Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • किन भयो बजारमा अकस्मात तेलको हाहाकार ? Aug 20, 2016 Arthatantraaayal nigam
    काठमाडौं । नेपाल आयल निगमले इन्ध वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ । सार्वजनिक विदा भन्दै निमगले बिहीबार इन्धन बितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ताको लाइन लागेको थियो । निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक विदा भएकाले इन्धान वितरण नगर्दा शुक्रबार बजारमा समस्या देखिएको हो । इन्धन ...
  • अब २१ बर्ष पछि मात्र पाईने भयो सवारी लाइसेन्स ! Aug 19, 2016 Arthatantra
    काठमाण्डौं । यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ।  सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य  गरी चाँडै सो प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ। विभागले पेश गरेको प्रस्तावमा मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरि मन्त्रिपरिषद् बैठकमा ऐन परिमार्जनका लागि लैजाने छ। १६ वर्ष उमेरमै लाइसेन्स लिएकाहरुले सवारी ...
  • बढी आयकर बुझाउने २५ कम्पनीमध्ये १७ बैंक, एनसेल अग्रस्थानमा Aug 18, 2016 Arthatantranepali rupees
    काठमाडौं । गत आर्थिक वर्षमा सरकारलाई बढी आयकर बुझाउने कम्पनीमा वाणिज्य बैंकहरूको बर्चस्व देखिएको छ । बढी आयकर तिर्ने २५ ठूला कम्पनीमा १७ वटा वाणिज्य बैंक छन् । अघिल्लो वर्षजस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर एनसेलले बुझाएको छ भने दोस्रोमा सरकारी स्वामित्वको नेपाल टेलिकम छ । बैंकिङ क्षेत्रबाहेक क्षेत्रगत आधारमा बढी आयकर बुझाउनेमा एनसेल र नेपाल टेलिकम तथा व्यापारिक फर्ममध्ये ...
  • १९ लाख नेपालीसँग सवारी लाइसेन्स Aug 15, 2016 Arthatantra
    काठमाण्डौं । सवारीसाधनको संख्या तीव्र रुपमा वृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्यासमेत बढ्दै गएको छ। हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन्। यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो। विगतमा लाइसेन्सको लगत प्रहरी कार्यालयले राख्ने हुँदा त्यो छुटेको हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ। कार्यालयहरुले पुराना लाइसेन्सको लगत व्यवस्थित गर्न नसक्दा तथ्यांक पूर्ण भने ...
  • ६५ हजार सिलिन्डर गुणस्तरहीन Aug 14, 2016 ArthatantraGas
    काठमाण्डौं । खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छा। यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो। ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने,‘मूख्य समस्या पुराना ग्यास उद्योगमा छ।’ २०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको ...
  • एमालेमा उपाध्यक्षसहित एक दर्जन नेता ‘बेरोजगार’ Aug 13, 2016 Arthatantracommunist-party
    काठमाडौं ।  एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर ‘बेरोजगार’ बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरूलाई एमालेले अझै काम नदिादा उनीहरू ‘बेरोजगार’ बनेका हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन । उपाध्यक्षहरू भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज ...
  • स्थानीय तह पुनर्संरचनापछि ४१ हजारलाई रोजगारी Aug 12, 2016 Arthatantravacancy
    काठमाडौं । स्थानीय तह पुनर्संरचनापछि करिब ४१ हजारले रोजगारीको अवसर पाउने भएका छन् । स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तावित गरेको पाँच सय ६५ स्थानीय तहको संख्या बढेमा रोजगारी पाउनेको संख्या थपिनेछ । प्रस्तावित स्थानीय तहमा ३९ हजार पाँच सय ५० जना कर्मचारीले अवसर पाउनेछन् । प्रस्तावित एक स्थानीय तहमा ७० कर्मचारी आवश्यक हुने आयोगले जनाएको छ । सोहीअनुसार कर्मचारी पदपूर्ति गरेमा ...
  • निर्देशक खड्काले दिए ३ सय ट्यांकर किन्ने अनुमति, नियम मिचेको आरोप ! Aug 11, 2016 Arthatantraoil coorporation
    काठमाण्डौं । कानुनी प्रक्रिया मिच्दै मोटो रकम चलखेलमा नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्। यसअघि पनि पटक पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई चोरबाटोबाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन्। इन्डियन आयल कर्पोरसन (आईओसी)बाट डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकर ...
  • २० हजारको उपचारका लागि डेढ लाख भाडा तिर्नुपर्ने ! Aug 10, 2016 Arthatantramoney
    गोरखा । बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास २ का पाँचसहित सातजनाको मृत्यु भयो। बिरामीले उपचार पाउन त पर, सातजनाले व्यर्थै जीवन गुमाउनु पर्यो। तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको ...
  • सेयरबजार किन लाग्यो अचानक ओरालो ? Aug 9, 2016 Arthatantrashare
    काठमाण्डौं । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ। सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन। सोमबार सर्किट बे्रकर लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ ...