Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • अब नेपालमा पनि बेरोजगारले भत्ता पाउने ! Sep 14, 2016 Arthatantranepali-note
    काठमाण्डौं । सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ। सरकारले तोकेको तलबमानको २५ प्रतिशतसम्म भत्ता दिने व्यवस्था विधेयकमा प्रस्तावित छ। लामो समयदेखि सामाजिक सुरक्षा कोष स्थापनाका लागि रोजगारदाता र मजदुरको समेत तलबमानको एक प्रतिशतका दरले रकम कट्टा हुँदै आएको ...
  • खाना पकाउने ग्यास सिलिन्डरको वीमा १ करोड ! Sep 13, 2016 Arthatantragas
    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने सिलिन्डरको न्यूनतम बीमा १ करोड गर्ने व्यवस्था लागु गरेको छ । संघले आफ्ना सदस्यहरुलाई १ करोड रुपैयाँको वीमा गर्न सर्कुलर जारी गरिसकेको छ । ग्यास सिलिन्डर पड्किएर उपभोक्ताको मृत्यु तथा घाइते र भौतिक क्षति हुँदा क्षतिपूर्वका बारेमा ग्यास कम्पनी र पीडित पक्षबिच लामो समयसम्म विवाद भइरहने भएको कारणले बीमा रकम बढाइएको हो ...
  • हेर्नुहोस्, दलहरू को कति धनी ? Sep 12, 2016 ArthatantraCongress_UML_Maoist_Leaders_
    काठमाडौं । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ ।  दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन् । घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ । यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खोलेर सार्वजनिक गर्न हिचकिचाउँछन् । संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड ...
  • उद्यमी बन्न चाहनेका लागि सरकारद्धारा ७५ वटै जिल्लाबाट निवेदन माग…… Sep 10, 2016 ArthatantraHand pointing at a Entrepreneur word illustration on blue background.
    तपाई बेरोजगार हुनुहुन्छ । तपाईलाई उद्यमी बन्न मन लागेको छ । अथवा अरुलाई पनि रोजगारी दिने हिसाबले सोचिरहनुभएको छ । यदि त्यसो हो भने तपाईको इच्छामा सरकारले पनि सहयोग गर्ने हो कि भन्ने दिन आए । किनकि उद्यमी बन्न चाहने को–को रहेछन् भनेर सरकारले ७५ जिल्लाबाट निवेदन माग गर्ने भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले यसै भने ...
  • ट्याक्सी अब मिटरमा मात्र Sep 9, 2016 Arthatantra-taxi
    काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था लागू लगाएको छ। अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको भाडा मात्र यात्रुसँग लिन पाउने छन् । प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले मिटरमा उठेको भाडामात्र ट्याक्सीले लिन पाउने बताए। उनले ...
  • तीन दाना रुद्राक्षको ४३ लाख ! Sep 8, 2016 Arthatantrarudraksha-
    काठमाडौं । संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए । धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष व्यापारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा ...
  • उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या Sep 7, 2016 ArthatantraT.U
    काठमाडौं । नेता तथा पहुँचवाला व्यक्तिको उपचारमा हरेक वर्ष सरकारले करोडौँ रकम बाँडिरहँदा एक युवकले भने उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या गरेका छन् । दोलखा मालुका १९ वर्षीय विजय खड्काले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् । दुवै मिर्गौला फेल भएका खड्काले त्रिवि शिक्षण अस्पतालमा डायलोसिस गराउँदै आएका थिए । डेढ वर्षयता उनले सातामा तीन दिन गराउनुपर्नेमा ...
  • अब सेयर धितो राख्न ‘नो अब्जेक्सन लेटर’ चाहिने ! Sep 6, 2016 Arthatantrastock loan share loan
    काठमाण्डौं । अबदेखि संस्थापक सेयर धितोमा राख्दा लगानीकर्ताले सम्बन्धित सेयर रहेको कम्पनीबाट पाउने ‘नो अब्जेक्सन लेटर’ निक्षेप संग्रहकर्ता(डीपी) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)  पनि पेश गर्नु पर्ने भएकोछ । नियामक निकाय नभएका संस्थाका संस्थापकले ‘नो अब्जेक्सन लेटर’ पेश नगरेको भन्दै सीडीएससीले यस्तो निर्देशन जारी गरेको हो । डिम्याटमा रहेको सेयर धितोमा राख्दा खातामा नै ‘प्लेज्ड’ (कर्जा भुक्तानी नहुँदासम्म किनबेच गर्न नसकिने ...
  • अब भूकम्पपीडितले ३ लाख अनुदान र २ लाख ऋण पाउने ! Sep 5, 2016 ArthatantraEarthquake
    काठमाण्डौं । सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र सामूहिक जमानीमा निब्र्याजी ऋण २ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट सर्वाधिक प्रभावित सिन्धुपाल्चोकका सांसदहरूको ज्ञापनपत्र आइतबार बुझ्दै सरकारले अनुदान २ लाखबाट बढाएर ३ लाख पुर्‍याउने प्रक्रिया अघि बढाएको जनाए । घर पुनर्निर्माण गर्न यसअघि सामूहिक जमानीमा दिने भनिएको ३ लाख रुपैयाँको निर्ब्याजी ऋणलाई भने ...
  • केटीको फेसबुक बनाउँदै ठग्दै … Sep 3, 2016 Arthatantrafacebook-reactions-main
    काठमाडौं। युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए । तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन ...