Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • अब १० जिल्लाका भूकम्प पीडितले पाउने भए रकम Mar 29, 2016 Arthatantranepali-note
    काठमाण्डौं । भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्नका लागि पुनर्निर्माण प्राधिकरणले दोलखा पछि थप १० जिल्लाबाट पुनर्निर्माणको पहिलो किस्ता वितरण गर्ने तयारी गरेको छ । प्राधिकरणले राष्ट्रिय वाणिज्य बैंकसँग छलफल गरेर जिल्लाको नाम छुट्याउनेछ । हाल दोलखाको सिंगटीमा पुनर्निर्माण अनुदान अन्तर्गतको पहिलो किस्ता वितरण भइरहेको छ । सरकारले पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाँ अनुदान उपलब्ध ...
  • जर्मन सांसदबाट भूकम्पपीडितलाई पठाएको अनुदान फिर्ता गर्ने चेतावनी Mar 27, 2016 ArthatantraGerman-Parliament-Member
    काठमाडौं। जर्मन सांसदहरूको टोलीले भूकम्पपीडितलाई पठाएको अनुदान फिर्ता गर्ने चेतावनी दिएको छ । जर्मन संसद्को आर्थिक सहयोग तथा विकास समितिकी अध्यक्ष डाग्मर जी ओर्डले यस्तो चेतावनी दिएकी हुन् । पाँचदिने नेपाल भ्रमण सकेर शनिबार स्वदेश फर्किनुअघि पत्रकारहरूसँगको अन्तरक्रियामा उनले पुनर्निर्माण प्रभावकारी नभएको, सत्य निरुपण र बेपत्ता आयोग प्रभावकारी नभएको, स्थानीय निर्वाचन तत्काल गर्नुपर्ने बताएकी थिइन् । प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारीसहित उच्च सरकारी ...
  • दुर्गम गाउँमा स्कुल पुनर्निर्माणका लागि ह्यारीले दिनभर डोकोमा ढुंगा बो… Mar 26, 2016 ArthatantraPrince Harry
    काठमाण्डौं । नेपाल भ्रमण ६ दिन लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रवार दिनभर डोकोमा ढुंगा बोकेका छन्। काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीवार गथोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घण्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन्। राजकुमार ह्यारी लापुबेसीस्थिति प्रभातकिरण माध्यामिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन्। उनको टोलीमा ३ जना नेपाली ...
  • नेपालको सुन चीनले खोज्दैै, तीन करोडको लगानीमा खानी उत्खनन Mar 25, 2016 ArthatantraGold Mine
    काठमाण्डौं । नेपालको मध्यपश्चिम क्षेत्रमा सुन खोज्न चिनियाँ कम्पनी दर्ता भएको छ। उद्योग विभागमा दर्ता भएको झोङ्वो इन्टरनेशनल मिनिरल कम्पनीले मध्यपश्चिम क्षेत्रमा सुनको सम्भाब्यता अध्ययन गर्नेछ। ​चीनको राजधानी बेङजिङ निवासी सुन डे लीको एकल कम्पनीलाई ुक्यारिआउट फिजिवीलिटी स्टडी एण्ड प्रोस्पेक्टिङ वर्क फर प्लेसर गोल्ड माइनुका लागि सरकारले अनुमति दिएको हो। अल्पकालीन सम्झौताका आधारमा रहेर तीन सय दिन काम गर्ने गरी उद्योग ...
  • १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग चलाउने सेनाको प्रस्ताव Mar 25, 2016 Arthatantrakapada_udyog
    काठमाडौं । नेपाली सेनाले करिब १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ। भएकै पूर्वाधार मर्मत संभार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको हो। सेनाले प्रारम्भिक अध्ययन गरी जिम्मेवारी पाएमा मर्मतपछि सञ्चालन गर्ने निष्कर्ष निकाल्दै उद्योग सञ्चालनको प्रस्ताव गरेको हो । सेनाको सैनिक सामग्री उत्पादन निर्देशनअन्तर्गतको कम्पनी ‘बहुव्यवसाय उद्योग’ले कारखाना सञ्चालन गर्ने ...
  • एक वर्षमा तीन लाख बालबालिकाले पढाइ छाडे Mar 25, 2016 ArthatantraeQmk'/sf] ;'8fn uflj; l:yt Ps OF6fe§fdf cleefjs;+u} OF6f agfpg] sfd ub}{ Ps aflnsf  eQmk'/sf ^! j6f OF6fe§fdf sfd ug{ laleGg lhNnfaf6 afnaflnsfsf] cf]O{/f] nfu]sf] 5 . tl:j/ M /d]z lu/L, eQmk'/ . /f;;
    काठमाण्डौं ।  एक वर्षमा झन्डै तीन लाख बालबालिकाले विद्यालय छाडेका छन्। शिक्षा विभागले तयार पारेको ०७२ को फ्लास–१ रिपोर्टअनुसार एकै वर्षमा एकदेखि १० कक्षासम्म भर्ना भएका दुई लाख ९८ हजार एक सय २३ जनाले बीचैमा पढाइ छाडेका छन्। प्राथमिक तहमा सबैभन्दा धेरै विद्यार्थीले बीचैमा कक्षा छाडेका छन्। ०७१ सालमा प्राथमिक तहमा छात्रा र छात्र गरी कुल ५३ लाख ३५ हजार तीन ...
  • ऋण खर्च गर्न नसकेपछि करोड तिर्न बाध्य Mar 24, 2016 Arthatantranepali-note
    काठमाण्डौं । नेपालले विदेशी दातासँग ऋण सम्झौता गरेको रकम खर्च गर्न नसकेकै कारण बर्सेनि करोडौं रुपैयाँ तिर्नुपरिरहेको छ। यसरी वर्षेनि पाँच करोड रुपैयाँभन्दा बढी रकम ऋण सम्झौता गर्ने दातालाई तिर्ने गरिएको छ। सम्झौता गरेपछि खर्च नभए पनि ऋण दिन्छु भन्ने दातालाई प्रतिबद्धता शुल्क तिर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। प्रतिबद्धता शुल्क सम्झौतामै उल्लेख गरिएको हुन्छ। सामान्यतया ऋण रकमको दशमलव २५ देखि दशमलब ५ प्रतिशत ...
  • होस् गर्नुस्, वैशाखपछि तपाईको मोबाइल ब्लक हुन सक्छ ! Mar 24, 2016 Arthatantraiphone
    काठमाडौं । तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ! यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुन सक्छ । तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमईआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणले तयार पारेको राष्ट्रिय उपकरण ...
  • चीनले नेपालमा रेलमार्ग बनाईदिने Mar 23, 2016 Arthatantrarelmarga
    काठमाडौँ। चीन नेपालको आग्रह स्वीकार्दै केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहमा चीनले स्वीकारेको हो । चीनले सहमति जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरुङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ । चीनको क्यामसी नामक कम्पनीले यसअघि नै काठमाडौं पोखरा ...
  • अब भाडाको घरमा स्कुल चलाउन नपाइने Mar 21, 2016 ArthatantraSchool-
    काठमाडौँ। घर या कोठा भाडामा लिएर अब निजी विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ जारी गर्दै निजी विद्यालयका लागि आफ्नै घरजग्गा हुनु अनिवार्य भएको जनाएको छ । शिक्षा विभागका निर्देशक एवं प्रवक्ता वैकुण्ठ अर्यालले काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा गल्लीगल्लीमा, कोठाकोठामा असुसरक्षित तरिकाले निजथी स्कुल चलाउँदा जोखिम देखिएकाले शिक्षा मन्त्रालयले निजी ...