Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • आतंकवाद संरक्षण गरेको आरोप लगाउँदै कतारसँग चार देशको सम्बन्धबिच्छेद ! Jun 5, 2017 Arthatantraqatar
    साउदी अरब, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्सले सोमवार कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । दोहाले आतंकवादलाई प्रोत्साहन गरेको भन्दै अरब क्षेत्रमा तनाव बढ्दै जाँदा यो कदम चालिएको हो । साउदी न्युज एजेन्सी एसपीएले रियादले आफ्नो छिमेकीसँग कूटनीतिक सम्बन्ध तोडेको र सीमा बन्द गरेको बतायो । आफ्नो देशलाई आतंकवाद र अतिवादको खतराबाट सुरक्षित पार्नका लागि यो कदम चालिएको साउदी ...
  • ट्रम्प र हिलारीबीच भनाभन ! Jun 2, 2017 Arthatantratrumpt and hilari
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बनेकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ । डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो । क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भनिन्, रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सचूनालाई ...
  • सेनाको हेलिकोप्टर दुर्घटना,१३ सैनिकको मृत्यु ! Jun 1, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् । सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयाअनुसार बुधबार २०ः५५ राती बजे उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ । टर्कीका रक्षा मन्त्री फिक्रि ...
  • ३१८ नेपाली विदेशी जेलमा, हेर्नुहोस कहाँ कति ? May 31, 2017 Arthatantrajail-migrant
    काठमाडौँ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, ...
  • काबुलमा शक्तिशाली बम विस्फोटः ८० को मृत्यु,५ नेपाली घाईते ! May 31, 2017 Arthatantrakabul bumb
    अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ । घटनामा तीन सय ५० जना भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो । घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरैजसो सर्वसाधारण नागरिक रहेका छन् । ...
  • उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण, तीन हप्ताभित्र तेस्रो क्षेप… May 29, 2017 Arthatantramissial north koria
    उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट कम दूरीमा मार हान्न सक्ने एउटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका सैन्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार झण्डै ४५० किलोमिटरसम्मको यात्रा पूरा गरी उक्त क्षेप्यास्त्र सी अफ जापानमा अवतरण गरेको थियो। बीबीसीका अनुसार उत्तर कोरियाले तीन हप्ताभित्र तेस्रो क्षेप्यास्त्र परीक्षण गरेको हो। उत्तर कोरियाले यस वर्षभित्र प्रक्षेपण गरेको यो ९ औं क्षेप्यास्त्र भएको बताइएको छ। पछिल्लो ...
  • ट्रम्पका ज्वाँई ज्यारेड किन परे अनुसन्धानको घेरामा ? May 28, 2017 Arthatantrajyared trump
    एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं ज्यारेड कुश्नर अनुसन्धानको घेरामा परेका छन्। संघीय जाँच ब्युरोले राष्ट्रपति निर्वाचनका बेला उनको रुससँग साँठगाँठ रहेको भन्दै अनुसन्धानको घेराभित्र राखेको हो । ह्वाइट हाउसमा ट्रम्पका प्रमुख सल्लाहकारको रुपमा कार्यरत उनी ट्रम्पकी छोरी इभाका पति हुन्। अमेरिकामा राष्ट्रपतिको निर्वाचनको समयमा रुसले गरेको हस्तक्षेपका सम्बन्धमा एफबीआइले अनुसन्धान जारी राखेको छ । निर्वाचन अगाडी ट्रम्पका ज्वाँईले रुसी राष्ट्रपतिलाई भेटेको ...
  • सामुद्रिक बाटो हुँदै युरोप छिरेका शरणार्थी मध्ये एक हजार ३९८ जनाको बाट… May 27, 2017 Arthatantramigrant workers europe
    काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले सन् २०१७ मा सामुद्रिक बाटोबाट युरोप पुग्ने शरणार्थी सङ्ख्या ६० हजार पुगेको शुक्रबार जनाएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा सामान्य कमी भए पनि अझै गरिबी र द्वन्द्वका कारण विभिन्न एसियाली मुलुक र अफ्रिकी मुलुकबाट खतरा मोल्दै सामुद्रिक बाटो हुँदै युरोप छिर्ने सङ्ख्यामा अपेक्षित कमी नआएको आईओएमले जनाएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकायका ...
  • बालुवाटारमा जापानको प्रख्यात चेन रेस्टुरेन्ट उरुतोरा ! May 26, 2017 Arthatantraurataro
    काठमाडौ । जापानको प्रख्यात चेन रेस्टुरेन्ट उरुतोराले नेपालमा आफ्नो शाखा विस्तार गरेको छ । आफ्नो १४औं चेनका रुपमा उरुतोरा नेपाल आएको हो । उरुतोराले बालुवाटारको रसियाली राजदूतावास नजिकै झण्डै २ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न ‘उरुतोरा नेपाल’ रेस्टुरेन्ट खोलेको हो । जापानमा रेष्टुरेण्ट ब्यबसायमा स्थापित लोकनाथ वस्ती र प्रकाश पौडेलको पहलमा जापानी लगानीकर्ता समेतको सहभागीतामा यो रेष्टुरेण्ट खुलेको हो । यो रेस्टुरेन्टको १ ...
  • भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी ! May 26, 2017 Arthatantraindia pakistan
    अमेरिकाको गुप्तचर निकायले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी दिएको छ । सिआइए प्रमुखले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी दिएको बीबीसीले समाचार लेखेको छ । गएको वर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष विग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । विशेष ...