Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • ओली सरकारको नजिकबाट निगरानी गर्दै कांग्रेस Jul 5, 2016 Arthatantrakangres
    काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ । सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रै उठिरहेका बेला कांग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको हो । सरकारले लोकतान्त्रिक मूल्य मान्यताविपरित विधेयक निर्माण गर्नुका साथै भूकम्प प्रभावित जनतालाई राहत वितरणमा ढिलाइ र कालोबजारीलाई प्रोत्साहन गरेको कांग्रेसको आरोप छ । ‘सरकारले ...
  • पञ्चेश्वर टार्दै भारत Jul 4, 2016 Arthatantraनिर्माणाधिन पंचेश्वर आयोजना स्थल / तस्बिर : पंचेश्वर बहुद्देश्यीय परियोजना
    काठमाडौं । पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपाली पनि उही प्रवृत्ति दोहोर्‍याएको छ । भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ । नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ । भारतीय पक्षले सचिवको ...
  • चीन जान प्रहरीको अस्थायी पास Jul 3, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । छिमेकी देश चीन जानका लागि जिल्ला प्रहरी कार्यालयले अस्थायी पास उपलब्ध गराउन थालेको छ । चीनको रियु प्रशासनले एक वर्षअघि सीमा प्रहरी चौकी किमाथांकाका प्रमुखलाई देन्दाङमा बोलाएर प्रहरीको पासबिना प्रवेश नदिन अनुरोध गरेपछि प्रहरीले अस्थायी पास उपलब्ध गराउन थालेको छ । सामान्य कपीमा लेखेर अस्थायी पास उपलब्ध गराँदै आएकाले प्रहरीलाई समेत झन्झटिलो र आधिकारिकता नहुने भन्दै नयाँ व्यवस्था गरिएको ...
  • वर्षे विकासः सडक पिच र ढल मर्मतमा एक खर्ब सकाउँदै सरकार ! Jul 1, 2016 ArthatantraRemitance
    काठमाण्डौं । सरकारले यही असारभित्र अर्थात् अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकासमा खर्च गर्दैछ । झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन्। गुणस्तरको हिसाबले यसरी पिच गरिने सडकको आयु छोटो हुने र भत्कने क्रम नरोकिए भए पनि आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चको गति रोकिएको छैन। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको अन्तिम १६ ...
  • विश्व बैंकको प्रतिवेदनः गरिबी अझ बढ्ने चेतावनी Jun 30, 2016 Arthatantraworld bank
    काठमाण्डौं ।  विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ। विश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनले बार्षिक २।२ प्रतिशतका दरले गरिबी घटेपनि गरिबीको रेखाबाट माथि उठेका ४५ प्रतिशत जनसंख्या जुनसुकै बेला पनि गरिबीमा फर्कन सक्ने चेतावनी दिएको छ। नेपालमा अझै पनि कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ। प्रतिवेदन सार्वजनिक गर्दै ...
  • कालोधनलार्इ सेतो बनाउन सेयर बजारको प्रयोग Jun 29, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने,‘पछि केही असजिलो पर्ने पो हो किरु त्यसकै तनावमा छु।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले बताए। नयाँ पत्रिका दैनिकमा समाचार छ। लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको ...
  • भारतले नेपाललाई थप बिजुली दिने Jun 28, 2016 ArthatantraTransmission Tower
    काठमाण्डौं ।  भारतले नेपाललाई हिउँदयाममा लोडसेडिङ कम गर्न ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप १ सय २० मेगावाट बिजुली दिने भएको छ। हाल नेपालले उक्त अन्तरदेशीय लाइनबाट ८० मेगावाट आयात गरिरहेको छ। बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्र बनाउने तथा अन्तरदेशीय प्रशारण लाइन निर्माणलाई  तीब्रता दिनेलगायत विषयमा छलफल गर्न दिल्लीमा आइतबार सुरु नेपाल भारत ऊर्जासहितस्तरीय बैठकमा भारतीय पक्षले ...
  • ओलीको नयाँ फर्मुलाः प्रचण्ड र देउवालाई पनि प्रधानमन्त्री बनाउने Jun 27, 2016 Arthatantra-kp-sharma-oli
    काठमाडौं । केपी ओली नेतृत्वमा आउँदो २०७३ मंसिरमा स्थानीय चुनाव, त्यसपछि प्रचण्डको नेतृत्वमा प्रादेशिक चुनाव, अनि त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा केन्द्रीय संसदको चुनाव । प्रधानमन्त्री केपी ओलीले तयार पारेको फर्मुला हो यो । यो फर्मुला अनुसार हरेक सरकारमा मधेसवादी दलहरु स्वत सहभागी हुनेछन्, उनीहरुले खाइलाग्दो मन्त्रालय पनि पाउनेछन् । यस्तो फर्मुला ओलीले कांग्रेसका शेरवहादुर देउवादेखि प्रचण्डसम्मलाई प्रस्ताव गरेको उच्च स्रोतहरुको दावी ...
  • दशैं अगाडि नै सुविधासम्पन्न ३० बस, माइक्रो र टेम्पो हट्दै ! Jun 26, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । साझा यातायातले दशैं अगाडि काठमाण्डौं उपत्यकामा ३० वटा सुविधासम्पन्न अपाङ्गमैत्री बस सञ्चालनमा ल्याउने भएको छ। एउटा बसमा करिब सय जनाले आरामदायी यात्रा गर्न पाउने छन् । रुट परमिट लगायतका सरकारी प्रक्रिया पूरा गरेर असोजको पहिलो सातादेखि बस सञ्चालनमा आउने पनि सझालो जानकारी दिएको छ । विदेशमा चल्नेजस्तै उभिनेलार्इ समात्न मिल्ने २५ वटा ‘ह्याण्ड स्ट्रिप’ रहने र बस अपांगमैत्री हुने ...
  • एमाले प्रदेश कमिटीमा ‘एक व्यक्ति एक पद’ Jun 25, 2016 Arthatantracpn uml
    काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले प्रादेशि संरचनामा एक व्यक्ति एक पदको अवधारण अघि सारेको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा एक व्यक्ति एक पदको अवधारणा अघि सारेको हो । एकै व्यक्ति दोहोरो जिम्मेवारीमा रहने तर काम भने नगर्ने प्रवृत्ति मौलाउन थालेको निष्कर्षसहित एमालेले प्रदेश कमिटीमा कडाइका साथ यो व्यवस्था गर्न लागेको हो । विगतको अनुभवको आधारमा दोहोरो ...