Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • आन्तरिक पर्यटकको नयाँ गन्तव्य, मुस्ताङ : चैते दशैंमा मात्रै ११ हजार पु… Apr 18, 2016 ArthatantraMustang
    मुस्ताङ । पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।   यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसमका समय मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा जाने गरेका छन् । फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त सिजन ...
  • बालाजुमा ५ करोड खर्चेर स्विमिङ पुल बनाइँदै Apr 17, 2016 Arthatantraswimming pool
    काठमाण्डौं । महानगरपालिकाले बालाजु पार्कमा पाँच करोड रुपैयाँ लागतमा स्विमिङपुल निर्माण गर्ने भएको छ। भुकम्पले ध्वस्त पारेको संरचनालाई पुर्ननिर्माण गरी नयाँ प्रवेशद्धार खोलेर चेन्जिङ रुम सहितको स्विमिङ पुल निर्माण गर्न लागेको हो। त्यहाँ भएको सानो स्विमिङ पुललाई व्यवस्थित गर्न र ठूलो बनाउनका लागि महानगरपालिकाले बालाजु पार्कको एक सय ६२ रोपनी जग्गामा स्विमिङपुलको लागि छुट्टै स्थानको व्यवस्था गर्ने भएको हो । महानगरपालिकाले भुकम्पले ...
  • ज्वाई जेकेन्द्र र सहयोगी पाण्डेको झगडाले बाबुरामको परिवारमा तनाव Apr 15, 2016 Arthatantrababuram, bishwodip and hisila jekendra
    काठमाडौं  । युद्धकालदेखि नै बाबुरामका स्वीकय सचिव रहेका विश्वदिप पाण्डे र ज्वाइ जेकेन्द्र श्रेष्ठबीच तँ तँ र म म भएको छ । हिसिलाले ज्वाईलाई हरेक गतिविधिमा परिचालन गरेपछि असन्तुस्ट रहेका विश्वदिपले मर्यादा नाघेको भन्दै साइजमा बस्न निर्देशन दिएपछि मलाई निर्देशन दिने तिमी को हौ भन्दै पटक पटक तँ तँ र म म भएको बताइन्छ । बाबुरामले पुराना सहयोगी पाण्डेलाई साथ दिएका ...
  • हिमाल पारीको दुई जिल्ला सडकले जोड्ने तयारी Apr 14, 2016 Arthatantramustang
    मुस्ताङ । जिविस मुस्ताङले दुई पर्यटकीय जिल्ला मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने योजना अघि सारेको छ। राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतपर्ने यी दुई जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकले ५४ सय मिटरको उँचाइमा अवस्थित थोराङला पास हुँदै आवतजावत गरिरहेका छन्। हिउँदको याममा भारी वर्षा हुने भएकाले यो रुट पूर्णरुपमा बन्द हुन्छ। सडक सञ्जालमा जोड्न सकेमा यहाँ पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ ...
  • कहाँ हराए ४ हजार डाक्टर ? Apr 13, 2016 Arthatantradoctor
    काठमाण्डौं ।  नेपाल चिकित्सक संघले एक वर्ष एक महिना लगाएर तयार परोको चिकित्सकहरुको तथ्यांकमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका झन्डै ४ हजार चिकित्सक हराएको पाइएको छ। संघले गहिरो अध्ययन अनुसन्धान गरी तयार पारेको चिकित्सक खोज तथ्यांक नयाँ वर्षको उपलक्ष्यमा मोबाई एपका नामले सार्वजनिक गरिएको छ। नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा १७ हजार ३ सय २१ जना चिकित्सक दर्ता देखिएको छ भने नेपाल चिकित्सक ...
  • एनसेलको २० प्रतिशत कर नै २ सय ८३ करोड ! Apr 12, 2016 Arthatantra
    काठमाण्डौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर स्वामित्व परिवर्तनका लागि हिजो सोमबार २ सय ८३ करोड रुपैयाँ कर भुक्तान गरेको छ। नेपालको कानुन अनुसार २० प्रतिशत सेयर नेपाली नागरिककै नाममा रहनुपर्छ। यही प्रावधान अनुसार निरजगोविन्द श्रेष्ठका नाममा एनसेलको २० प्रतिशत सेयर रहेको थियो, जसमा टेलियासोनेराको ‘इकोनोमिक इन्ट्रेस्ट’ थियो। व्यवहारिक रुपमा यो टेलियासोनेराकै स्वामित्वको सेयर भए पनि ...
  • नेपाल र नामिबियाको खेलमा सीसीटिभी निगरानी, ६ सय सुरक्षाकर्मी खटिने Apr 12, 2016 Arthatantracricket
    काठमाडौं ।  आइसीसी विश्वकप क्रिकट लिग अन्तर्गत नेपाल र नामिबिया विरुद्ध ४ र ६ बैशाखमा हुने खेलका लागि ६ सय भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो त्यसैले सरकाले खेलका लागि बिशेष सुरक्षा टोली खटाउने भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । टियु मैदानमा खटिने सुरक्षाकमीलाई विशेष तालिमसमेत ...
  • अब पाठ्यपुस्तकमै पढ्न पाइन्छ संगीत Apr 11, 2016 Arthatantramusic-matters
    काठमाण्डौं । सरकारले संगीतलाई प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत स्कुल तहमा समेत अनुमति दिएको छ। पाइलट स्कुलको रूपमा पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयलाई छान्दै कक्षा ९ देखि संगीत कक्षा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको हो। नेपालको संगीत र शिक्षा क्षेत्रमा यो पहिलो कदम भएको संगीत विद्यालयका प्रधानाध्यापक इमानविक्रम शाहले जनाए। प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ अनुसार गठित केन्द्रीय निर्देशक समितिको हालै ...
  • साताभित्र सबै उपभोक्ताले ग्यास पाउने Apr 11, 2016 ArthatantraGas
    काठमाण्डौं । ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन्। आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका तीन जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंमा क्षेत्र विभाजन गरेर २७ कम्पनीबम ग्यास एकैपटक बिक्री गर्ने ...
  • भन्ने फ्री, लिने लाख Apr 9, 2016 Arthatantrarojgar
    कतार । जतिखेर नेपाली कामदारका विषय उठ्छ, त्यतिखेर कतारी अधिकारीले सुरुमै आफ्नो स्ट्यान्ड लिइहाल्छन्, ‘कुनै पनि विदेशी कामदारले कतार आउनुपर्दा लागत खर्च तिर्नु पर्दैन।’ नेपालबाट आएका सरकारी तथा उच्च राजनीतिक नेतृत्वले कतारका प्रधानमन्त्री,परराष्ट्रमन्त्री, श्रममन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोका अध्यक्षसम्म शिष्टाचार भेटघाट गर्दा नेपाल पक्षलाई अको कुरा भन्न उनीहरु छुटाउँदैनन्, ‘नेपाली कामदार ऋणको भारी बोकेर कतार नआऊन् भन्ने हामी चाहन्छौं ।’ आजको कान्तिपुरमा ...