Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • सिरियामाथि अमेरिकाले गर्‍यो मिसाइल आक्रमण Apr 7, 2017 ArthatantraMisaieel
    अमेरिकाले सिरियाको केही इलाकामा मिसाइल आक्रमण गरेको छ । अहिलेसम्म ५० वटा मिसाइल आक्रमण गरिसकेको बिबिसीले जनाएको छ । सिरियामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा आक्रमण भइरहेको हो । गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका ...
  • किसानलाई दिइएको करिब चार खर्ब ९१ अर्ब रुपैयाँ ऋण मिनाहा गर्ने Apr 6, 2017 Arthatantraagriculture loan farm loan
    लखनऊ । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले किसानलाई दिइएको करिब चार खर्ब ९१ अर्ब रुपैयाँ ऋण मिनाहा गर्ने घोषणा गरेका छन्। आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिएपछि यही मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई दिइएको ऋणमध्ये सो रकम मिनाहा गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयबाट २ करोड १५ लाख किसान लाभान्वित हुनेछन्।   २४ चैत २०७३, ७।००
  • टुरिस्ट भिसामा खाडी जान रोक ! Apr 5, 2017 ArthatantraAirport png
    काठमाडौ। गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ। मानव तस्करले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो । खाडीमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीय समितिमले अवैध रुपमा नेपाली ...
  • दिल्लीमा पृथ्वीनारायण शाहको सालिक राखिने ! Apr 4, 2017 Arthatantrastatue of king -prithvi naryan shah
    काठमाण्डौं । नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावास अगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा गरेका छन् । भारतीय जनता पार्टीका सांसद तथा पत्रकार तरुण विजयले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायकसँगै ‘हिन्दु सम्राट’ रहेको र उनको यथेष्ट सम्मानस्वरूप दिल्लीमा प्रतिमा स्थापित हुनुपर्ने सुझावसहित आफूले त्यस्तो ...
  • मलेसियाको मुद्रामा गिरावट आएपछि ५ लाख नेपालीको भविष्य अन्योलमा Apr 2, 2017 ArthatantraMalaysia
    काठमाण्डौं । मलेसियाली मुद्रा ‘रिगिट’ मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी कामदार प्रत्यक्ष मारमा परेका छन् । रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो। सन् १९९७ को ‘एसियाली आर्थिक मन्दी’ यता रिंगिट सबभन्दा कमजोर अवस्थामा पुगेको हो । नेपालसँग औपचारिक रुपमा करिब १६ बर्षे रोजगारी इतिहास बोकेको बैदेशिक रोजगारको प्रमुख गन्तब्य मलेसियाको श्रम बजार यतिबेला संककटपूर्ण बनेको ...
  • खडेरीका कारण ४ लाख ४४ हजार विस्थापित Apr 1, 2017 ArthatantraDrought khaderi jagga jamin land krishi
    सोमालियामा विगत केही समयदेखि व्याप्त खेडेरीका कारण करिव चार लाख ४४ हजार सोमालियाली विस्थापित बनेका छन् । संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोग हेर्ने निकायले शुक्रबार दिएको जानकारी अनुसार सोमालियामा सन् २०१६ को नोभेम्बर पछिका चार महिनामा चार लाख ४४ हजार सोमालियाली नागरिक खाद्यान्न को चरम अभावका कारण शरणार्थी जीवन विताउन बाध्य भएको बताएको हो । सन् २०१७ मा सोमालियामा भोकमरीको खतरा रहेको ...
  • पूर्वराष्ट्रपतिलाई प्रहरीले पक्राउ गर्यो ! Mar 31, 2017 Arthatantrabanking-Jel
    एजेन्सी–कोरियाली अदालतको आदेशपछि दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई प्रहरीले पक्राउ गरेको छ । ६५ वर्षीया पार्कलाई पक्राउपछि प्रहरीले राजधानी सिओलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखेको छ । कोरियाली समाचार संस्थाहरुका अनुसार पदमा रहँदा उनले विभिन्न कम्पनीबाट ठूलो मात्रामा रकम भ्रष्टाचार गरी आफ्ना सहयोगी चाई सून सीललाई सहयोग गरेको अभियोगको छानविन गर्न अदालतले पक्राउ गर्न आदेश दिएको हो । ...
  • जर्मन विकास बैंकद्धारा सहयोग रोक्ने चेतावनी Mar 30, 2017 ArthatantraJarman Sahayog
    काठमाडौ । जर्मन विकास बैंकले नगर विकास कोषमा नियमविपरित अध्यक्ष नियुक्त गरेको भन्दै निर्णय नसच्याए सबै सहयोग रोक्ने चेतावनी दिएको छ । मन्त्रिपरिषदले गत फागुन १७ गते प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक ध्रुव रिजाललाई कोषको अध्यक्षमा नियुक्त गरेको थियो । नगर विकास कोषका कर्मचारीले कोषको अध्यक्षमा राजनीतिक नियुक्ति गरिएको भन्दै अध्यक्ष बहिष्कार गरेका छन् । मंगलबार दिउसो केहि व्यक्तिहरुको साथमा पदबहाली ...
  • अढाई करोड रुपैयाँको भिसा शुल्क मिनाहा हुँदै Mar 30, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाण्डौं । गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर)को संरक्षणमा रहेका ४४ जना अवैध आप्रवासीको प्रवेशाज्ञा (भिसा) र विलम्ब शुल्कबापतको करिब अढाई करोड (२ लाख ४८ हजार अमेरिकी डलर) रुपैयाँ मिनाहा गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले कंगोका एकजना र ४३ पाकिस्तानीको प्रवेशाज्ञा र विलम्ब शुल्क मिनाहा गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । अर्थले उनीहरूको विलम्ब र ...
  • एकजना चिनियाको मृत्युपछि अवस्था तनावग्रस्त ! Mar 29, 2017 Arthatantrafrance-and-china
    चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त बनेको छ । फ्रान्समा रहेका चिनियाँ आप्रवासीहरु तथा चीन सरकारले समेत फ्रान्सेली प्रहरीको यस्तो रबैयाप्रति कडा आपत्ति जनाएका छन् । सरकारी विरोधी प्रदर्शनको दोश्रो दिन गतः मङ्गलबार राति पेरिसको उत्तरपूर्वी इलाकामा ठूलो सङ्ख्यामा चिनियाँ मूलका फ्रान्सेलीहरु भेला भै प्रहरी–अत्याचारको घोर विरोध गर्दै हिंसात्मक प्रदर्शनीमा उत्रेका छन् । प्रदर्शनकारीहरुले यस घटनाको उच्चस्तरीय कूटनीतिक अनुसन्धान ...