Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • पोखराका नौ ताल रामसारमा सूचीकृत हुने Jan 22, 2016 ArthatantraFewa Lake
    पोखरा । पोखरा उपत्यकाका नौ ताल अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत हुने भएका छन्। विश्व सिमसार दिवस फेब्रुअरी २ (माघ १९) मा रामसारमा सूचीकृत भएको घोषणा गर्ने तयारी यहाँ सुरु भएको छ। रामसारमा सूचीकृत हुन सबै प्रक्रिया पूरा भइसकेको छ। सरकारले यस वर्षको विश्व सिमसार दिवस पोखरामा एक कार्यक्रमसहित मनाउने तयारी गरेको छ। सोही समारोहमा यहाँका तालहरू रामसारमा सूचीकृत भएको प्रमाणपत्र रामसार सचिवालयका एसिया ...
  • महतले ग्रहण गरे उत्कृष्ट अर्थमन्त्रीको अवार्ड Jan 20, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
    माघ ६, काठमाडौँ । लन्डनबाट प्रकाशित हुने लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकरले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको छ । फाइनान्सियल टाइम्सको कार्यालय लन्डनमा मंगलबार आयोजित एक समारोहबीच दि बैंकर पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६’ अवार्डका साथै ९० वर्ष पहिले स्थापित उक्त पत्रिकाका संस्थापक ...
  • संसारकै वृद्ध नागरिकको १ सय १२ वर्षको उमेरमा निधन Jan 20, 2016 Arthatantrakoido
    माघ ५ काठमाडौँ । संसारकै सबभन्दा वृद्ध जापानी नागरिक यासुतारो कोइदेको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । मार्च १३, १९०३ मा जन्मिएका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार संसारकै बढी उमेरका जिवित व्यक्ति थिए । युवावयमा टेलरको काम गरेका उनले चुरोट र रक्सी सेवन नगर्नुलाई आफ्नो दीर्घ जीवनको रहस्य बताएका थिए । अगस्ट २०१५ देखि उनी सबैभन्दा वृद्ध ...
  • नाट्टाको आगामी चुनावका लागि आचार्यको नेतृत्वमा प्यानल घोषणा, आयो २४ बु… Jan 13, 2016 ArthatantraMadhusudan-team
    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को १७ जनावरीमा हुन लागेको कार्यसमितिको निर्वाचनमा मधुसूदन आचार्यको प्यानलले उम्मेद्वारी घोषणा गरेको छ । यो प्यानलबाट प्रथम उपाध्यक्षमा सिएन पाण्डे, द्वितीय उपाध्यक्षमा दिपेन्द्रकुमार घिमिरे र महासचिवमा भीमप्रसाद पन्तले उम्मेद्वारी दिने भएको छ ।   यो प्यानलबाट सचिवमा सुधीरकुमार उपाध्याय, कोषाध्यक्षमा चित्रबहादुर गुरुङ र सह-कोषाध्यक्षमा सविता भट्टराईले आफ्नो उम्मेद्वारी घोषणा गरेका ...
  • विश्व चर्चित महिलाको सूचीमा ‘राष्ट्रपति भण्डारी’ Jan 7, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौं । ‘फोब्स म्यागेजिन’ले सार्वजनिक गरेको यस वर्षका विश्व चर्चित महिलाहरूको सूचीमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी पनि परेकी छन् । फोब्सको सूचीमा पर्ने उनी पहिलो महिला व्यक्तित्व पनि हुन् । विश्व प्रख्यात पत्रिका ‘फोब्स’ले हरेक वर्ष विश्व चर्चित्र व्यक्तित्वहरूको सूची प्रकाशित गर्दै आएको छ । फोब्सको मूल्यांकन सूचीमा नेपालकी राष्ट्रपति भण्डारी यसपटक परेकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो ...
  • तेक्वान्दोमा आयशासहित तीन छनोट Jan 5, 2016 Arthatantrasports
    काठमाडौं- रजत पदक लक्ष्य राखेको नेपाली भलिबलले २५ वर्षपछि विदेशी प्रशिक्षकको नेतृत्वमा सागको तयारी गरिरहेको छ। चीनका रोङले भारत, पाकिस्तान र श्रीलंकामा भएको सागमा भलिबल टोलीलाई प्रशिक्षण गराएका थिए। अहिले इरानी प्रशिक्षक हामिद मोभाहिदीको नेपाली टोलीको जिम्मेवारी लिएका छन। आइतबारदेखी हामिदको नेतृत्वमा नेपालले साग तयारी सुरु गरिसकेको छ। भलिबलबाट सागमा छोटो समयमा ठुलो आसा गरिएको छ। तर तयारी भने फितलो देखिन्छ। १२औं ...