Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • के आज तिर्ला त एनसेलले सरकारलाई २२ अर्ब कर ? May 8, 2016 Arthatantra
    काठमाण्डौं । सेयर खरिद बिक्रीमा भएको लाभमा एनसेलले विवरण तथा कर दाखिलाको तयारी सुरु गरेको छ। विवरण र कर दाखिला गर्ने शनिबार अन्तिम दिन भए पनि विदा परेकाले एनसेलले आइतबारसम्मको म्याद पाएको छ। कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै शुक्रबार केही रकम राजस्व दाखिला गर्ने एभरेष्ट बैंकमा सारेको स्रोतले बतायो। ‘अहिलेसम्मको जानकारीमा एनसेलले १७ अर्ब रुपैयाँ रकम तथा ...
  • सरकारले पूर्वराष्ट्रपति यादवको घरभाडा तिरिदिने May 7, 2016 Arthatantra
    काठमाडौं । सरकारले पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको ललितपुरको बागडोलस्थित घरको भाडा, खानेपानी र विद्युतको महसुल तिरिदिने भएको छ । मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवलाई सरकार आफैंले खोजेर राखिदिएको घरको भाडा, खानेपानी तथा विद्युतको महसुल तिरिदिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिए । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकै दिन कात्तिक ११ मै राष्ट्रपति कार्यालयले निवर्तमान राष्ट्रपति यादवलाई मासिक १ लाख ३० हजार ...
  • क्याम्पस बनाउन ५० लाखको जग्गा दान May 5, 2016 ArthatantraHouse Map
    इलाम । जिल्लाको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन्। क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु ५० लाख मूल्य बराबरको जग्गादान गरेका हुन्। एकतप्पा–३ का भीमबहादुर श्रेष्ठ, वडा नं ४ का तीर्थराज मिश्र, देवीचरण पौडेल, पिताम्वर पौडेल, केदारनाथ खनाल, गणेशप्रसाद नेपाल, ऋतुकान्त खनाल, वडा नं ...
  • बन्यो अत्याधुनिक ‘वेदर स्टेसन’, विमान दुर्घटना कम हुने विश्वास May 4, 2016 ArthatantraWeather_station
    म्याग्दी । जिल्लाको घार गाविस–१ घोडेपानीमा मौसमी अवस्थाको जानकारी दिने अत्याधुनिक उपकरण जडित ‘वेदर स्टेसन’ स्थापना भएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानी डाँडाको एक घरमा जोमसोमतर्फ फर्काएर राखिएको स्वचालित क्यामेराले खिचेको दृष्य इन्टरनेटमार्फत अवलोकन गर्न सकिने भएको छ । तारा एयर प्रालिले पोखरा–जोमसोम हवाईमार्गमा पर्ने घोडेपानी क्षेत्रको मौसमी अवस्थाको बारेमा जानकारी प्राप्त गर्न दुई हप्ताअघि वेदर ...
  •  बसपार्कमा परिणत भयो खुलामञ्च, भोलिबाट पूर्ण रुपमा बस पार्किङ May 3, 2016 Arthatantra
    काठमाण्डौं । खुलामञ्चको लगभग आधा भागलाई जस्तापाताले बेरेर कालोपत्रे गरिएपछि भोलिबाट यहाँ अस्थायी पुरानो बसपार्क बनाइने भएकोछ । अहिले बसपार्क रहेको स्थानमा टावर निर्माणको काम थाल्न बसपार्क सारिएको हो। भोलि बुधबारदेखि पुरानो बसपार्क खाली गरिनेछ र काठमाडौँ उपत्यकाभित्र र अरनिको राजमार्गमा चल्ने रुटका बसहरु यहाँ रोकिने भएका छन् । वीर अस्पतालतिरबाट बस प्रवेश गर्नेछ भने विद्युत प्राधिकरणको कार्यालयतिरबाट बस बाहिर निस्कनेछ। काठमाडौं ...
  • ८६ प्रतिशत विद्युत लाइसेन्स भारतीयको हातमा May 2, 2016 ArthatantraElectricity
    काठमाण्डौं । नेपालमा जलविद्युत आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सबैभन्दा अगाडि भारतीय प्रवद्र्धक देखिएका छन्। ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि लाइसेन्स जारी गरेकोमा भारतीय प्रवद्र्धकका हातमा ५ हजार १ सय ५७ मेगावाटबराबरका आयोजना छन्। यो संख्या कुल जारी भएको लाइसेन्सको ८५.6 प्रतिशत हो। भारतका सार्वजनिक तथा निजी गरी १४ वटा कम्पनीले ५ हजार १५७  मेगावाट क्षमताका १५ ...
  • गाउँको अनुदानबाट सहरमा घर ! May 1, 2016 Arthatantragorakha laprak
    काठमाडौं। सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ । सरकारले दिइने अनुदानबाट सम्बन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै सो अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने छुट दिएको हो । ‘भूकम्पबाट घर क्षति पाउने अनुदानको सम्झौता गर्ने बखतमा सम्वन्धित पीडितले सोही गाँउको सट्टा छिकेकी गाविस वा ...
  • मतसंख्या हेरेर अब दललाई पैसा दिइने Apr 30, 2016 Arthatantranirbachan aayog
    काठमाडौं। जनताले दिएको मतका आधारमा राजनीतिक दलले सरकारी रकम पाउने भएका छन्। राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। निर्वाचन आयोगले तयार गरेको प्रस्तावित विधेयकमा प्रत्यक्षबाट आउने कुल सदर मतमध्ये १.५ प्रतिशतसम्म ल्याउने दलले अनुदान पाउनेछन्। संविधान कार्यान्वयनसँगै बन्दै गरेको राजनीतिक दलसम्बन्धी विधेयकमा आयोगले अनुदान व्यवस्था गरेको हो तर अनुदान कति पाउने भन्ने तोकिएको छैन। निर्वाचन आयोगले व्यवस्थापिका संसदको राज्यव्यवस्था ...
  • भूकम्पपीडितको ७९ लाख किलो चामल गोदाममा Apr 29, 2016 Arthatantrachamal
    काठमाण्डौं । भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो। तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बााड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ। त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो। त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ। भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय सहयोगको ...
  • कुकुरले चिन्यो हत्यारा, यौनसम्पर्क गर्न नमानेपछि भयो हत्या Apr 28, 2016 ArthatantraMurder weapon
    काठमाण्डौं । सल्यानको छायाँक्षेत्र गाविस राना गाउँकी सीता खाँड, उनकी दुई छोरी र बहिनीको मंगलबार राति भएको हत्याका अभियुक्तलाई प्रहरीले कुकुरको सहयोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले राना गाउँकै अन्दाजी २० वर्षीय युवक सन्जय भारतीलाई पक्राउ गरेको हो । भारतीले प्रहरीलाई दिएको बयानअनुसार उनले मंगलबार दिउँसो दाउरा चिर्ने काम सकाएपछि मादक पदार्थ सेवन गर्न गएका थिए । ...