिलाका जानकारहरुले नेपालले लिँदै आएको तटस्थता र असंलग्न नीतिविपरीत प्रधानमन्त्री दाहालले सो सहमति गरेको जनाएका छन्। यो समाचार आजको कारोबारमा जगन्नाथ दुलालले लेखेका छन्। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलपछि शुक्रबार २५ ...
  • दैनिक उपभोग्य वस्तुमा आजदेखि छुट, खुद्रा पसलदेखि डिमार्टमेन्ट स्टोरसम्… Sep 17, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । ‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा उपभोक्ताले सहुलित पाउने छन्,’ प्रवक्ता रेग्मीले भने, ‘ ७८ प्रकारका खाद्यान्नमा छुट दिने व्यवस्था ...
  • अब ग्यास सिलिन्डर विस्फोट भएमा पीडितलाई एक करोड क्षतिपूर्ति Sep 16, 2016 ArthatantraGas
    काठमाडौं ।  खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको छ । ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका ...
  • जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने Sep 15, 2016 Arthatantrakarmachari sanchaya kos
    काठमाण्डौं । नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ। कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको छ । सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ। दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ। ‘नेपाल वायुसेवा निगमलाई दुईवटा ...