Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने, भारतबाट थप बिजुली असम्भव Aug 8, 2016 ArthatantraElectricity
    काठमाडौं । निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ । नेपाल र भारतबीच थप विद्युत् आयात गर्ने सहमति भए पनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा तत्काल ८० मेगावाट र डिसेम्बरदेखि थप १२० मेगावाट ...
  • माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट बिजुली खेर जाने ! Aug 7, 2016 ArthatantraElectricity
    काठमाडौं । समयमै प्रसारणलाइन नबनाउँदा आगामी भदौदेखि व्यावसायिक उत्पादन गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको बिजुली खेर जाने भएको छ । सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको निर्माण सम्पन्न हुनै लागे पनि प्रसारणलाइनको अन्योलले विद्युत् खेर जाने भएको हो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने ...
  • ग्यास सिलिन्डरको एक करोडसम्मको बिमा Aug 6, 2016 ArthatantraGas
    काठमाडौं ।  ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला ...
  • भारतीयलाई नेपालको एमआरपी ! Aug 5, 2016 Arthatantranagarikata
    काठमाण्डौं । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन्। नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो। नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो। उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन्। दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी उनलाई कतारी अध्यागमनले नेपाल फर्काइदिएको हो। उनको भिसा शंकास्पद ...
  • अब एनएनसीले दुबई उडान भर्ने, एकतर्फी भाडा रु १६ हजार ! Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । दुबर्इ उडानको एकतर्फी भाडा १६ हजार तोकिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने ...
  • बस भाडा घटाएको बिरोधमा बजार बन्द ! Aug 3, 2016 Arthatantrabiddhutiye bus1
    जाजरकोट । नयाँ भाडादरको विपक्षमा रहेका यातायात व्यबसायीको यहाँ आज यातायात बन्द गरेका छन् । उक्त क्षेत्रमा भेरीगंगा यातायात, भेरीराप्ती यातायात , मध्यपश्चिम यातायात लगाएत नौ वटा व्यबसायी समितिका बसहरु सञ्चालनमा आइरहेका छन् । गत साउन ४ गते यातायात व्यवस्था बिभागले गरेको नयाँ भाडादरको बिषयलाई लिएर यातायात व्यबासायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले नयाँ भाडदरले व्यवसायी मर्कामा परेको बताएका छन् । नयाँ ...
  • सार्वजनिक जग्गा बाँड्दै माओवादी Aug 2, 2016 Arthatantra(Maoist) (UCPN-M
    काठमाण्डौं । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले गोरखामा कानुनविपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ। हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका-९ को दरौंदी बगरको करिब पाँच सय रोपनी जग्गा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो। माओवादी केन्द्रले संघर्ष समिति गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको हो। केन्द्रनिकट किसान ...
  • मापसे रोक्ने ट्राफिकलाई १५ प्रतिशत प्रोत्साहन भत्ता Aug 1, 2016 ArthatantraTraffic-Police
    काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघनकर्ता उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन् । असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक प्रहरीलाई दिन स्वीकृति जनाएको हो । आर्थिक वर्ष २०७१र७२ मा जरिवानावापत उठेको करिब ६० करोड रुपैयाँबाट ट्राफिक प्रहरीले उक्त रकम पाउने भएका हुन् । ...
  • मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा Jul 30, 2016 ArthatantraMeat
    काठमाडौं । उपत्यकाबासीले बढी रकम अखर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ । त्यसैले उपभोक्तले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको आजको अन्नपूर्णले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेट्रिक टन मरेको कुखुरा नियन्त्रणमा ...
  • अब विद्युतीय भुक्तानी कारोबार गर्नेले केन्द्रिय बैंकसँग अनुमति लिनुपर्… Jul 29, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी सेवा सञ्चालनको लागि अनुमति लिन निर्देशन दिएको छ । बिहिबार परिपत्र जारी गर्दै भुक्तानी सेवा सञ्चालन गर्नको लागि राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागबाट अनुमति लिन निर्देशन दिइएको हो । अहिले विभिन्न कम्पनीहरुले बैंक तथा वित्तीय संस्था र मोबाइल कम्पनीसँग मिलेर विभिन्न भुक्तानी सेवा प्रदान गर्दै आएका छन् । यसबाट विभिन्न वस्तु तथा सेवाको किनमेलका ...