Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • एकै दिन राज्यकोषको १ करोड ३१ लाख स्वाहा Jul 18, 2016 Arthatantranepali-note
    काठमाण्डौं ।  सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो। सरकार आफैले बनाइ कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनः ...
  • प्रिमियर फाइनान्सलाई आफूमा गाभेको सिटिजन्सको आजबाट एकिकृत कारोबार ! Jul 17, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । प्रिमियर फाइनान्सलाई एक्विजिशन गरेको सिटिजन्स बैंकले आजदेखि एककिृत कारोबार सुरु गरेको छ । एक्विजिशन पश्चात बैंकको चुक्ता पूंजी ३ अर्ब १० करोड पुगेको छ भने कूल निक्षेप ४८ अर्ब ८ करोड र कर्जा ४१ अर्ब ८ करोड रुपैयँँ पुगेकोे बैंकले जनाएको छ । बैंकको २ शाखाहरु थप भई उपत्यका भित्र २४ शाखा र उपत्यका वाहिर ३४ शाखा गरी मुलुक भर ...
  • हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी Jul 16, 2016 Arthatantra
    काठमाण्डौं । वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए। तर उनलाई अहिले त्यही हेलिकप्टरको बिल टाउको ...
  • एक लाख चोर्ने, २० हजारमा छुट्ने ! Jul 15, 2016 Arthatantranepali rupees
    काठमाडौं । गत ३ जेठमा कमलादेवी केसीलगात दुई मलिलाको सुन सिक्री लुटेको आरोपमा सिन्धुपाल्चोकका बोझबहादुर भुजेल पक्राउ परे । त्जष्भाअनुसन्धानका क्रममा उनले दुईजनाको गरी एक लाख रुपैयाँभन्दा धेरैको गहना लुटेको खुल्यो । प्रहरीले चोरी मुद्दा चलायो अदालतले उनलाई ० हजार धरौटीमै छाड्ने आदेश दियो । उनी तत्काल धरोटी राखेर  छुटे । अदालतबाट छुटेपछि उनी फेरी सोही धन्दामा लागे, उनको समूहले काठमाडौंमा कम्तीमा १४ ...
  • बृद्धभत्ता १५ सय कि २ हजार ? अल्मलियो विभाग Jul 14, 2016 Arthatantranepali-note
    काठमाडौं । सरकारले आगमी वर्षदेखि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने घोषणा गरेपछि बृद्धभत्ता कति बितरण गर्ने भन्नेमा अन्नयोल देखिएको छ । केन्द्रीय पञ्जीकरण विभागका अनुसार अहिलेसम्म बृद्धभत्ता मासिक ५ सय रुपैयाँ पाएका छन् भने औषधि खर्चबापत ५ सय रुपैयाँ  । बजेटलेघोषणा गरेको दोब्बर भत्ताको ५ सय रुपैयाँ मौ हो कि औषधि उपचार खर्चको ५ सय रुपैयाँ पनि हो भन्नेमा अन्योल देखिएको ...
  • सामूहिक आवासमा बस्दैनन् पीडित Jul 13, 2016 Arthatantrasamuhik aawas
    काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नेपाली सेनाले निर्माण गरेको अधिकांश सामूहिक आवास प्रयोगमा आउन सकेका छैनन् । मध्यमाञ्चलका सात जिल्लामा निर्माण भएका सामूहिक आवसमध्ये धादिङ जिल्लामा मात्र प्रयोगमा आएको मध्यपृतना हेडक्वाटर हेटोंडाका पृतनापति उपरथी देवकुमार सुवेदीले बताए । जेठ १७ मा सरकारले सामूहिक आवास निर्माणको जिम्मा दिएपछि २५ दिभित्र निर्माण सम्पन्न गरी असार १० गते जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको उनले ...
  • निगमका कर्मचारीलाई मासिक १ लाख बोनस ! Jul 12, 2016 Arthatantraaayal nigam
    काठमाडौं । नेपाल आयल निगम (NOC) का कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्ध ...
  • भारतबाट आयातीत बिजुली महँगियो Jul 11, 2016 ArthatantraElectricity
    काठमाडौं । नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ । फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा९भारु०मा विद्युत खरिद गर्ने समझौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्याुत् प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ...
  • १३ वर्षपछि फर्किएको खोलो … … Jul 10, 2016 Arthatantraoil coorporation
    काठमाण्डौं । नेपाल आयल निगम १३ वर्षपछि आज आइतबार ऋणमुक्त हुँदैछ । आज निगमले सरकारको १ अर्ब ४१ करोड रुपैयाँ ऋण चुक्ता गर्दैछ । यो ऋणचुक्तापछि निगम ऋणमुक्त हुनेछ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार सरकारको ८० करोड ऋण र ब्याज वापतको ६१ करोड रुपैयाँ आइतबार नै तिरिनेछ । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि आर्थिक वर्ष २०५९/६०सालदेखि ऋण ...
  • एजेन्टको चलखेलले नोट छपाइमा दोहोरो नीति Jul 10, 2016 Arthatantranepali rupees
    काठमाडौं । एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाइ प्रकृया अघि बढाएको छ र तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिने भएको छ । हजार दरको नोट छपाइका लागि भर्खरै बोलकबोल आहृवान गरिएको छ भने ५ सय दरको नोटको ...