Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • गोरखामा नुन माग्दै निवेदन Feb 13, 2016 Arthatantranum magdai nibedan
    गोरखा। भूकम्प अति प्रभावित गोरखाका ६ गाविसका बासिन्दाले नुन खान नपाएको गुनासोसहित प्रशासनमा निवेदन दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने सहुलियत मूल्यको नुन उपलब्ध गराइदिन माग गर्दै उनीहरूले निवेदन दिएका हुन् । ‘१ किलो नुनको एक सय रुपैयाँभन्दा बढी पर्छ,’ उहियाका सन्तमान गुरुङले भने, ‘त्यही पनि भनेको बेलामा किनेर खान पाइँदैन ।’ नुन महँगो र अभाव भएपछि लाप्राक, गुम्दा, ...
  • ‘बोक्सो’ आरोपमा हेटौंडामै जलाइयो ८६ वर्षिय बृद्ध Feb 11, 2016 Arthatantra
    काठमाडौँ । ‘बोक्सो’ आरोपमा ८६ वर्षीय वृद्धलाई पेट्रोल छर्की जलााएर छिमेकीले हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ का वृद्ध हस्तबहादुर मगरलाई छिमेकी ६४ वर्षीय कृष्णबहादुर मगरले ‘भेदा बूढा’ को आरोपमा घरभित्रै पेट्रोल छर्केर जलाएका हुन् । कृष्णबहादुरको जीउ चिलाउने र राता खटिरा आउने समस्या थियो । वृद्धले भेदेर शरीरमा खटिरा आएको ठानेर उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार ...
  • ६ महिनामा १ अर्बभन्दा बढीको खसीबोका आयात Feb 10, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका भारतलगायत मुलुकबाट आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको अबधिमा २ लाख ३० हजार खसीबोका आयात भएको छ, जसको भन्सार मूल्य १ अर्ब २५ करोड रुपैयाँ छ। कुल जनावर आयातमा खसीबोकाको हिस्सा ९८ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अबधिमा २ लाख ६ हजार गोटा अर्थात ७९ ...
  • भूकम्प र नाकाबन्दीको असर : पर्यटन बोर्डको बजेट घट्यो Feb 9, 2016 Arthatantra
    काठमाण्डौं । भूकम्प र नाकाबन्दीको असरका कारण नेपाल पर्यटन बोर्डले चालु वर्षको बजेट गत वर्षको दाँजोमा करिब २० प्रतिशतले घटाउँदै ८४ करोड ८० लाख हाराहारीमा झारेको छ । बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीका अनुसार, चालु वर्षकालागी बोर्डको संचालक समितिले ८४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो वर्ष बोर्डको बजेट १ अर्ब १८ करोड हाराहारी थियो । अन्तर्राष्ट्रिय उडानबाट आउने ...
  • एलआईसीले पुस मसान्तसम्म ३ करोड २६ लाख कमायो Feb 8, 2016 ArthatantraLIC
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) नेपाल ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा तीन करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । एलआइसीले गत वर्षको पुस मसान्तको तुलनामा यो वर्ष आफ्नो नाफा एक करोड आठ लाख रुपैयाँ बढाएको छ । एलआइसी नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो । पहिलो त्रैमासको तुलनामा दोस्रो ...
  • ६० अर्बको पुँजी भएको पूर्वाधार विकास बैंक स्थापना गर्न सिफारिस Feb 5, 2016 Arthatantrabank
    काठमाण्डौं । अर्थ मन्त्रालयद्वारा गठित कार्यदलले ६० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंक स्थापना गर्न सरकारलाई सिफारिस गरेको छ । राष्ट्रिय योजना आगोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल संयोजकत्वको कार्यदलले बैंकको अधिकृत पुँजी एक खर्ब रुपैयाँ कायम गर्न सिफारिस गरेको छ । कार्यदलले केही दिनअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको थियो । पूर्वाधार बैंकको चुक्ता पुँजी एवं यसको संरचना, सरकारले लगानी गर्न ...
  • अमेरिकामा ‘यौनसम्पर्क’बाट जिका Feb 4, 2016 ArthatantraZika virus
    काठमाडौँ । यौनसम्पर्कको माध्यमबाट जिका भाइरस सरेको एउटा दुर्लभ घटना अमेरिकामा भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)का अनुसार त्यसरी संक्रमित भएका एक विरामी टेक्सासको डल्लासमा फेला परेका छन् । बिबिसीलाई उधृतगर्दै कान्तिपुरले लेखेको छ,  ती व्यक्ति स्वयम् प्रभावित क्षेत्र पुगेका होइनन्, तर तिनका यौनपार्टनर चाहिं भेनेजुयलाबाट फर्केका हुन् । लामखुट्टेले सार्ने ठानिने जिकाका कारण यतिखेर संसारमा हजारौं नवजात शिशुहरु ...
  • तस्करको नयाँ धन्दा गाँजाको जुत्ता, चरेसको सोल Feb 4, 2016 ArthatantraGaja taskari
    काठमाडौं  । विदेशीमाझ प्रिय गाँजाका बोटको रेसाबाट बनेका खैरा जुत्ता। अनि त्यही जुत्ताको कालो सोल। स्थलमार्गबाट भारत पठाएर त्यहाँबाट समुन्द्री मार्ग हुँदै युरोपेली मुलुक पुर्याखउन तयारी अवस्थामा रहेको जुत्ताको चाङ अहिले लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको गोदाममा छ। गाँजाको रेसाबाट बनेको जुत्ता ब्युरो कार्यालय पुग्नुको कारण हो– त्यसमा हालिएको कालो सोल त चरेसको पो रहेछ। युरोपेली मुलुकमा माग हुने काँस, ढलोटका हस्तनिर्मित ...
  • कर नतिरी गाडी चढ्ने चार उप प्रधानमन्त्री को को हुन् ? Feb 3, 2016 ArthatantraCIJ Image
    शिव सत्याल : खोज पत्रकारिता केन्द्रका लागि सर्वसाधारणलाई कर तिर्न उत्प्रेरित गर्ने, दबाब दिने र नभए जरिवाना सहित असुल गर्ने सरकारी निकायका उपल्लो तहका अधिकारीहरु नै कर नतिरेको गाडी चढ्छन् भन्दा तपाइँलाइ पत्यार नलाग्ला । तर, गृह मन्त्रालयबाट हामीले प्राप्त गरेको सूचीले देखाएको छ कि– नेपाल सरकारका चार उपप्रधानमन्त्री सहित एक दर्जन मन्त्रीहरु अहिले पनि कर नतिरेको गाडी चढ्छन् । प्रधानमन्त्रीले कुनै सभासदलाई मन्त्रि ...
  • भूकम्प पिडितको पाल खाने एलडिओ सहित ६ जना अदालतमा Feb 3, 2016 ArthatantraBhukampa-pidit basti
    काठमाडौं । भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपाल १० गुणाभन्दा बढी मूल्‍यमा किनेको देखाएर भ्रष्टाचार गरेको अभियोगसहित काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी (एलडिओ) तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ । एलडिओ भट्टराईसँगै जिविसका लेखा अधिकृत यामनारायण शर्मा, स्टोर किपर चिरञ्जिवी खड्का, आपूर्तिकर्ता न्यू पशुपति ट्रेड एण्ड सप्लायर्सका मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्कप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद ...