Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • अस्पतालले नै गर्छ नवजात शिशुको बेचबिखन, प्रहरीद्वारा छापा, तीन पक्राउ Mar 6, 2016 ArthatantraHospital
    लहान । यहाँको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ। अबैध सम्बन्धबाट जन्मेको बच्चा काख लिने सप्तरी फत्तेपुर १ का दिल कुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको हो। शनिबार विहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर दिल कुमारीलाई बेचेको सूचना पाएर लहान ...
  • गृहद्वारा ४१ कर्मचारीको सरुवा Mar 4, 2016 Arthatantra
    काठमाण्डौं । गृह मन्त्रालयले १२ पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी९सिडिओ०को सरुवा गरेको छ । उपसचिव सिडिओ हुने जिल्लाहरुमा बिहिबार जिम्मेवारी हेरफेर गरिएको हो । गृह मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख सहसचिव चक्र बहादुर बुढाका अनुसार दोलखामा पुष्पराज शाही, रसुवामा कृष्ण प्रसाद अधिकारी, ओखलढुङगामा एकदेव अधिकारी, ताप्लेजुङमा चक्रपाणि पाण्डे, लमजुङमा मोहन जिसी, म्याग्दीमा केशबराज आचार्यलाई सिडिओ बनाइएको छ । त्यस्तै दार्चुलामा मोहन जोशी, ...
  • ३५ सय तिर्न नसकेपछि भयो हत्या ! Mar 2, 2016 ArthatantraMurder weapon
    कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ। प्रहरी कार्यालयमा हिजो एक पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकामा झलारी(पिपलाडी नगरपालिका ११ का १८ वर्षीय सुरज साउद,१८ वर्षकै इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदिप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन्। उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या ...
  • भूकम्प पीडितका लागि ६५ अर्ब निकासा, बिहीबारबाट बाँडिने Feb 29, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । अर्थ मन्त्रालयले पुनर्निर्माण प्राधिकरणलाई निजी घर पुनर्निर्माणको लागि दिइने अनुदान अन्तर्गतको पहिलो किस्ता रकम वितरणका लागि ६५ अर्ब रुपैयाँँ निकासा दिएको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयले निकासाको निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘६५ अर्ब निकासा भइसक्यो,’ उनले भने, ‘अब प्रक्रिया पूरा गरी भूकम्पबाट क्षति भएको घर पुनर्निर्माण गर्न पहिलो किस्ता वितरण गर्न प्राधिकरणलाई बाटो खुला भएको ...
  • भूकम्पपीडितको बजेट रोक्दै अर्थ मन्त्रालय Feb 26, 2016 Arthatantranepali-note
    काठमाण्डौं । अर्थ मन्त्रालयले बजेट नदिएपछि भूकम्पपछिको पुनर्निर्माणका काम रोकिएको छ। अर्थ मन्त्रालयले बजेट नदिएकै कारण १२ फागुनबाट दोलखाको सिंगटीमा स्रोत केन्द्र स्थापना गरी सरकारले घोषणा गरेको अनुदान रकम वितरण सुरु गर्ने कार्य रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोलखा नै पुगेर घोषणा गरेका थिए। ‘१२ फागुनदेखि सिंगटीमा स्रोत केन्द्र स्थापना गर्ने र पहिलो चरणको अनुदानवापतको ५० ...
  • सरकारद्वारा सेनालाई जलविद्युत बनाउने जिम्मा Feb 25, 2016 ArthatantraNepal Army
    रोल्पा । सरकारले सेनालाई रोल्पाको माडी जलविद्युत् आयोजना निर्माणका गर्न दिने भएको छ । रक्षा मन्त्रालयले आयोजना निर्माण गर्न सेना तयार रहेको भन्दै ऊर्जा मन्त्रालयलाई पत्र लेखेको छ । ३ अर्ब ६१ करोड लागत अनुमान गरिएको साढे १२ मेगावाटको यो आयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । पहिलो चरणमा सेनालाई १० करोड रुपैयाँ उपलब्ध गराउन रक्षाले पत्रमा लेखेको छ । ‘आयोजनाको ...
  • अब घर बसी बसी उच्च शिक्षा Feb 24, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले आउँदो शैक्षिक सत्रदेखि खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ । विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ । दुर्गम, शैक्षिक, सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्ने अवसर ...
  • यातायात कार्यालयबाट २७ बिचौलिया पक्राउ Feb 23, 2016 Arthatantrapacrau
    काठमाडाैं । प्रहरीले नयाँ सवारी अनुमतिपत्र (लाइसेन्स) तथा नवीकरणमा बिचौलिया गर्ने २७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ पुरुष र ३ महिला छन् । यातायात कार्यालय एकान्तकुना र ललितपुरस्थित ताल्छीखेल कार्यालका कर्मचारीसँग मिलोमतो गरी बिचौलियाको काम गर्दै आएका गिरोहलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । चारपांग्रे निजी तथा सार्वजनिक सवारीको दर्ता, रुट परमिट, नवीकरण ...
  • बंगलादेश सरकारले राहतस्वरुप दिएकाे ३३ करोडको चामल गोदाममै कुहियो Feb 23, 2016 Arthatantrachamal
    काठमाडौं । भूकम्पपीडितका लागि बंगलादेश सरकारले राहतस्वरुप उपलब्ध गराएको करोडौं रुपैयाँ मूल्यको चामल सरकारी गोदाममै कुहिन थालेको छ । वैशाख १२ र २९ को भुइँचालोबाट प्रभावितलाई राहत दिन बंगलादेशले एक लाख क्विन्टल चामल पठाएको थियो । त्यसमध्ये ७८ हजार २ सय ९१ क्विन्टल चामल खाद्य संस्थानको गोदाममै सड्ने अवस्थामा पुगेको हो । १० महिनाअघि भण्डारण गरिएको चामल वितरण गर्ने निर्णय नहुँदा ...
  • उपप्रधान तथा सहकारी मन्त्री संघीयता खारेज गर्ने अभियानमा Feb 22, 2016 Arthatantrachitra bdr kc
    काठमाण्डौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। ‘संविधान लागू गरौं, संघीयता खारेज गरौं’ भन्ने नाराका साथ शुक्रवारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको जनमोर्चाको सम्मेलन आइतबार राति सकिएको हो। रुपन्देहीको बुटवलमा आइतबार राति सकिएको तेस्रो राष्ट्रिय सम्मेलनले केसीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। सम्मेलनले जनमोर्चाको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेललाई चयन गरेको ...