Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • भारु नोटको सटहीका सम्बन्धमा के हुँदैछ ? Jul 5, 2017 ArthatantraIndian Currency counting
    काठमाडौ। उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन् । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । उपप्रधानमन्त्री महराले भने,“भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भयो, भारत सरकारले ...
  • कतारले पठायो गल्फ राष्ट्रलाई शर्तको जवाफ ! Jul 4, 2017 Arthatantraold-quater
    आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे शर्त राखेका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, ...
  • आगलागी पीडितलाई युकेबाट रु ४ लाख Jul 4, 2017 Arthatantramoney
    भोजपुर । भोजपुर नगरपालिका–१० भैँसीपङ्खाका आगलागी पीडितलाई रु ४ लाख १५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । भैँसीपङ्खामै जन्म लिई बेलायतमा बसोबास गर्ने नेपालीले एकमुष्ट आर्थिक सहयोग पठाएका हुन् । युकेमा सङ्कलित रकम सोही समाजका सदस्य डा भक्त राईले सोमबार क्षतिको आधारमा पीडित परिवारलाई वितरण गरेका हुन । २०७३ फागुन २० गते भोजपुरको भैँसीपङ्खामा आगलागी हुँदा ५ घरमा क्षति पुगेको थियो ...
  • चिनियाँ र अमेरिकी राष्ट्रपति फोनवार्ताः कोरियाली प्रायद्वीपलाइ तनाव Jul 3, 2017 Arthatantrapresident
    बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङसँग फोनवार्ता गरेको छ । उनीहरुबीच सोमबार बिहान फोनवार्ता भएको समाचार चिनियाँ सञ्चारमाध्यमले दिएका छन् । चिनियाँ सञ्चारले अमेरिकी राष्ट्रपति ट्रम्पले सो फोनमा गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन सम्बधमा राम्रो प्रगति भएको जनाएको जानकारी दिएका छ । गत अप्रिल महिनामा चिनियाँ राष्ट्रपति चिनफिङ अमेरिकाको भ्रमणमा गएका बेलामा उनीहरुबीच भेटवार्ता ...
  • जेलमा रहेका पूर्वप्रधानमन्त्री जेलमुक्त ! Jul 2, 2017 Arthatantrabanking-Jel
    इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त भएको समाचार छ । उनलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उनी भ्रष्टाचारको मुद्धमा जेलमा रहेका थिए । जमानीमा मुक्त भएका उनको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ । उनी इजरायलका पूर्व प्रधानमन्त्रीजस्तो उच्च ओहदाको व्यक्ति जेलमा बस्ने पहिलो नेता हुन् । उनलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त ...
  •  राष्ट्रसङ्घ ; झण्डै ५ लाख विस्तापित सिरियाली घर फर्के Jul 1, 2017 Arthatantra
    स्वीट्जरल्याड । सन् २०११ पछि सिरियामा जारी द्वन्द्वका कारण विस्तापित बनेकामध्ये झण्डै ५ लाख सिरियाली जनता सन् २०१७ को शुरु देखि हालसम्म घर फर्केका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने नियोगको अनुसार उनीहरू घर फर्किनुको अर्थ सिरिया पूर्णतया सुरक्षित भएको कारणले भन्दा पनि द्वन्द्वमा छुटेका आफ्ना परिवारका सदस्य र सम्पत्ति खोजी गर्न पुगेका पाइएको छ । उनीहरूले घर फर्की आफ्नो घर ...
  • ६ देशका नागरिकलार्इ अमेरिका जान प्रतिवन्ध ! Jun 30, 2017 Arthatantraamerica
    वासिङटन। अन्ततः अमेरिकाले मुस्लिम बाहुल्य रहेका विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिना अघिदेखि नै सो कानुनको घोषणा गरेका थिए। तर अमेरिकाका अधिकारवादी र अदालतको विरोधका कारण ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको थिएन । पहिले राष्ट्रपति ट्रम्पले मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी ...
  • साउदी अरेबियाले वार्ता गर्न मानेन,कतारद्वारा निन्दा ! Jun 29, 2017 Arthatantraqatar
    अरब क्षेत्रमा उत्पन्न समस्या समाधानको विषयमा वार्ता गर्न साउदी अरेबियाले अस्वीकार गरेपछि प्रतिबन्ध खेपिरहेको कतारले त्यसको निन्दा गरेको छ । साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतार समक्ष प्रतिबन्ध हटाउनका लागि १३ बुँदे माग गएको शुक्रबार राखेका थिए । १० दिनको समयसहित गरिएको माग कतारले पूरा गर्न अस्वीकार गरेको थियो । तर मागका विषयमा छलफल भने गर्न सकिने बताएको ...
  • आइएसको जेलमा अमेरिकी गठबन्धन सेनाको आक्रमण,५७ को मृत्यु Jun 28, 2017 Arthatantraplane attack
    अमेरिका नेतृत्वको गठबन्धन सेनाले सिरियामा गरेको हवाई आक्रमणमा ५७ जनाको ज्यान गएको छ । गठबन्धन सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले चलाएको जेललाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यसक्रममा ५७ जनाको ज्यान गएको अधिकारवादीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिरियाको पूर्व क्षेत्र मायादिनमा रहेको जेलमा भएको आक्रमणमा ४२ जना कैदीबन्दी र १५ जना बिद्रोहीको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन ...
  • कर नतिर्ने व्यबसायीको फेसबुक खाता बन्द गरिने Jun 27, 2017 Arthatantraface book logo large
    भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजीक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ । कर कार्यालयका अनुसार राज्यले अनलाइन ...