Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • ७ सय म्यानपावरले फ्रि भिसा फ्रि टिकटको विवरण बुझाए, अब छानबीन कसरी होल… Apr 18, 2017 ArthatantraShare Contract
    काठमाडौ । म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागमा बुझाएको फ्रि भिसा फ्रि टिकटको विवरण छानविन गर्न समय लाग्ने भएको छ । स्थानीय तहको चुनावका लागि विभागका कर्मचारी खटिए पछि विवरण छानविन गर्न समय लाग्ने भएको हो । विभागले दिएको म्याद आइतबारसम्ममा झण्डै ७ सय म्यानपावरले विवरण बुझाएका छन् । नयाँ र पुराना गरी ८ भन्दा धेरै म्यानपावर मध्येबाट ७ सय वटाले विवरण बुझाएका ...
  • म्यानमारमा विदेशी लगानीमा प्रतिवन्ध, ६ खर्ब लगानी भित्रिनेमा आशंका Apr 16, 2017 ArthatantraInvestors
    म्यानमार सरकारले केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध लगाएको छ । म्यानमार लगानी बोर्डले वैदेशिक लगानी गर्न नमिल्ने केही क्षेत्रको घोषणा गरेको हो । हाल म्यानमारमा वैदेशिक लगानीका क्षेत्रमा केही वृद्धि भएको बताइएको छ । यसै क्रममा वैदेशिक लगानीको क्षेत्रमा हुनुपर्ने सुधारका क्रममा सुरक्षा, हातहतियार, राष्ट्रिय हुलाक टिकट, हवाई टिकट, वनजन्य वा वन पैदावरको प्रयोग हुने खालका उद्योग, रेडियसनसँग सम्बधित विषय, विद्युतीय ...
  • विदेशमा नेपाली नेपालीबाटै असुरक्षित Apr 15, 2017 Arthatantrainsecurity
    काठमाडौ। देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् । रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा कामकै लागि ...
  • अफगानिस्तानमा अमेरिकाले खसाल्यो अहिलेसम्मकै ठूलो बम, ‘मदर अफ अल बम्स्’… Apr 14, 2017 Arthatantra?????????????????????????
    काठमाडौ ।अमेरिकाले अफगानिस्तानमा खसालेको अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बमले इस्लामिक स्टेट ९आइएस० को बेस क्याम्प ध्वस्त पारेको दाबी गरेको छ । बिबिसीका अनुसार आक्रमणमा ३६ जनाको ज्यान गएको छ । जीबियू ४३ नाम दिइएको बमलाई ‘मदर अफ अल बम्स्’को संज्ञा पनि दिइएको छ । आइएसले नेटवर्क सञ्जाल सञ्चालन गरिरहेको अफगानिस्तानको मोमन्द भ्यालीमा बम खसालिएको हो । अमेरिकी रक्षा मन्त्रालयले यो ...
  • सिरियामाथिको हमला जायज हो, रुस किन रिसाउँछः ट्रम्प Apr 13, 2017 ArthatantraDonald Trumpt
    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्धको कारबाहीमा रुसले दिएको प्रतिक्रिया निकै निराशाजनक भएको बताएका छन् । उनले सिरियाको सैन्य हवाई अड्डामा अमेरिकाले गरेको मिसाइल आक्रमण जायज भएकोसमेत बताएका छन् । सिरियामा भइरहेको गृह युद्ध तत्काल रोक्नु पर्नेमा उनले जोड दिएका छन् । नेटोको महासचिव जेन्स स्टाल्टेनवर्गसँग संयुक्त प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्पले सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको भन्दै तत्काल ...
  • संसदबाट बिरालो र कुकुरको मासुमा प्रतिबन्ध लगाउने बिधेयक पारित Apr 12, 2017 Arthatantracat-and-dog
    ताइवानको संसदले मासुका लागि बिरालो तथा कुकुरको बधमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित गरेको छ । मानवीय प्रयोगका लागि बिरालो तथा कुकुरको बध गर्ने सम्बन्धी विधेयक ताइवानको संसदले पारित गरेको बिबिसीले जनाएको छ । ताइवानमा बिरालो तथा कुकुरको मासु खाने गरिएको छ । जनावरको सुरक्षाका लागि आवाज उठाउँदै आएकाले मासुका लागि बिरालो तथा कुकुरको बध गर्ने क्रमको बिरोध गर्दै आएका थिए ...
  • अमेरिकी मिसाइलका कारण सिरियाका २० प्रतिशत लडाकु विमान नष्ट Apr 11, 2017 Arthatantraamerica misaiel
    सिरियामा गएको हप्ता भएको रसायनीक आक्रमणपछि अमेरिकाले हवाई आक्रमण सुरु गरेको छ । हवाई आक्रमणका कारण सिरियाका २० प्रतिशत लडाकु विमान नष्ट वा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीले बताएका छन् । बिद्रोहीको नियन्त्रणमा रहेको सान शेखहोउनमा गएको हप्ता भएको रसायनीक आक्रमणमा बालबालिकासहित ८९ जनाको ज्यान गएको थियो । अमेरिकासहितका देशले आक्रमण रुसको सहयोगमा राष्ट्रपति बसर अल–असद सरकारले गरेको बताउँदै आएका छन् । ...
  • नयाँ कानून बनाइएपछि भित्रियो १६ अर्ब लगानी Apr 10, 2017 Arthatantraworld-money
    याङ्गुन। म्यानमारमा वैदेशिक लगानी भित्र्याउनका लागि म्यानमार सरकारले विशेष कानुन ल्याएको छ । सो कानुन बमोजिम म्यानमारले त्यहाँ विदेशी लगानीका लागि वातावरण पनि निर्माण गरेको जनाएको छ । म्यानमारले सन् २०१२ देखि सो कानुनको निर्माण गरेको थियो । तर त्यसलाई संसद्ले लागू गरेर कार्यान्वयन गर्न सकिरहेको थिएन ।सो कानुन सन् २०१६ को अक्टोबारमा लागू गरेको हो । त्यसयता वैदेशिक लगानी भित्र्याउन ...
  • अमेरिकामा नेपाल शो Apr 9, 2017 Arthatantranepal_show
    काठमाडौ । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ शुरु भएको छ । प्रदर्शनीमा नेपालमा २ बर्ष अघि गएको भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला तथा फोटो समावेश गरिएका छन् । रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्ट वर्थ कला काउन्सिल प्रमुख केरीन विले, स्टोरी साइकल अमेरीकाका निर्देशक राम सिं पोखरेल, फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन ...
  • पाकिस्तानले चीनबाट ७५० अर्ब अमेरिकी डलर ऋण लिँदै Apr 8, 2017 Arthatantramoney-clipart
    पाकिस्तानले उत्तरी छिमेकी चीनबाट ७५० अर्ब अमेरिकी डलर अल्पकालीन व्यावसायिक ऋण लिने भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार परवेज मुसर्रफको शासनका क्रममा लिएको यूरोबन्ड ऋण चुकाउनका लागि पाकिस्तानले यतिका परिमाणको पैसा लिन लागेको हो । पाकिस्तानको वित्त मन्त्रालय सूत्रलाई उधृत गर्दै आएको समाचार अनुसार यूरोबन्डको ऋण चुकाउनका लागि सरकार ७५० अर्ब अमेरिकी डलरको दोस्रो व्यवासायिक ऋण लिन खोज्दैछ । यसअघि मुसर्रफ सरकारले ...