Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • मोदी श्रीलंका जाने भएपछि बारुलाको गुँड हटाइयो May 10, 2017 Arthatantranarendra modi
    भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंका ली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्रीलंका जाँदैछन् । बुद्ध जयन्तीको उपलक्ष्यमा राजधानी कोलम्बोमा आयोजित वैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नेछन् । एसियाकै ज्योति ((((((((लाइट अफ एसिया)का नामबाट विश्वभरका अरबौं शान्तिप्रेमी जनताले श्रद्धा र ...
  • बेलायतको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार ! May 9, 2017 ArthatantraDr kahini
    बेलायतमा हुने संसदीय निर्वाचनमा नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हालः लेबर पार्टीबाट काउन्सिलर भएका नेपाली मूलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन्। बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा. कैनीले आवेदन दिएका थिए। उम्मेदवारी चयनको प्रारम्भिक प्रकृयामा उक्त क्षेत्रबाट ...
  • रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने तयारी,गभर्नरको भने आपति ! May 8, 2017 Arthatantraremittance Nepal
    कुवेती प्रधानमन्त्री साफा अल हसहेमले रेमिट्यान्समा कर लगाउन आफू लागिपरेको बताएका छन् । विदेशी कामदारको आयस्रोतको आधारमा तीन देखि पाँच प्रतिशत कर लगाउने तयारी गरिएको उनले जानकारी दिए । कुवेतको संसदले रेमिट्यान्समा कर लगाउने अभियान नै चलाएको छ । यसका लागि विज्ञहरुसँग छलफल चलिरहेको बताइएको छ । तर कहिले देखि कार्यान्वयन हुने भने खुलाइएको छैन् । यसबाट कुवेतको राजश्व बढाउन र अरु ...
  • सरकार र प्रतिपक्षीबीचको दूरीले संकट,अत्यावश्यक वस्तुको चरम अभाव ! May 7, 2017 ArthatantraAandolan
    काठमाडौ।भेनेजुयलामा पछिल्ला केही हप्तायता राष्ट्रव्यापी आन्दोलन भएका खवर विश्वभरका सञ्चारमाध्यमले विशेष महत्वका साथ छापेका छन् । वामपन्थी नेता तथा यहाँका राष्ट्रपति निकोलस मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरीपनि मादुरो सत्तामा रहिरहन चाहेको र यसै मक्सतलाई पूरा गर्न निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाएका छन् । विद्यार्थी आन्दोलन चर्किएको अवस्थामा वर्तमान् सरकारमाथि सत्तामा रहिरहन समस्या हुनेगरी राजनैतिक दवाव सिर्जना भएको छ । पेट्रोलियम ...
  • अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो सफलता, हेल्थ केयर बिल पास May 5, 2017 ArthatantraDonald-Trump
    काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तीन महिने कार्यकालमा पहिलो सफलता हात पारेका छन् । ट्रम्प ‘ओबामा केयर’लाई अन्त्य गर्दै नयाँ हेल्थ केयर विल ल्याउन चाहन्छन् । यो विधेयकलाई हाउस अफ रेप्रिजेन्टेटिभ्सले पारित गरेको छ । यो विधेयक पास गर्न रिपब्लिकनलाई २१६ मत आवश्यक थियो र २१७ भोटका साथ पास भएको छ । एक भोट डेमोक्रेटले यो विधेयकको पक्षमा दिए । ...
  • गोली हानी मन्त्रीको हत्या ! May 4, 2017 Arthatantragunfire_
    अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका हत्या भएको छ । सोमालियाको राष्ट्रपति कार्यालय नजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चार मन्त्री अब्दुराहमन ओमर ओस्मनले पुष्टी गरेका छन् । ‘मैले यो दुःखद् जानकारी गराउनु परेको छ की सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका मोगादिसुमा ...
  • ७०० प्रतिशतको मूल्यवृद्धि कसरी थेग्ने ? May 3, 2017 Arthatantrastock increase
    भेनेजुएला अहिले विभिन्न संकटबाट गुज्रिरहेको छ। संकट मडारिरहेको देशमा सरकार र विपक्षी तीब्र आरोप÷प्रत्यारोपमा छन्। मुलुक गम्भिर संकटमा रहेका बेलामा उनीहरु समाधानतर्फ लागेका छैनन्। सरकारले विपक्षी दललार्इ सरकार परिवर्तन गर्न लागेको आरोप लगाएको छ भने विपक्षीले सरकारलार्इ संविधान संशोधनको प्रयास गरेको आरोप लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले देश ठूलो संकटमा ग्रुजिरहेको बताएको छ। भेनेजुएलाभित्र अभाव देखेर आर्थिक संकटमा फसेको स्पस्ट ...
  • अमेरिकी राष्ट्रपति ट्रम्पले किन भेट्न चाहे उत्तर कोरियाका किम जोङ उनला… May 2, 2017 Arthatantratrump_kim
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्न चाहेको बताएका छन् । आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो आफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाई छ । समाचार संस्था ब्लुमबर्गसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताए । यसअघि आइतबार उनले किमलाई विशेष क्षमतासहितको व्यक्तिको रुपमा परिभाषित गरेका थिए ...
  • प्रधानन्यायाधीशमाथि महाभियोगको विश्व इतिहास ! May 1, 2017 ArthatantraLaw crime court
    काठमाडौ । सत्तारूढ दलका सांसदहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा आइतबार महाअभियोगको प्रस्ताव दर्ता गराए । प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको विश्वमा यो नै पहिलो घटना भने होइन । श्रीलंकामा सन् २०१३ मा त्यहाँका ४३औं प्रधानन्यायाधीश सिरानी बन्दरानायकेमाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उनी पनि त्यहाँकी पहिलो महिला प्रधानन्यायाधीश थिइन् । संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि सन् २०१३ जनवरीमा ...
  • सेनाको विमान दुर्घटना, ८ को मृत्यु ! Apr 30, 2017 Arthatantracuba army plane
    क्यूवामा सैन्य विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सात जना सेना र एक जना पाइलट रहेका छन् । आर्टेमिसा प्रान्तको पश्चिमी पहाडि क्षेत्रमा ट्विन इन्जिन ए एन २६ सेन्य विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विमान राजधानी हवाना नजिकै प्लाया बाराकोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको सैन्य विज्ञप्तिमा जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको ...