Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
प्रवास
  • नयाँ दिल्लीको तुवाँलो हटा… Nov 10, 2017 Arthatantradillli india
    नयाँ दिल्ली । वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ । वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष पहल गर्न नागरिकले सरकारलाई विशेष आग्रह गरेका छन् ...
  • अत्याधिक बाक्लो तुवाँलोक… Nov 9, 2017 Arthatantradillli india
    अत्याधिक बाक्लो तुँवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिल्लीका सबै विद्यालयहरुमा बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरुमा रोक लगाइएको अधिकारीहरुले बताएका छन् । कतिपय विद्यालयहरुमा त पठनपाठनसमेत बन्द गरेर अनिश्चितकालका लागि विद्यालयहरु सञ्चालन नगर्न भनिएको छ । धेरै प्रदूषित शहरमध्येमा पर्ने दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको अधिकारीहरुले बताएका छन् । भारतको राजधानी ...
  • अन्तरराष्ट्रिय विमानस्थलभित्र दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि छान… Nov 8, 2017 ArthatantraAirport png
    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि (सो भिडियो धेरैले हेरेपछि) त्यसको छानबिनका लागि सरकारले छानबीन समिति गठन गरेको छ । करिब महिना दिन अघि भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए । मङ्गलबार सार्वजनिक भएको ...
  • उत्तर कोरियाको आणविक कार्… Nov 7, 2017 ArthatantraKim-Jong-Un-North-Korea-Submarine-Missile
    टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती हो भनेका छन् । उनले भने,दक्षिण कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती हो र यसले कुनै एक देश विशेषलाई मात्र हानी गर्छ भन्ने होइन । विश्वको सभ्यताको मात्र होइन कि यो विश्व शान्तिका लागि पनि चुनौती हो– उनले भने । उत्तर कोरियाको आणविक कार्यक्रमले विश्वमा त्रास र ...
  • गैरआवासीय नेपाली संघ नर्वेद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्… Nov 6, 2017 Arthatantranrna dhurmus suntali
    गैरआवासीय नेपाली संघ नर्वेले कल्याणकारी कार्यका लागि संकलन गरेको रकम गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसिसि बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा रु १ लाख ४० हजार ७ सय ८० र पैसा ५४ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई संघको सचिवालयमा संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित सन्तपुरमा ...
  • प्रधानमन्त्रीद्धारा राजी… Nov 5, 2017 ArthatantraI Resign Concept
    लेबनानका प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएका छन् । आफूलाई ज्यानको जोखिम रहेको भन्दै उनले राजीनामा दिएको बीबीसीले लेखेको छ । उनले साउदी अरबबाट टेलिभिजन सम्वोधन गर्दै राजीनामा घोषणा गरे जसलाई अप्रत्याशित भनिएको छ । उनी केही दिनयता साउदी अरबको भ्रमणमा छन् । सन् २००५ मा उनका पिता एवम् पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै ...
  • रक्षामन्त्रीद्धारा आकश्मिक राजीनामा,महिला पत्रकारलाई अभद्र व्यवहार गरे… Nov 2, 2017 ArthatantraI Resign Concept
    बेलायती रक्षा मन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ । उनले राजीनामाको कारण भने खुलाउनु भएको छैन । फालन विरुद्ध १५ वर्ष अघि एक महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले आफ्नो विगतको व्यवहारप्रति क्षमा समेत मागेका छन् । उनले गएको साढे तीन ...
  • दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउनेः दक्षिण कोरियाली राष्… Nov 1, 2017 ArthatantraSouth Korea's new President Moon Jae-In speaks during a press conference at the presidential Blue House in Seoul on May 10, 2017. REUTERS/Jung Yeon-Je/Pool - RTS15XZ7
    सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताए । दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उनले भने – दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन । उनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको ...
  • सडक दुर्घटनामा परी ९ को मृ… Oct 30, 2017 Arthatantraaccident
    भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । “आईतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने । दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार ...
  • नरेन्द्र मोदीको निमन्त्र… Oct 29, 2017 Arthatantranarendra modi
    नयाँदिल्ली । इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लागेका छन् । औपचारिक भ्रमणको रुपमा उनी भारत आउन लागेको भारतको विदेश मामिला मन्त्रालयले जनाएको छ । झण्डै दशकभन्दा बढी समयपछि इटलीका प्रधानमन्त्रीको यो पहिलो भारत भ्रमण हुन लागेको अधिकारीले बताएका थिए । यसअघि गत सन् २००७ को फेब्रुअरीमा इटलीका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थिए । अहिलेका प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी श्रीमती ...