Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017
प्रवास
  • यसरी पक्राउ पर्यो इराक पठाउँछु भन्दै भारत पुर्याउने दलाल Dec 15, 2017 Arthatantraarrest 1
    काठमाडौँ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई आज ललितपुर चापागाउँबाट पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३८ वर्षीय शेर्पालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ । अभियुक्त शेर्पाले एक व्यक्तिलाई इराकमा महिलालाई राम्रो अवसर आएको र मासिक पारिश्रमिक कम्तीमा रु एक लाखसहित अन्य सुविधा भएको ...
  • कोलोराडोमा यःमरी पुन्ही कार्यक्रम सम्पन्न Dec 4, 2017 Arthatantrayomari colorado
    नातिबाबु भट्ट कोलोराडो (अमेरीका) । यःमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आईतबार एक कार्यक्रम आयोजनागरि यःमरी पुन्ही छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई यःमरी बनाएर खाई हस्र्सोलास सग यःमरी पुन्ही मनाएका हुन् । नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ, एनआरएन नर्वेका संस्थापक अध्यक्ष तथा प्रध्यापक बिशाल ...
  • कोलोराडोमा बौद्ध समाज गठन Dec 4, 2017 Arthatantrabauddha society colorado
    नातिबाबु भट्ट कोलोराडो (अमेरीका) । कोलोराडोमा आईतबार आयोजित एक भेलाले बौद्ध समाज कोलोराडो बिधिवत् रुपमा गठन गरेको छ । वेष्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेण्टमा अरुणकुमार गुरुङको प्रमुख आतिथ्यता तथा स्थानिय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धिजिवी, पत्रकारहरुको उपस्थितीमा बौद्ध समाज कोलोराडो गठन गरिएको हो । बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन बौद्ध धर्मालम्बी एक ...
  • सैनिक शाासनको पूर्वाभ्यास हुँदै Nov 15, 2017 Arthatantraarmy rifle
    हरारे । जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको बताइएको छ । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले सो कुरा जनाएका छन् । जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ । ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् । यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो । यहाँको राष्ट्रिय सेनाका प्रमुखले सोमबार एक विज्ञप्ति प्रकाशन ...
  • ७.३ रेक्टरको भूकम्पका कारण ३९५ को मृत्यु,२० गाउँ ध्वस्त Nov 14, 2017 ArthatantraearthQueak
    तेहरान । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरूले जनाएका छन् ...
  • ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो,१४१ को मृत्यु,पराकम्पनले मानिस… Nov 13, 2017 ArthatantraearthQueak
    तेहरान । इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको समाचार छ । उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुश भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश इरानी छन् । उक्त भूकम्पमा परी इराकमा पनि ६ जनाको ज्यान गएको बताइएको छ ...
  • इराकमा ४०० जनाको सामूहिक चिहान भेटियो Nov 12, 2017 Arthatantrairak chihan
    इराकमा कम्तिमा चार सयजनाको सामूहिक चिहान भेटिएको छ । इराकको हाविजा शहरमा कम्तिमा चार सयजनाको एकै ठाउँमा शव भेटिएको बिबिसीले जनाएको छ । सन् २०१३ देखि इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको यो शहर गएको महिना इराकी सेनाले नियन्त्रण कायम गर्न सफल भएको थियो । किर्कुक शहरका गभर्नर रकान सइदले शहरको एयर बेसमा सामूहिक चिहान फेला परेको जानकारी दिए । प्रत्यक्षदर्शी एक स्थानीय ...
  • नयाँ दिल्लीको तुवाँलो हटाउन पहल सुरु Nov 10, 2017 Arthatantradillli india
    नयाँ दिल्ली । वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ । वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष पहल गर्न नागरिकले सरकारलाई विशेष आग्रह गरेका छन् ...
  • अत्याधिक बाक्लो तुवाँलोका कारण नयाँदिल्लीको जनजीवन प्रभावित Nov 9, 2017 Arthatantradillli india
    अत्याधिक बाक्लो तुँवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिल्लीका सबै विद्यालयहरुमा बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरुमा रोक लगाइएको अधिकारीहरुले बताएका छन् । कतिपय विद्यालयहरुमा त पठनपाठनसमेत बन्द गरेर अनिश्चितकालका लागि विद्यालयहरु सञ्चालन नगर्न भनिएको छ । धेरै प्रदूषित शहरमध्येमा पर्ने दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको अधिकारीहरुले बताएका छन् । भारतको राजधानी ...
  • अन्तरराष्ट्रिय विमानस्थलभित्र दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि छान… Nov 8, 2017 ArthatantraAirport png
    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि (सो भिडियो धेरैले हेरेपछि) त्यसको छानबिनका लागि सरकारले छानबीन समिति गठन गरेको छ । करिब महिना दिन अघि भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए । मङ्गलबार सार्वजनिक भएको ...