Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • डिजेल पेट्रोलमा बढाइएको मूल्य रु ५ तत्काल लागु नहुने ! May 29, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाएपनि तत्काल मूल्य नबढ्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमा पेट्रोल, डिजेल र हवाइ इन्धनमा ५ रुपैयाँ पूर्वाधार कर लगाउने उल्लेख छ । यो रकम बुढिगण्डकी जलविद्युत आयोजना निर्माणमा खर्च गरिने भनिएको छ । तर, आयल निगमले पूर्वाधार कर लाग्दैमा तत्काल मूल्य नबढ्ने बताएको छ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयले ...
  • बजेटमा वृद्ध भत्तादेखि पानी जहाजसम्म May 29, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    १. वृद्ध भत्ता वृद्धिः  ७० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुले अब २ हजारका दरले प्राप्त गर्ने छन्। योसँगै एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातिलगायतलाई दिइंदै आएको भत्ता रकम पनि दोब्बर पाउनेछन्। २. कर्मचारीको तलब २५ प्रतिशतले वृद्धिः आर्थिक वर्ष २०७३/७४ को बजेटमा सरकारले सरकारी कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि गरेको छ। यस अनुसार २५ हजार ४ सय रुपैयाँ तलब बुझ्दै ...
  • जम्बो बजेट ल्याउँदै सरकार May 28, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    काठमाडौं । सरकारले योजना आयोग स्रोत समितिले दिएको सीमा नाघेर जम्वो बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेका बेला सबैतिर रकम छर्ने गरी सीमाभन्दा एक अर्ब बढीको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्दैछन् । यो रकम चालू आर्थिक वर्षको बजेटभन्दा २ खर्ब रुपैयाँ बढी हो । चालू आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब बजेट ...
  • उद्योगी सुरेश केडिया अपहरित ! May 27, 2016 ArthatantraBirjung
    वीरगञ्ज । औद्योगिक नगरी वीरगञ्जका उद्योगी सुरेश केडिया हिजो साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुर बजारमा रहेको राइस मिलबाट वीरगञ्ज घर फर्किने क्रममा चालकलाई गोली हान्दै गाडीबाट निकाली अर्कै गाडीमा राखी अज्ञात व्यक्तिहरुले अपहरण गरी लगेका हुन्। महागढीमाइ नगरपालिकाको बगवन गाउँ नजिक रहेको पसाह पुलमा अपरिचित हतियारधारीले साँझ साढे ६ बजे गोली हान्दा बा १० च ७२४० बलेरो गाडीका चालक पर्सा ...
  • एक लाख ८० हजारमा पर्ने दूध दुहुने मेसिन पहिलोपटक इलाम भित्रियो May 26, 2016 Arthatantra
    काठमाण्डौं । इलामको सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ । पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्योदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आएका विष्णुकुमार रेग्मी, अरुण रेग्मी र याम रेग्मीले पोखराबाट मेसिन खरिद गरेका हुन् ...
  • २०२० सम्ममा नेपालमा चिनियाँ रेल May 25, 2016 Arthatantrarelmarga
    काठमाण्डौं ।  चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ। सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने उक्त पत्रिकालाई उद्धृत गर्दै आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने उक्त पत्रिकामा छापिएको छ। प्रकाशितः २०७३ ...
  • फास्ट ट्रयाकलाई ५ अर्बमात्र May 24, 2016 Arthatantrafast track
    काठमाडौं । सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं(तराई फास्टट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ । एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा फास्ट ट्रयाकलाई एक अर्ब रूपैयाँ विनियोजन गरिएको छ । सरकारले आफै बनाउने घोषणा गरेकाले निकै बढी ...
  • अब तीन वर्षमा १२ लाख रोजगारी May 23, 2016 Arthatantrarojgar]
    काठमाण्डौं ।  कामको खोजिमा दैनिक सरदर २ हजार युवा विदेशिने भइरहेको बेला सरकारले आगामी तीन वर्षभित्रमा १२ लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ। आउदो साउनदेखि कार्यान्वयनमा आउने त्रिवर्षीय योजना अवधि(आर्थिक वर्ष २०७३/७४–७५/७६) भित्र वार्षिक ४ लाखका दरले रोजगारी बढाउने सरकारले घोषणा गरेको खबर आजको कारोबारमा छापिएको छ। प्रकाशितः २०७३ जेठ १०
  • अब यात्रुबिमा ५ लाख May 22, 2016 Arthatantra
    काठमाण्डौं ।  सवारी साधन दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तले पाउने रकम अब ५ गुणा बढ्ने भएको छ । बिमा समितिले यात्रु बिमाको बिमांक रकम बढाएर ५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको  छ। सवारी साधनभित्रै रहेका यात्रुलाई पनि तेस्रो पक्ष बनाएर झुटो दावी आउने क्रम बढ्दै गएपछि यस्तो व्यवस्था गर्न लागिएको हो । हालको व्यवस्थाअनुसार यात्रु बिमाको बिमांक रकम १ लाख रुपैयाँ ...
  • फेसबुकबाट २० दिनमै १६ लाख सहयोग May 21, 2016 Arthatantrafacebook-reactions-main
    काठमाडौं। दिनअघि बौद्धस्थित रामेछाप शेर्पा किदुक (गुठी) को कार्यालमा एउटा निवेदन आयो । ‘मैलै अलिकति आर्थिक सहयोग पाए केही वर्ष बाच्ने थिएँ,’ निवेदनको व्यहोरा सुनाउँदै गुठीका अध्यक्ष पेम्वा शेर्पाले भने, ‘साँझतिर, निवेदन पढें, केही गर्न पायो हुन्थ्यो जस्तो लाग्यो । तर गुठी स्थापना भएको दुई वर्षमात्र भएको थियो, धेरै सहयोग गर्न सक्ने अवस्था थिएन, सामन्य रकमले उनलाई केही पनि नहुने ...