Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चिनियाँ राष्ट्रपतिको प्रशंसा, उत्तर को… Apr 28, 2017 Arthatantradonald trump
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधानका लागि राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गरेका छन् । समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताको क्रममा ट्रम्पले सी देशलाई माया गर्ने निकै असल व्यक्ति गरेको भन्दै प्रशंसा गरेका हुन् । चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाका कारण उत्पन्न समस्या कुटनीतिक रुपमा समाधान गर्न चारहेको ट्रम्पको भनाई छ । तर कुटनीतिक रुपमा ...
  • अमेरिकाले प्रतिबन्ध थप कडा बनाउने,उत्तर कोरियाः जस्तोसुकै प्रतिवादका ल… Apr 27, 2017 Arthatantrauutar koria
    अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । परमाणु कार्यक्रम तथा लगातारको मिसाइल तथा परमाणु परीक्षणका कारण राष्ट्रपछि डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तथा कुटनीतिक कदम चाल्ने तयारी गरेको हो । उत्तर कोरियाको बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ । यो ब्रिफिङ पछि उत्तर कोरियाको विषयमा ट्रम्पको नयाँ रणनीतिको घोषणा गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका ...
  • अमेरिका र उत्तर कोरियाबिच वाक् युद्ध,अमेरिकी लडाकु पानी जहाज दक्षिण को… Apr 26, 2017 Arthatantrajahaj
    उत्तर कोरियाले फेरि परमाणु वा अन्य क्षेप्यास्त्र परीक्षण गर्ने चिन्ता बढिरहेका बेला अमेरिकी लडाकु पानी जहाज दक्षिण कोरिया पुगेको छ । युएसएस मिसिगन नाम दिइएको लडाकु पानी जहाज अर्थात गोताखोर जहाज कोरियाली प्रायाद्विपमा अमेरिकाबाट आउने युद्धपोत विमानसँगै मिसिने अमेरिकी अधिकारीहरुले बताएका छन् । उत्तर कोरियाले ठूलो स्तरको सैन्य अभ्यास गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले मंगलबार ८५ औँ वर्षगाँठ ...
  • ७.१ रेक्टरको शक्तिशाली भूकम्प लगतै ५ रेक्टरमाथिका २ पराकम्प,उच्च सुरक्… Apr 25, 2017 ArthatantraearthQueak
    नेपालमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको बार्षिकी स्मरण गरिरहँदा दक्षिण अमेरिकी राज्य चिलीको पश्चिम तटीय क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि राजधानी सान्टियागो तथायल प्रशान्त तटीय क्षेत्रमा उच्च सुरक्षा अपनाउन अपील गरिएको छ । भूकम्प चिलीको सदरमुकामबाट १३७ किलोमिटर पश्चिम तथा समुद्री तटबाट २२ किलोमिटर पर१० किलोमिटर मूनि केन्द्र बनाएर गएको अमेरिकी भौगर्विक केन्द्रले जनाएको छ । ‘धक्का ...
  • अमेरिकी तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता,के भयो कुरो ? Apr 24, 2017 Arthatantrateliphone
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ । केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापान लगायतका राष्ट्रहरुमा चिन्ता ...
  • उत्तर कोरियाको परमाणु बमले अमेरिकी सहर ध्वस्त पारेको भिडियो भाइरल Apr 21, 2017 Arthatantranorth_korea_sena
    उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ। भिडियो हेरेपछि परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे वैचयन भएका छन्। भिडियोमा उत्तर कोरियाले अमेरिकी सहरमा परमाणु बम खसालेको दृश्य छ। परमाणु बमले अमेरिकी सहर संरचनामा आगोको लप्कामा परिणत भएको दृश्य देखाइएको छ। भिडियोलाई वास्तविक मान्नेहरु बढी बैचयन भएका हुन्। घटनालाई अमेरिकाले ...
  • सिरिया युद्धः आक्रमणमा सरिन ग्यासको प्रयोग Apr 20, 2017 Arthatantramediaitem
    सिरियामा दुईहप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रसायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ । अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु) ले कम्तिमा ८७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्को कुनै रसायनिक हतियार प्रयोग भएको प्रमाण भेटिएको बताएको छ । आक्रमणमा परेका १० जनाबाट लिइएको नमुना विभिन्न चारवटा प्रयोगशालमा परीक्षण गरिएको ...
  • भारतले मिचेको भूभाग नेपाललाई फिर्ता Apr 20, 2017 ArthatantraNepal-India
    काठमाडौ । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको थियो । अर्ररा नदीपारिको वन क्षेत्र, नदी तथा ...
  • ठगीको आरोपमा भारतीय व्यापारी विजय मालिया लण्डनमा प्रकाउ Apr 19, 2017 ArthatantraVijay Maliya
    एजेन्सी–विवादास्पद भारतीय व्यापारी विजय मालियालाई बेलायतको राजधानी लन्डनमा प्रकाउ गरिएको बेलायती प्रहरीले बताएको छ । उनलाई लन्डन महानगरीय प्रहरीको सुपुर्दगी विभागले ठगीको आरोपमा भारतीय प्रशासनको आग्रहमा प्रकाउ गरेको बताइएको छ । भारतले मालियाको रुग्ण किङ्फिसर एयरलायन्समार्फत आर्थिक अनियमिता गरेको आरोपमा उनलाई सुपुर्दगी गर्न बेलायतसमक्ष माग गर्दै आइरहेको थियो । प्रकाउ परेका मालिया क्रिकेट र मोटर रेसिङसमेतको इच्छा राख्ने व्यक्ति रहेको बिबिसीले ...
  • “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” आदेश जारी ! Apr 19, 2017 Arthatantraamerica
    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौँ” भन्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। मङ्गलबार विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेको अधिकारीले जनाएका छन् । “यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौंँ, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छौँ, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छौँ र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौँ,” सयौँ ...