Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • ५.९ रेक्टर स्केलको भूकम्पको धक्का ! Mar 14, 2017 ArthatantraearthQueak
    दक्षिणपूर्वी भारतमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रेक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् । यस भूकम्पको मानवीय र सम्पत्तिको क्षतिको हालसम्म कुनै समाचार भने प्राप्त भएको छैन् । यस भूकम्पको विषयमा विस्तृत विवरण पनि प्राप्त भएको छैन । रासस÷सिन्ह्वा प्रकाशित मितिः २०७३ चैत १
  • राष्ट्रपतिले मासिक चार करोड दान दिने Mar 14, 2017 Arthatantramoney-clipart
    ह्वाईटहाउस । चुनावी अभियानकै क्रममा राष्ट्रपति भएपछि आफूले कुनै तलब र सुविधाहरु नलिने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी डिसेम्बरमा आफ्नो वार्षिक तलब दान दिने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो वार्षिक तलब चार लाख डलर अर्थात चार करोड रुपैयाँभन्दा बढी रकम कुनै च्यारिटीलार्इ दान दिने तयारी गरिरहेको ह्वाइट हाउसका प्रवक्ता सान स्पाइसरले बताएका छन् । प्रवक्ता स्पाइसरका अनुसार ट्रम्पले तलब ...
  • पहिरोमा पुरिएर ४६ जनाको मृत्यु Mar 13, 2017 Arthatantrapahiro
    अदिस अबाबा । इथियोपियाको राजधानी अदिस अबाबानजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४६ पुगेको छ । यस पहिरोमा परी अन्य दर्जनौ घाइते भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिहरुमा ३२ महिला र १४ पुरुष रहेका र ती मध्ये केही बालबालिकासमेत रहेका बताइएको छ । ‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा गएको पहिरोमा परी ...
  • माओवादीको आक्रमणमा ११ अर्धसैनिकको मृत्यु ! Mar 12, 2017 Arthatantramaoobadi gun
    माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ । छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिए । विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यस तर्फ जाँदै गरेको प्रेस ...
  • सुगौली सन्धि गायब, सन्धीमा के छ र कहाँ छ पत्तो छैन Mar 11, 2017 Arthatantrasugauli-sandhi
    काठमाडौं । सुगौली सन्धीमा के छ ? यसको ऐतिहासिकता र औचित्य कति छ? भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ। यसको कारण हो सुगौली सन्धीको सक्कल प्रतिनै कतै नभेटिनु । सन्धीकर्ता दुई देश न नेपालमा यो भेटिन्छ न बेलायत । इतिहासकार अध्येता अन्वेषव मात्र होइन सम्बन्धित अधिकारी ...
  • नेपालमा भित्रियो सवा सात खर्ब बढी रेमिट्यान्स, हालसम्मकै उच्च Mar 9, 2017 Arthatantraremittance Nepal
    काठमाण्डौं । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत हो । बैंकका अनुसार ...
  • कोरियाली भाषा परीक्षाको लागि आवेदन खुल्यो ! Mar 7, 2017 ArthatantraEPS-Nepal-South-Korea
    काठमाडौ। नेपालीका लागि आकर्षक रोजगारीको गन्तव्य बनेको दक्षिण कोरियामा जानु पहिले दिनुपर्ने भाषा परिक्षाको आवेदन खुला भएको छ । कोरियामा काम गर्न अनुमतिका लागि पहिले लिनुपर्ने भाषा परिक्षामा यो वर्ष कृषिमा ६२ सय र उत्पादनमूलकमा ४ हजार गरी १० हजार २ सय जनालाई कोरियाले अवसर दिने भएको छ । भाषा परीक्षा आगामी जेठ २७ र २८ गते हुने भएको छ । ...
  • खडेरीले २७ लाख जनता भोकमरीको चपेटामा, खाद्यान्नको मूल्य आकासिँदै Mar 6, 2017 ArthatantraDrought khaderi jagga jamin land krishi
    केन्या । संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला सङ्कटकाल व्यवस्थापन शाखा प्रमुखले केन्या खडेरीबाट आक्रान्त बनेको र यसबाट करिब २७ लाख मानिसमा खाद्यान्न र पिउने पानीसमेतको सङ्कट आएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आग्रह गरेका छन्। राष्ट्र सङ्घीय उक्त संस्थाका प्रमुख स्टेफेन ओ ब्रेइनले शनिबार नैरोवीमा एक विज्ञप्ति जारी गर्दै विश्वले केन्यामा खडेरीबाट आक्रान्त बनेका केन्याली तथा अफ्रिकी क्षेत्रका जनताको जीवन सुरक्षाका राहतका ...
  • नामका कारण राजदूतलाई देशनिकाला गरेको घोषणा ! Mar 5, 2017 ArthatantraDesnikala
    उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएकोे शनिबार क्वालालम्पुरले बताएको छ ।“उत्तरकोरियाली राजदूतलाई मलेसियामा राख्न सम्भव नभएको सरकारले घोषणा गरेको छ”– मलेसियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ । मन्त्रालयले किमको हत्या प्रकरणपछि शव परीक्षणबारे आएका अभिव्यक्तिलाई लिएर उत्तर कोरियासँग क्षमा ...
  • एक सांसदमाथि गोली प्रहार ! Mar 4, 2017 Arthatantragunfire_
    अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ । हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथी शनिबार बिहान आक्रमण भएको सरकारी उच्चअधिकारीले जानकारी दिएका छन् । आक्रमणबाट उनी सिकिस्त घाइते भएका छन् । उनको अघिल्लो भागमा गोली लागेको छ । कान्दहर क्षेत्रीय अस्पतालमा उनको उपचार गराइएको उनीहरुको भनाइ छ । घटनाका बारेमा अनुसन्धान गर्न प्रान्तीय प्रहरीले टोली खटाइसकेको ...