Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, श्रावण १० , २०७४  |  
Tuesday, July 25, 2017
प्रवास
  • रुसमाथि कडा नाकाबन्दी लगाउन अमेरिकी संसदमा मतदान,इरान र उत्तर कोरियामा… Jul 25, 2017 Arthatantradonald trumpt
    वासिङटन। रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ। इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ। तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो। त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षेत्रमा नाकाबन्दी लगाएको थियो। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि पनि त्यसलाई खासै ...
  • कतार संकट समाधानका लागि टर्कीका राष्ट्रपतिद्धारा खाडी मुलुकको भ्रमण सु… Jul 24, 2017 Arthatantraardrogan
    कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले आइतबारबाट खाडी मुलुकहरूको भ्रमण शुरु गरेका छन् । कुवेत जानु अघि उनी आइतबार साउदी अरब पुगेका छन् । साउदी अरबमा उनले शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम बनाएका छन् । एर्डोगानले कतार, कुवेत र साउदी अरेबियाको भ्रमण गर्ने योजनासहित टर्कीबाट निस्केका हुन् । “यो समस्या र संकट लामो समयसम्म रहिरहोस् भन्ने कसैको ...
  • ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत भयोःसर्वेक्षण Jul 23, 2017 Arthatantratrump-son-1
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप लगाउँदै आएको छ । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोराले एकजना रुसी वकिलसँग बारम्बार कुराकानी गरेको सार्वजनिक भएको थियो । तर राष्ट्रपति ...
  • रामनाथ कोविन्द बने भारतको १४ औं राष्ट्रपति Jul 20, 2017 ArthatantraRamnath-Kovind
    काठमाडौं । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।बिहीबार भएको मत गणनामा उनले ६५.३५ प्रतिशत मत पाए हुन् । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएकी छन् ...
  • राष्ट्रपतिमाथि सशस्त्र हमला,४ अंगरक्षक घाइते Jul 19, 2017 Arthatantragunfire_
    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको जनाइएको छ । सो हमलामा परी उनका चार अङ्गरक्षक गम्भीर घाइते भएका छन् । उनलाई नै लक्ष्यगरी सो हमला भएको हो । तर सो सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी रहेकाले ठूलो दुर्घटना टरेको समाचारमा जनाइएको छ । राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो । गोली लागेर ...
  • ७.७ रेक्टरको शक्तिशाली भूकम्प,क्षतिको विवरण आउन बाँकी,उद्धारकार्य जारी… Jul 18, 2017 ArthatantraearthQueak
    रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ । रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ । यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिएपनि पछि ...
  • अमेरिकाको कोलोराडोमा विभिन्न कार्यक्रम संगै समर पिकनिक सम्पन्न Jul 17, 2017 Arthatantracolorado nepali picnic
    नातिबाबु भट्ट,कोलोराडो । अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै आईतबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरीकाकोलागी नेपालका राजदुत डा. अर्जुन कार्किको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरीकाका अध्यक्ष केशव पौडेल , उपाध्यक्ष रामसी पोख्रेल ...
  • भारतको १४ औं राष्ट्रपति चयनका लागि मतदान Jul 17, 2017 ArthatantraPresidential-election of india-2017
    काठमाडौ । छिमेकी देश भारतले आज आफ्ना १४ औं राष्ट्रपति छान्दै छ। नयाँ राष्ट्रपति चयनका लागि आज संसदमा निर्वाचन भईरहेको छ । राष्ट्रपतिका लागि सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनबाट रामनाथ कोविन्द र विपक्षी कांग्रेस आई नेतृत्वको गठबन्धनबाट मिरा कुमार चुनावी प्रतिष्पर्धामा छिन्। रामनाथ विहार राज्यका पूर्व गर्भनर हुन भने मिरा कुमारले लोकसभाको सभामुखको रुपमा काम गरिसकेकी छिन्। राष्ट्रपतिको निर्वाचनको लागि करिब ...
  • अमेरीकाको निती निर्माण तहमा नेपाली पुगेको हेर्न चाहन्छु –राजदुत कार्की Jul 16, 2017 ArthatantraAmerica
    नातिबाबु भट्ट, कोलोराडो (अमेरीका) । नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीलेअमेरिकाको नीति निर्माण तहमा नेपाली पुगेको हेर्न चाहेको बताएका छन् । उनले संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्ने क्रममा संखुवासभा जिल्लाबाट अमेरीकोको विभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुलाई सो कुरो बताएका हुन् । संखुवासभा कम्यूनिटी अफ यूएसएको दोश्रो अधिवेसन एक समारोहमा बोल्दै उनले अमेरीकामा बसेर नेपालको राजनीति गर्नु भन्दा अमेरिकामा राजनीति गरी ...
  • राष्ट्रपति राहुल क्यास्ट्रोः ‘अमेरिका–क्युवा सम्बन्धमा वाधा आउन सक्छ ’ Jul 16, 2017 Arthatantradram---rahul
    क्युवा । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन् । “अमेरिकी वर्तमान् राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण २ देशबीचको कुटनैतिक सक्बन्धमा बाधा आउनसक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस वर्षको संसदको पहिलो सत्रको समापन कार्यक्रममा क्यास्ट्रोले बताए । क्यास्ट्रोले अमेरिकी पूर्व राष्ट्रपति बाराक ...