Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • अब सेयर ब्रोकरहरुले पनि कर तिर्नुपर्ने ! Jun 24, 2016 ArthatantraVAT
    काठमाण्डौं । हालै आन्तरिक राजस्व विभाग अन्तर्गत कर कार्यालयले ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुन आग्रहसहितको पत्र पठाएको छ। केही समयअघि चर्चामा आएर सेलाएको सेयर ब्रोकरलाई भ्याटको दायरामा ल्याउने कुरा फेरि उठेको छ । ब्रोकर कम्पनीलाई भ्याटमा जान भनिए पनि यसको प्रक्रिया र कर लाग्ने सम्बन्धमा भने अहिलेसम्म केही टुंगो लागेको छैन । यता विभागले भने ब्रोकर कम्पनीका संचालकहरुसँग बसेर सहमतिमै कर ...
  • एयरलाइन्सको टिकेटिङमा सिन्डिकेट नरोके आन्दोलन गर्ने सोट्टोको चेतावनी Jun 23, 2016 ArthatantraSotto Nepal
    काठमाडौं । नेपालमा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवाले टिकेटिङमा सिन्डिकेट थालेको बताउँदै सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले यस्तो तत्काल नरोके आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विमानको सिट हेर्ने यो सिस्टम आयटाका सदस्य भएकालाई पनि नदिएको भन्दै सोट्टोले विरोध गरेको हो । एयरलाइन्ससँगको मिलेमतोमा ठूलो मात्रामा टिकेटिङको कारोबार गर्ने तथा बजार होल्ड ...
  • ६० लाख अग्रिम दाइजो लिएर डाक्टर फरार ! Jun 23, 2016 Arthatantradoctor
    काठमाडौं । जनकपुरमा एक डाक्टर विवाहअघि नै कटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर फरार भएका छन् । जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा प्रसान्त शर्माले बिहे गर्ने निधो गरी कटी पक्षबाट दोइजोका रूपमा ६० लाख रूपैयाँ अग्रिम लिएका थिए । महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय ...
  • प्रधानमन्त्रीको दाँत जाँच्ने डाक्टर समेत नक्कली Jun 22, 2016 Arthatantrabuddhiman
    काठमाण्डौं । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन। आजको कान्तिपुरमा केपी ढुंगाना लेख्छन्– उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन्। उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन्। चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग ...
  • राष्ट्र बैंकले ९ वर्षपछि मुद्दासँगै जित्यो १० लाख अमेरिकी डलर ! Jun 21, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्। सुडान घोटालासँग जोडिएको भनिएको तरला इन्टरनेसनलका सञ्चालक असिम क्षत्री खत्रीले हालेको मुद्दामा अमेरिकी माथिल्लो अदालतले राष्ट्र बैंकका पक्षमा फैसला सुनाएको हो। घटनाअनुसार २०६६ सालमा तरला इन्टरनेसनल नामक अमेरिकी कम्पनीले ...
  • पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे Jun 21, 2016 ArthatantraPilot
    काठमाण्डौं ।  एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोमा एयरका को–पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो। आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए। अदालतले उनलाई ...
  • कर्मचारीलाई एक अर्ब प्रोत्साहन भत्ता Jun 20, 2016 Arthatantranepali-note
    काठमाडौं । सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्मचारीले ५० प्रतिशतसम्म भत्ता पाउनेछन् । कार्यालय समयभित्रको कार्यबोझ ...
  • आवाजबाटै अपराधी पहिचान Jun 19, 2016 Arthatantravoice-spectral-analyser
    काठमाडौं । विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्‍यो । त्यसपछि साहको आवाजको नमूना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’ मार्फत परीक्षण गर्दा ...
  • सस्तोमा सुन किन्न खोज्दा गुम्यो ४० लाख Jun 18, 2016 ArthatantraGold
    काठमाडौं । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो। यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन्। गौशालाको एक होटेलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार ...
  • आज अत्यधिक मात्रामा घट्यो सुनको भाउ ! Jun 17, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ घटेको छ। साताको पहिलो दिन आइतबारदेखि लगातार उकालो लागेको सुनको भाउ अन्तिम दिन भने तोलामा चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५६ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५७ हजार रुपैयाँ पुगेको थियो। सुनको भाउ सँगै चाँदीको दस रुपैयाँले सस्तिएको छ। ...